Unnamed: 0.1
int64
0
2.76M
Unnamed: 0
int64
0
2.78M
catagory
stringclasses
518 values
heading
stringlengths
1
251
text
stringlengths
1
651k
date
stringlengths
1
2.18k
link
stringlengths
31
161
clean_categories
stringclasses
33 values
2,460,354
2,476,358
pradesh-seven
रोजगारीको थलो बन्यो महाकालीको बगर
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ ।  उनको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । ‘आपूmसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो’ उनले भने, ‘गरिबीले च्यापेपछि छाक टार्न दिनभरि बालुवा छाल्नु नियति नै बन्यो ।’ दिनभरिको मजदुरीले साँझबिहान हातमुख जोर्नु नै उनको लागि मुख्य चुनौती रहेको छ । महताजस्तै यतिबेला महाकाली तटीय क्षेत्रका सयौँ बासिन्दा महाकालीको बगरमा मजदूरी गरिरहेका भेटिन्छन् । ‘असोजदेखि जेठ मसान्तसम्मका लागि हाम्रो रोजगारी स्थल भनेकै महाकालीको बगर हो ।’ खल्लाका मनोज लावडले भने, ‘बगरकै कमाइले बच्चाको स्कूल खर्च चलाउन सकिएको छ । विदेश जानुभन्दा यहीँको बालुवामा भाग्य खोज्नु उपयुक्त ठानेँ ।’ गाउँका प्रायः बेरोजगार स्थानीयबासी दैनिक बिहानदेखि साँझ अबेरसम्म बालुवा छान्न र गिटी कुट्नमै व्यस्त हुने गरेको लावडको भनाइ छ । ‘गिट्टीको प्रतिट्रली रु तीन हजार र बालुवाको रु एक हजारमा बगरमै बिक्री गछौँ ।’ उनले भने, ‘अहिले भारत जानेको सङ्ख्याभन्दा बगरमै काम गर्नेहरु बढ्दै गएको छ ।’ आफूहरुले छानेर निकालेको बालुवा बिक्रीको समस्या भने उनीहरु बताउँछन् । ठेकेदारहरुले खोलामै आएर बालुवा किन्ने गरेका छन् ।  त्यसैगरी भीमदत्त नगरपालिका वडा नं ११, १२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ ।  भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताइन् । ‘गिट्टी र बालुवामा कडा मेहनत गरी प्राप्त आम्दानीले छोराछोरीलाई क्याम्पस पढाउन सकेकी छु,’ उनले भनिन्, ‘श्रीमान भारतमा मजदुरी गर्नुहुन्छ । अब उहाँलाई पनि घरमै फर्केर केही व्यवसायमा लगाउने सोच बनाएको छु ।’ त्यसैगरी महाकाली नदीमा हिउँदको समयमा मजदुरी गर्न जिल्लाका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् । ‘जग्गा छैन बालुवा बेचेर घरखर्च चलाउनुपर्छ ।’ खड्काले भनिन्, ‘सरकारले अन्य कुनै सीपमूलक तालीम दिएको भए यहाँ बालुवासित सङ्घर्ष गर्नुपर्ने अवस्था आउने थिएन ।’  त्यसैगरी भीमदत्त नगरपालिका–१२ का तुलसी औजी पनि हरेक दिनजसो महाकाली बगरमै मजदुरी गरिरहेको अवस्थामा भेटिन्छन् । ‘बगरमै गरिएको मेहनतले परिवार धानिएको छ’ औजीले भने, ‘गरिबीले बगरमा मजदुरी गर्न नआएको दिन छाक टार्नै सकस हुन्छ ।’ बिदाको दिनमा बालबच्चा पनि उनीहरुसँगै बगरमा काम गर्न आउने गर्दछन् । महाकाली बगर नै हामीहरुको रोजगारीको थलो बनेको छ । नदीले बगाएर ल्याएको बालुवामा नै हामी भविष्य खोज्दैछौँ ।’ उनले बगरमा नौ महिना काम गर्दा रु ४० हजार कमाइ हुने गरेको बताए । भारतमा मजदुरी गर्न जाँदा त्यति कमाइ गर्न कठिन हुने उनको भनाइ छ । 
मंसिर २२, २०७६
https://ratopati.com/story/109204/2019/12/8/mahakali-river
prabash
862,363
876,802
null
कर्णालीका किसानलाई सहकारीमार्फत ब्याज अनुदान
वीरेन्द्रनगर — कर्णाली प्रदेश  सरकारले धितो राख्न नसक्ने किसानलाई लक्ष्य गर्दै कृषि सहकारीमार्फत सहुलियतमा ब्याज अनुदान दिने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिकर्म गर्न चाहने तर धितो राख्न नसक्नेलाई सहकारीमार्फत न्यूनतम ५० हजारदेखि ५ लाखसम्म ऋण दिन लागेको हो ।/n/nऋणको ११ प्रतिशत ब्याज (अन्य शुल्क १ प्रतिशत) प्रदेश सरकारले नै तिरिदिनेछ । सहकारीले ऋण लिन चाहने किसानलाई सहकारीको नियमअनुसार बिनाधितो वा जमानतमा ऋण दिन सक्नेछन् । यसअघि कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमार्फत २ प्रतिशत ब्याज किसान र ७ प्रतिशत ब्याज आफूले तिरितिने गरी अनुदानको योजना अघि सारेको मन्त्रालयले सबैखाले किसानलाई समेट्न यो कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षमा कृषिमा ब्याज अनुदान कार्यक्रमका लागि मन्त्रालयले ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।/nब्याज अनुदानको यो योजनाले कर्णालीका ठूला व्यावसायिकदेखि अति विपन्न किसानसमेत समेटिने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बताए । प्रदेश सरकार मातहत रहेका (२ स्थानीय तह कार्यक्षेत्र भएका) सहकारीले किसानलाई ऋण उपलब्ध गराउन सक्नेछन् । कर्णालीमा प्रदेश सरकारले नियमन गर्न मिल्ने ३ सय १४ वटा सहकारी सञ्चालन भइरहेको उनले जानकारी दिए । /nकृषि मन्त्रालयले तयार पारेको सहकारीमार्फत ब्याज अनुदान कार्यविधिअनुसार ५० लाखसम्म पुँजी भएका सहकारीले किसानलाई ऋण दिन पाउनेछन् । सहकारीले जम्मा सम्पत्तिको कम्तीमा ९५ प्रतिशत आन्तरिक पुँजी जुटाई ऋण लगानी गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
2021
https://ekantipur.com/business/2021/01/07/160998388687171395.html
business
652,041
665,228
समाज
बजार अभावका कारण बिक्दैन दूध, दुहुना भैँसी नै बेच्छन् किसान
लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–१, भारते सिरुबारीका कृष्णराज अधिकारी भैँसीपालक किसान हुनुहुन्छ । विगतमा निर्वाहमुखी ढंगले भैँसी पाल्दै आउनुभएका अधिकारीले २०७५ सालबाट ‘सान्दारी भैँसी फर्म’ दर्ता गरी व्यावसायिक रुपमा भैँसी पाल्दै आउनुभएको हो ।   सुरुमा ३ वटा भैँसीबाट व्यावसायिक भैँसीपालन सुरु गर्नुभएका अधिकारीको फर्ममा हाल ८ वटा भैँसी पालिएका छन् । ‘भैँसीपालन व्यवसायबाट राम्रो कमाइ हुने सम्भावना देखेर भैँसीपालन व्यवसाय सुरु गरेको हुँ,’ उहाँले भन्नुभयो । सुरुमा एक लाखको लगानीमा सुरु भएको उहाँको फर्ममा अहिले १० लाख बढीको लगानी भइसकेको छ । सुरुवातका चरण भएकाले अहिले वार्षिक डेढ–दुई लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँले बताउनुभयो ।  बजार अभावका कारण उत्पादित दूध बिक्री नहुने भएकाले फर्मबाट दुहुना भैँसी नै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । दुहुना, लैना भैँसी ८० हजार देखी १ लाखसम्ममा बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।   ‘उत्पादित दूध बिक्री हुन सकेमा नियमित आम्दानी हुन्छ । तर स्थानीय स्तरमा बजार अभावले दूध बिक्री हुन सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले लैना भैँसी उत्पादन गरी बिक्री गर्दै आएका छौँ ।’ गोठ निर्माण, पानीको व्यवस्थापनका साथै चरनको व्यवस्थापन गर्दै बिस्तारै भैँसीपालन व्यवसाय विस्तार गर्दै लैजाने उहाँको सोच छ । ‘१५ वटासम्म भैँसी पाल्ने सोच छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिरहेको छु ।’ यस्तै, दोर्दी गाउँपालिका–३, केराबारीकै राजीव श्रेष्ठले पनि १५ वटा भैँसी पाल्नुभएको छ । ‘गाउँघरमै उद्यम गर्नुपर्छ’ भन्दै उहाँले स्वदेशमै बसी व्यवसायिक रुपमा भैँसीपालन गर्दै आउनुभएको छ ।   उहाँले पनि दुहुना, लैना भैँसी बिक्री गर्दै आउनुभएको छ । उहाँहरुझैँ पछिल्ला समय दोर्दी गाउँपालिकाका किसानले फर्म दर्ता भैँसी पाल्दै आएका पशुपंक्षी शाखा, दोर्दी गाउँपालिकाका प्रमुख शंकर पन्थीले बताउनुभयो । ‘फर्म दर्ता गरी व्यवसायिक रुपमा भैँसी पाल्नुका साथै घुम्ती गोठमा पनि किसानहरुले भैँसी पाल्दै आएका छन्,’ उहाँले भन्नुभयो । उहाँका अनुसार उत्पादित दूध लमजुङको सिउँडीबार, भोटेओडारसम्म पुर्याउन सके उत्पादित दूधले बजार र मूल्य पाउन सक्छ ।  तर बजारी क्षेत्र टाढा रहनुका साथै श्रोत–साधनको अभावले पनि ग्रामीण क्षेत्रका किसानले उत्पादित दूध बजारसम्म पुर्याउन नसकिरहेको उहाँले बताउनुभयो ।   ‘स्थानीय स्तरमा व्यवस्थित बजारको अभाव छ । श्रोत–साधनको कमीले  किसानले उत्पादित दूध अन्य बजारी क्षेत्रसम्म पुर्याउन सकिरहेका छैनन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले यहाँका अधिकांश व्यवसायिक भैँसीपालक किसानहरुले दूध बिक्रीभन्दा पनि दुहुना, लैना भैँसीका साथै पाडापाडी नै बेच्दै आएका छन् ।’
माघ ७, २०७७ बुधबार १३:२९:५ | श
https://ujyaaloonline.com/story/48204/2021/12/19/kashiraj-dahal-view
society
2,265,351
2,281,355
समाचार
हङकङ चीनको अविभाज्य क्षेत्र हो : प्रवक्ता पौडेल
काठमाडौं २१ जेठ । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्‍याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा राखिएको जिज्ञासामा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै त्यहाँ शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताए । कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउँदै उनले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको स्पष्ट गरे ।
२१ जेष्ठ २०७७, बुधबार
https://www.nayapage.com/archives/233029
news
2,175,228
2,191,232
null
काठमाडौंको एक होटलमा युवायुवती मृत फेला, यसो भन्छ प्रहरी
काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । होटल मोरङ पर्वत धौलागीरी गेष्ट हाउसको एक कोठामा उनीहरु मृत फेला परेको हुन् । मृतक चितवनका अन्दाजी ३७ वर्षका यमबहादुर मगर र मकवानपुरकी अन्दाजी ३० वर्षकी सविना बजगाई रहेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार घटनाबारे होटल संचालकसंग सोधपुछ भइरहेको छ । घटनाबारे थप प्रहरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष कुमारदाहालले जानकारी दिनुभयो ।
२०७६,भाद्र,४,बुधबार १८:३८
https://www.lokpath.com/story/180778
misc
1,454,896
1,469,335
राष्ट्रिय समाचार
१८ सहसचिवको सरुवा, को कहाँ ?
२६ वैशाख, काठमाडौं । सरकारले ६० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको दुई सातापछि नै एक दर्जन बढी सहसचिवहरुको पनि सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिभिन्न मन्त्रालय र बिभागमा कार्यरत १८ सहसचिवको सरुवा गरेको हो । यसअघि एकै दिनमा ३० जना सचिव पनि सरुवा गरिएको थियो । सहसचिवहरु को कहाँ सरुवा भए ?  
२०७५ वैशाख २६ गते ८:४९ मा प्रकाशित
https://www.onlinekhabar.com/2018/05/677796
news
2,394,311
2,410,315
sports
पाकिस्तानी ड्यानिश अजिजले चितवनबाट ईपीएल खेल्ने
काठमाडौं । पाकिस्तानी क्रिकेटर ड्यानिश अजिज एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आगामी सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् । असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेका पहिलो विदेशी खेलाडी हुन् । स्टाइलिस युवा देब्रे हाते ब्याट्सम्यानले यसै वर्ष पाकिस्तानबाट क्रमशस् दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वान्टी(२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिने गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ । अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रूपमा लिने गरेका छन्। अजिजले नेसनल टी(२० कपमा असाधरण प्रर्दशन देखाएका थिए । विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत गरिसकेको छ । र, नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट आयोजनाका लागि तयार रहेको आयोजकले बताएको छ । ुनयाँ सिजनको ईपीएलका लागि ड्यानिशलाई भित्र्याउँदा हामी उत्साहित छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिने छ,ु चितवनकी अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीले भनिन् ।
२०७८ साउन २४ गते १७:५७
https://www.nepalpress.com/2021/08/08/85733/
sports
539,451
552,279
politics
काठमाडौं-५ मा एमालेका ईश्वर पोखरेल साढे ६ हजार मतले अगाडि
केही समय रोकिएर फेरि सुरु भएको काठमाडौं–५ को मतगणनामा एमालेका ईश्वर पोखरेलले आफ्नो सुरुआती अग्रता कायम राखेका छन्।पछिल्लो परिणामअनुसार उनले १५४८१ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशशरण महतले ८८८८ मत ल्याएका छन्।यहाँ ३९९० मत ल्याएर विवेकशील साझाका उज्वलबहादुर थापा तेस्रो स्थानमा छन्।कुल १० निर्वाचन क्षेत्र रहेको काठमाडौंका अन्य सबै ठाउँको नतिजा घोषणा भइसकेको छ। वाम गठबन्धन तर्फबाट एमाले ५ स्थानमा जितेर सबभन्दा अगाडि छ भने कांग्रेसले ४ स्थानमा जितेको छ।\n
शनिबार, मंसिर २३, २०७४, १५:०५:५९
https://www.setopati.com/politics/113830
politics
510,318
523,096
kinmel/banking
सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाइन शिक्षाका लागि सहकार्य
जोन्टा क्लब काठमाडौं र सनराइज बैंक लिमिटेडबीच अनलाइन शिक्षका लागि सहाकार्य भएको छ।  बैंकले आफ्नो १३औं वार्षिकोत्सवमा अवसरमा जोन्टा क्लबलाई तीन लाख सहयोग गरेको हो।  यो सहयोग विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गरिने क्लबले बताएको छ जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस्तो सहयोगका लागि धन्यवाद दिएका छन्।    जोन्टा क्लब काठमाडौं र सनराइज बैंक लिमिटेडबीच अनलाइन शिक्षका लागि सहाकार्य भएको छ।  बैंकले आफ्नो १३औं वार्षिकोत्सवमा अवसरमा जोन्टा क्लबलाई तीन लाख सहयोग गरेको हो।  यो सहयोग विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गरिने क्लबले बताएको छ जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस्तो सहयोगका लागि धन्यवाद दिएका छन्।   
मंगलबार, असोज २७, २०७७, ०८:०२:३५
https://setopati.com/kinmel/banking/219398
economy
1,829,659
1,844,105
null
भारतसँगकाे सीमा नाका चार दिन बन्द
बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो। यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिए। यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो। रासस
२०७६ मंसिर ६ गते १०:००
https://www.dcnepal.com/2019/11/94616/
null
1,092,850
1,107,289
अन्तर्राष्ट्रिय
पाकिस्तानमा अन्तर्राष्ट्रिय उडान सुरू हुँदै
पाकिस्तान । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ । प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ । “संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि सुरू हुनेछन् । “ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ,” सूचनामा भनिएको छ । सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ । अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ । जसमा विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो । पाकिस्तानमा हालसम्म ६४ हजार २ सय ५३ जना संक्रमित देखिएकोमा २२ हजार ३ सय ४३ संक्रमण मुक्त भइसकेका छन् भने १ हजार तीन सय ४७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  २ : २६
https://www.dainikonline.com/story/33578/2020/05/29/
global
1,377,882
1,392,321
राष्ट्रिय समाचार
संसद र संविधान भत्काउने सोचमा प्रधानमन्त्री
संसदीय व्यवस्थामा संसद मुख्य निर्णायक थलो/अंग हो । किनभने संसदले सरकार पनि जन्माउँछ र नीतिनिर्माण पनि त्यहींबाट बनाउँछ । नीतिनिर्माणलाई विधेयकको रूपमा संसदमा प्रस्तुत गरिन्छ । सरकारलाई र सरकारमा बस्ने प्रधानमन्त्रीलगायत मन्त्रीहरू सबैलाई त्यहींबाट खबरदारी गर्छ । जवाफदेही पनि त्यहींबाट बनाउँछ र अन्ततोगत्वा सरकार बनाउने र विघटन गर्ने जिम्मा हामीले संसदलाई दिएका छौं । यति महत्वपूर्ण भएको संसदलाई हामीले उपेक्षा गर्न थाल्यौं भने त्यसको परिणाम के हुन्छ ? त्यो अवस्थामा संसद मात्रै उपेक्षित हुँदैन, सम्पूर्ण ‘बडी पोलिटिक’ जुन राजनीतिक धारामार्फत रहेको संवैधानिक संरचना छ, त्यो खल्बलिन पुग्छ । त्यसकारण हामीले संसदलाई मात्रै उपेक्षा गरेको ठहरिंदैन कि हामी बेलगाम हुन्छौं, मुख्य कुरा यो हो । हामी स्वेच्छाचारितातर्फ उन्मुख हुन्छौं । किनभने संसदलाई हामी जति बलियो बनाउँछौं, त्यति नै त्यहाँ जनताको आवाज मुखरित हुन्छ । जति हामी यसलाई कमजोर बनाउँछौं, जनता र सरकार, जनता र सिस्टम, जनता र व्यवस्था, जनता र संसदीय प्रणालीको बीचमा ‘ग्याप’ बढ्दै जान्छ । हामीले बिर्सन नहुने के हो भने संसदलाई म उपेक्षा गर्छु भन्ने भाव उत्पन्न हुने बित्तिकै हाम्रो सिस्टम सकिन्छ । सिस्टम सकिनासाथ हाम्रो व्यवस्था सकिन्छ । व्यवस्थाको नाम त रहला तर व्यवस्थाले अपेक्षा गरेका परिणामहरू आउन छोड्छन् । यो अहिलेको सबैभन्दा महत्वपूर्ण र हामीले ध्यान दिनुपर्ने कुरा हो । यसबारेमा नै म पृथक् ढंगले केही कुरा राख्न चाहन्छु । प्रधानमन्त्री केपी ओलीबाट नै कुरा शुरू गरौं । प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो, जसलाई हामीले असंवैधानिक र गैरकानूनी भन्यौं । किनभने हाम्रो संवैधानिक व्यवस्था र संवैधानिक संरचनामा प्रधानमन्त्रीले संसद भंग गर्ने अधिकार नै छैन । तर, प्रधानमन्त्रीले यो संवैधानिक पनि छ र मैले राजनीतिक निर्णय लिएँ भन्नुभयो । उहाँको कदमलाई सर्वाेच्च अदालतले बदर नै गरिदियो । यस विषयमा धेरै उल्लेख नगरौं । सर्वाेच्चले प्रधानमन्त्रीको कदमलाई बदर गरेपछि उहाँले त्यसलाई आत्मसात् गर्न सक्नुपर्छ । नेपालको सर्वाेच्च अदालत जसले व्याख्या गरेपछि त्यो आधिकारिक प्राप्त गर्छ, त्यो व्याख्यापछि संसदलाई जीवन्तता दिने काम प्रधानमन्त्रीबाट हुनुपर्दथ्यो । प्राविधिक रूपमा सर्वाेच्चले १३ दिनभित्र बैठक बोलाउनु भनेको थियो, त्यसकारण बोलाएको छु भनेर पुग्दैन । उहाँले प्राविधिक रूपमा संसद त बोलाउनुभयो तर आजसम्म प्रधानमन्त्रीले संसदभित्र टेक्नुभएको छैन । यो उपेक्षाभाव हो कि होइन ? अब उहाँले पहिलो गाँसमा नै झिंगा प¥यो भनेर दोष लगाइरहनुभएको छ । उहाँले पहिलो दिन ल्याएको अध्यादेशको विरुद्धमा प्रतिपक्ष दलहरू र उहाँकै पार्टीका सदस्यहरू संलग्न भएको, त्यसैले मैले संसद भंग गरेको भनेर एउटा ‘प्वाइन्ट’ बनाउन खोज्नुभएको छ । वास्तविकता के थियो भने प्रधानमन्त्रीले अन्य अध्यादेशहरूलाई अगाडि राख्नुभएन, संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई एक नम्बरमा राख्नुभयो । तर त्यहाँ ७–८ वटा अध्यादेशहरू थिए । अरू अध्यादेशबाट शुरू भएको भए केही पनि समस्या हुने थिएन किनभने एउटा अध्यादेशको मात्र विरोध भएको छ । त्यसकारण जानी बुझिकन सरकार प्रमुखले के गर्ने कोशिस गर्दै हुनुहुन्छ भने यो संसद चल्नै नसक्ने भएर मैले भत्काएको हुँ, विघटन गरेको हुँ भन्ने प्रमाण खडा गर्न खोज्दै हुनुहुन्छ । त्यो भनेपछि यो संसदप्रति उहाँको कुनै पनि माया, स्नेह वा त्यसलाई बचाएर लैजानुपर्छ, संसदप्रति उत्तरदायी हुनुपर्छ, संसदलाई मैले मान्नुपर्छ भन्ने यस किसिमको सोच नै छैन । विघटनपछिको मात्र कुरा होइन, उहाँको संसदप्रति, संसदीय समितिप्रति उपेक्षाभाव पहिलादेखि नै छ । उदाहरणको लागि संसदको सार्वजनिक लेखा समितिले एउटा निर्णय गर्‍यो । प्रधानमन्त्रीले त्यो निर्णयलाई म मान्दिनँ र म न्यायिक समितिबाट छानबिन गराउँछु भन्नुभयो । तर, त्यो समिति कहिल्यै पनि बनेन र काममा पनि आएन । मैले यो कुरा किन उठाएको भने संसदीय समितिले ‘मिनी पार्लियामेन्ट’ को हैसियत राख्छ तर त्यसप्रति म जवाफदेही हुन्न भन्ने उहाँको सोचाइ हो । जुन दिन पार्लियामेन्ट विघटन गर्दै हुनुहुन्थ्यो, त्यो दिन आफूले अवैधानिक रूपले तीन जना बसेर संवैधानिक परिषदबाट गरेको सिफारिसलाई उहाँले संसदमा पठाउनुभयो । संसदीय सुनुवाइको ४५ दिन काट्यो भनेर उहाँले नियुक्ति दिनुभयो । मैले यो कुरा किन गरेको भने उहाँको न संसदीय सुनुवाइ समितिमा, न सार्वजनिक लेखा समितिमा, न अन्य समितिमा लगाव छ– संसदप्रति नै लगाव छैन । आफ्नो कुरा सुनाउनु छ भने गएर उभिएर संसदको रोष्टमको प्रयोग गर्नुहुन्छ तर सवाल–जवाफ र अन्य कुराबाट संसदीय प्रणालीप्रति उत्तरदायी हुने जिम्मेवारी पटक्कै छैन भन्ने यसबाट प्रष्ट देखिन्छ । यसको परिणाम के हुन्छ भने यसबीचमा ‘अर्लि इलेक्सन’ को अर्काे पाटो पनि आएको छ । नेपाली कांग्रेसका केही नेताले पनि यो उल्लेख गरेका छन् । यो राजनीति गर्नेहरूको बीचमा आफूलाई क्षणिक फाइदा र नोक्सानको कुरा बढी हेर्ने सोच छ । यो सोचले संसदीय व्यवस्था अगाडि बढ्दैन । हामीले ‘अर्लि’ चुनाव गर्ने भनेर सोचेर नयाँ संविधान बनाएका हौं ? संविधान बनाउँदा त हामी ‘फिक्स ट्रम’ संसदको सोचले अगाडि बढेका हौं नि ! यसभन्दा अगाडि हामीले अपनाएको संसदीय व्यवस्थामा पाँच वर्षसम्म सरकार चलेनन् त्यसैले अब पाँच वर्ष संसद र सरकार कायम हुनुपर्छ भन्ने अवधारणामा रहेर यो संविधान लेखिएको हो । त्यसलाई हामीले संसदीय प्रणालीको नयाँ स्वरुप र नेपालको आवश्यकता भनेर परिभाषित गरेका हौं । जस्तो दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, एक पटक अविश्वासको प्रस्ताव ल्याएपछि एक वर्षसम्म फेरि ल्याउन पाइँदैन भन्नेलगायतका व्यवस्था किन गरेको ? हिजोका हाम्रा कमी–कमजोरीलाई सच्याउन सकिन्छ कि भनेर नयाँ व्यवस्था गरेको हैन ? पाँच वर्षभन्दा अगाडि नै हामी पटक–पटक निर्वाचनमा जान्छौं भन्ने हो त ? त्यो होइन । जुनसुकै दलले ‘अर्लि’ चुनावको कुरा गर्नु यो संविधानको भावना होइन । एकपटक संसद गठन भएपछि पाँच वर्षसम्म त्यो संसद चल्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्न सक्नुपर्छ । त्यो नै संवैधानिक डिजाइन हो, संवैधानिक आवश्यकता हो । संसदको नै कुरा गर्दा अर्काे पाटो पनि महत्वपूर्ण हुन्छ । हामीले कुन निर्वाचन प्रणाली अवलम्बन गरेका छौं ? पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसार २०४७ सालको जस्तो प्रतिनिधिसभा छ कि छैन हेर्नुपर्छ । निश्चय नै छैन । निर्वाचन प्रणालीमा हामीले ६० प्रतिशत पहिलो हुने निर्वाचित हुने प्रणालीबाट ल्याउने र ४० प्रतिशत समानुपातिक प्रणालीबाट ल्याएका छौं । यो भन्ने बित्तिकै हामीले के भुल्नुहुँदैन भने यस्तो प्रणालीमा एउटा दलले बहुमत प्राप्त गर्ने सम्भावना एकदमै कम हुन्छ । धेरै प्रचण्ड बहुमत आउँदा मात्र यो कुरा हुन्छ तर त्यो सामान्य अवस्थामा सितिमिति आउँदैन । गएकै निर्वाचनमा पनि भारतको नाकाबन्दीपछि जाज्वल्यमान भएर आउनुभएका अहिलेका केपी ओलीलाई बहुमत मिलेन । निर्वाचनमा एकल दलको बहुमत भएको होइन । त्यसवेला पनि ७६ (२) अनुसारको सरकार बनेको हो । त्यति मात्र होइन, उहाँहरूको बीचमा तालमेल नहुने हो भने नेपाली कांग्रेससँग ४८ सिटमा १ हजार कम मतले जित–हार भएको थियो । यो पनि ख्याल गर्नुपर्छ । हामीले जुन पद्धति मानेका छौं, यो पद्धतिमा प्रधानमन्त्रीले दुई तिहाइ आउँछ भनिरहनुभएको छ, अनि दुई तिहाइ ल्याउनको लागि म संसद विघटन गर्दैछु भन्ने सोच छ । तर त्यो कसरी ल्याउने ? के आफैंले भोट हाल्ने ? विगत ३० वर्षको भोट खसाइ हेर्दा त्यो देखिंदैन ? किनभने यस बीचमा नेपाली कांग्रेसले ३४–३५ प्रतिशत भोट प्राप्त गरिरहेको छ । त्यो कहिले ३७ प्रतिशतसम्म पुग्छ कहिले ३२–३३ प्रतिशतमा झर्छ । कांग्रेसको मत ३० प्रतिशत भन्दा कम आएकै छैन । त्यसैले सबै भोट प्रधानमन्त्री आफैंले मात्र हाल्न पाउने हो भने त्यो अर्काे कुरा भयो होइन भने जनताले नै भोट हाल्ने हो भने त एउटा ठूलो सामाजिक आधार भएको पार्टी नेपाली कांग्रेस छ, अरू दलहरू छन् । यस्तो अवस्थामा उहाँले कसरी दुई तिहाइ ल्याउनुहुन्छ ? के आधारमा ल्याउनुहुन्छ ? त्यस्तो के काम गर्नुहुन्छ र ल्याउनुहुन्छ ? मैले के भनिराखेको छु भने हाम्रो निर्वाचन प्रणालीले नै एउटा पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्ने सम्भावना न्यून गरिदिएको छ । किनकि हामीले प्रणाली नै त्यस्तो बनाएका छौं । अहिले कुनै दलले एकल बहुमत ल्याउने अवस्था नै छैन । भोलि गएर पनि हामीले मिलीजुली नै सरकार बनाउनुपर्ने सोच राख्नुपर्छ । चुनावी तालमेल होला, तर एउटै पार्टीको बहुमत आउने हाम्रो प्रणाली नै होइन, छैन । आज विघटन गरेर चुनावमा गएपछि उहाँको नै बहुमत आउँछ, उहाँले भने जस्तै दुई तिहाइ बहुमत आउँछ भन्ने के ग्यारेन्टी छ ? त्यसकारण हामीले कि संसदीय व्यवस्था नै चल्दैन भन्न सक्नुपर्‍यो, होइन संसदीय प्रणालीको यही परिपाटी, यही चुनाव, यही ढाँचा, यही संरचना कायम राख्ने हो भने जसरी भए पनि पाँच वर्षसम्म सरकार चलाउने ढंगले अगाडि बढ्नुपर्छ । यसका लागि संसदलाई मानेर हिंड्नुपर्छ, संसदीय प्रणालीलाई मानेर हिंड्नुपर्छ, संसदीय प्रणालीका कुन–कुन कुरालाई संविधानले अंगीकार गरेको छ त्यो कुरालाई हामीले मन, वचन र कर्मले मान्नुपर्छ । त्यो कुरामा प्रधानमन्त्री चुक्दै जानुभएको छ । प्रधानमन्त्रीबाट नै त्यो किसिमको दृष्टिकोण आइसकेपछि संसद कसरी चल्छ ? संसदलाई बिजनेस दिने काम सरकारको हो । अर्काे पाटो पनि छ । यो संसदलाई हिउँदे अधिवेशन भनिएको छ । हिउँदे अधिवेशन भन्ने वित्तिकै यसको मुख्य काम विधेयक पास गर्ने हो । बजेट अधिवेशनमा अरू काम पनि हुन्छ, विधेयक पनि पास हुन्छ । यो हिउँदे अधिवेशनमा त विधेयक पास हुनुपर्छ । तर, सरकारले प्रतिनिधिसभा मात्र बोलायो । राष्ट्रिय सभा किन बोलाइएन ? राष्ट्रिय सभा नबोलाएपछि त कुनै पनि विधेयक पास हुन्नन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा अध्यादेश पास गर्नुभयो भने पनि त्यो अध्यादेश काम लाग्छ ? दुवै संसदले पास गर्नुपर्दैन ? यी कुनै पनि कुरामा कुनै पनि ध्यान छैन किनभने कानूनको शासन अनुसार चल्न गाह्रो छ । मेरो बोलीले शासन चल्छ भन्ने कुरा संसदीय व्यवस्था होइन । प्रतिनिधिसभाका समितिले पास गरेर मुख–मुखमा पुर्‍याएका नागरिकता, निजामती कर्मचारी, नागरिक उड्डयन प्राधिकरणलगायत विधेयकहरू छन् । तीमध्ये केही विधेयकहरू राष्ट्रिय सभामा छन् र ती मुख–मुखमा पुगेका छन् । तपाईंले राष्ट्रिय सभा नै बोलाउनुभएन भने यी विधेयकहरू कसरी पास हुन्छन् ? त्यति पनि हेक्का हुनुपर्दैन ? मेरो विचारमा हेक्का नभएको होइन, जानीबुझी यो संसदले काम गर्न सक्दैन भनेर देखाउन गरिएको प्रयासको रूपमा मैले यसलाई लिएको छु । राष्ट्रिय सभाको बैठक बोलाइसकिएको छ र चार दिन बसेर बैठक सम्पन्न भएको छ भन्ने तर्क पनि आउला । तर, फेरी बैठक बोलाउन कुन कानूनले रोकेको छ ? राष्ट्रिय सभा बोलाउन कुनै पनि कानूनले रोकेको छैन । दुवै संसद नबोलाउनु भनेको नै संसदप्रति उपेक्षाभाव प्रकट हुनु हो । (राष्ट्रिय सभा सांसद अधिकारीसँग अनलाइनखबरकर्मीले गरेको कुराकानीमा आधारित ।)
२०७७ चैत ८ गते १८:०१ मा प्रकाशित
https://www.onlinekhabar.com/2021/03/939566
news
410,666
423,286
thoughts
समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे
काठमाडौँ, २८ असोज । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद जस्ता रोगसँगै कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीलाई निकै फाइदा पुग्ने विश्वासका साथ यसको सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवाली जमरा जु्सको नियमित सेवनबाट रोग प्रतिरोधी क्षमता बढाउन ठूलो योगदान पुग्ने बताउन्छन । उनी भन्छन – “जमरा आफैंमा औषधि नभए पनि जमराको जुस तोकिएको मात्रामा नियमित सेवन गरिए पहिले निको भइसकेको रोग फेरि फर्कने सम्भावना रहन्न । दैनिक सेवन गर्नुपर्ने मात्रा करीब ३० एमएल हो ।” वर्षको एकपटक दशैंमा फूलप्रसादका लागि पूजा कोठामा धार्मिक विधि पु¥याएर राखिने जमराको अहिले शहरमा मात्र होइन, गाउँमा समेत व्यावसायिक खेती हुन थालेको छ । हेटौँडा उपमहानगरपालिका लामसुरेका नानू अधिकारी, शोभा कोइराला, लक्ष्मी घिमिरे र सावित्रा महतले समूह बनाएरै जमराको जुसको व्यवसाय थालेका छन । उनीहरुले घर नै भाडामा लिएर व्यवसाय गरिरहेका छन। आयुर्वेद विज्ञानले गुणकारी अङ्कुरको रुपमा लिएको जमराको जुस पिउन पाँच किलोमिटरसम्म हिँडेर ग्राहक आउने गरेको शोभा बताए । लामसुरेमा सञ्चालित उक्त जुस पसलका लागि महिनामा झण्डै एक क्विन्टल जौ र गहुँको बीउबाट जमरा उत्पादन हुँदै आएको बताउन्छिन व्यवसायी लक्ष्मी । हिजोआज स्वास्थ्यप्रतिको सचेतनामा वृद्धि भएर होला, बिहान सबेरको हिँडाइपछि जमराको जुस र सादापानी खानु हितकर हुन्छ भन्ने बुझाइ आमनागरिकमा बढ्दै गएको छ । पछिल्लो समय चियाको साटो जमरा जुस पिउने नागरिकको सङ्ख्यासमेत बढ्दै गएको पाइएको सर्लाहीको हरिवनस्थित कृष्णचौकमा जमरा जुस बिक्री गर्दै आएका ऋषि दाहाल बताउन्छन । जमरा जुसको नियमित सेवनबाट आँखाको ज्योति बढ्ने, आन्द्रामा घाउ नहुने, शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने तथा पाचन शक्तिलाई सन्तुलित तुल्याउन योगदान दिने उनको बुझाइ रहेको छ । कृष्णचोकमा बिहान सबेरै जमरा जुस खानेको घुइँचो नै लाग्ने गर्छ । त्यहाँ दैनिक ७० जना भन्दा बढी व्यक्ति जमरा जुसको नियमित ग्राहक नै रहेको बताइएको छ । जौ आफैंमा पनि विश्वका प्राचीनतम अन्नहरुमध्येको एक हो । औषधिका रुपमा खाने जमरा जुसका लागि जौ र गहँु मात्रै प्रयोग हुने गरेको पाइएको छ । शिरमा लगाउँदा र कानमा सिउरिँदा सुख, समृद्धि र शान्ति प्राप्त हुने विश्वास गरिएको जमराको जुस स्वास्थ्यका लागि अत्यन्त लाभकारी हुने कुरामा कसैमा द्विविधा देखिँदैन । तर जमराको सरसफाइमा आवश्यक ध्यान पु¥याउन नसकिएको खण्डमा भने पानीबाट सर्न सक्ने रोग संक्रमणको सम्भावना भने रहन्छ । कतिपय स्थानमा एकाबिहानै ५–७ किलोमिटर टाढादेखि हिँडेर जमराको जुस पिउन आउने गरेको चर्चा पनि सुन्नमा आएका छन् । होटलमा महिनावारी खाना खाएजस्तै मासिक ३० एमएल जुस पिउनेहरुबाट रु एक हजार लिने गरिएको व्यवसायीहरु बताउँछन् । जौको तुलनामा गहुँका जमराको जुस बढी रुचाइने भए पनि स्वास्थ्यका हिसाबले जौको जमरा नै गुणकारी मानिन्छ । तथापि गहुँकै जमरा जुस खानेको सङ्ख्या बढी हुने गरेको व्यवसायीहरु दावा गर्छन् । गहुँ होस् वा जौ, दुवै जमराको ३० एमएल जुस रु ५० का दरले बिक्री भइरहेको भेटिन्छ । जमराको जुस मात्र होइन, जुस निकालेर बाँकी रहेको छोक्रा पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ । छोक्रालाई धुलो बनाएर बेच्ने पनि गरिन्छ । जौको जमराबाट बनेको धुलो नियमित सेवन गरेमा पाचन शक्ति बढ्ने विश्वास गरिएको छ । जौको अङ्कुर प्रिय वस्तु भएकाले दुर्गा भवानीलाई चढाएर टीका प्रसादसँगै पहेँलो जमरा लगाउने नेपाली समाजको धार्मिक परम्परा रहिआएको छ । जमरा समृद्धिको प्रतीकका रुपमा लिने गरिन्छ । दशैंमा सामाजिक र कुल परम्पराअनुसार समुदाय विशेषका आधारमा कतिपयले जौको मात्रै जमरा राख्छन् भने कतिपयले जमराका लागि गहुँ, धान र मकै पनि मिसाउने गरेको पाइन्छ । दशैंमा विभिन्न देवीका मन्दिर तथा दरबारमा जमरा राख्ने चलन रहिआएको छ । गाउँघरमा देवीका मठमन्दिर, कुमारी घर, कोतघर तथा घरमूलीकहाँ जमरा राख्ने गरिन्छ । नवरात्रीको जमरा लगाउनाले धनधान्य र वैभव प्राप्ति हुन्छ भन्ने मान्यता छ । जमरा स्वयं प्रिय शब्द हो, त्यसकारण दशैको सम्मुख प्रकाशनमा ल्याइने कतिपय पुस्तक र स्मारिकाको नाम समेत जमरा राख्ने चलन बढेर गएको छ । रासस
प्रकाशित मिति : २८ आश्विन २०७५, आईतबार
https://www.reportersnepal.com/2018/10/278213
thought
448,665
461,285
special
एमाले र माओवादी मिलेपछि साख फिर्ता गराउन कांग्रेस के गर्छ ?
काठमाडौं १२ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि सबैभन्दा ठूलो चुनौती कांग्रेसमाथि परेको छ । संघीय संसद्मा प्रतिपक्षी भए पनि नेकपाको गठनपछि कांग्रेस कमजोर मात्रै बनेको छैन, अबको झन्डै पाँच वर्ष सत्ताबाट बाहिरै बस्नुपर्ने अवस्थामा पुगेको छ । एमाले र माओवादी नमिल्दा कुनै विषयमा राजनीतिक खटपट आउने र सरकारको समीकरण फेरिन सक्दा यसमा खेल्ने छिद्र पनि कांग्रेसका लागि बन्द भएको छ । कांग्रेस केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षी छ । यी सबैमा एमाले र माओवादी मिलेपछि प्रतिपक्षी भूमिका अंकमा झनै कमजोर बन्न पुगेको छ । योभन्दा बढी संघीय संसद् र प्रदेश सभाको निर्वाचनमा अनपेक्षित परिणाम आएपछि कांग्रेस हारको ‘तनाव’ र ‘दबाब’बाट माथि उठ्न सकेको छैन । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी मिलेपछि पुरानो साख र सामथ्र्य फर्काउन कांग्रेसले अब के गर्छ भन्ने चासो सर्वत्र छ । केही समयअघि १४ दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा निर्वाचनमा व्यहोरेको हारको जिम्मा कसले लिने भन्नेमा कांग्रेस रुमल्लियो । वाम गठबन्धनका कारण हारेको र यसको जिम्मा केन्द्रीय समितिले लिने निर्णय त ग-यो, तर, निर्वाचनमा जाँदा विधानविपरीतका समिति खडा गर्दै टिकट बाँडेको, टिकटको किनबेच भएको, इमान्दारलाई पाखा पारिएको र यसमा नैतिक दोषी पार्टी नेतृत्व भएको भन्दै विषय उठेपछि कांग्रेसभित्रको विवाद झन् छताछुल्ल भयो । १४ दिनसम्म केन्द्रीय समितिमा बहस हुँदा गुटगत बहस पनि उत्तिकै भए । हारको जिम्मा आफूले मात्रै नलिने र अर्काे पक्षले लिनुपर्ने आरोप प्रत्यारोप चलिरहेको छ । केन्द्रीय समितिको समीक्षाबाट निस्किए पनि चुनावी हारका विषयबाट कांग्रेस उत्रिसकेको छैन । जिल्ला सभापति भेला यही जेठमा र महासमितिको बैठक आगामी भदौमा डाकिएको छ । आन्तरिक समस्याकै विषयमा रुमल्लिरहेको कांग्रेसले आगामी दिशा समात्न सकिरहेको देखिन्न । कति कमजोर बनेको हो कांग्रेस ? कांग्रेस कतिसम्म कमजोर भएको छ भन्ने आकलन गर्न केही समयअघि नेता रामचन्द्र पौडेलले चुनावी समीक्षाका लागि प्रस्तुत गरेको विवरणमा देखिन्छ । ‘पार्र्टी हारेको होइन, उम्मेदवार हारेका हुन् । सातवटै प्रदेशमध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाउँ छैन । कस्तो नहारेको कांग्रेस हगि,’ पार्टी नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै पौडेलले लगाएको आरोप हो यो । हुन पनि उनले भनेजस्तै गरी कांग्रेस केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षमा छ । प्रदेश नम्बर २ बाहेकका ६ वटा प्रदेशमा कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार भएको छ । ०६४ सालमा माओवादी पहिलो दल बन्दा कांग्रेस दोस्रो र एमाले तेस्रो दल बन्न पुगेको थियो । ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले २०७ सिट जितेर पहिलो पार्टीका रूपमा आफूलाई उभ्याउँदा एमाले दोस्रो र माओवादी तेस्रोमा झरेको थियो । ०६४ सालको १० वर्षमा एमाले पहिलो भएको थियो । प्रतिनिधिसभाको २७५ सिटमा कम्युनिस्टको १७४ सिट छ । कांग्रेसको ७३ सिट मात्र छ । राष्ट्रिय सभाको ५९ सिटमा कम्युनिस्टको ४२ सिट हुँदा कांग्रेसको जम्मा १२ सिट छ । कांग्रेसले संघीय संसद् निर्वाचनमा प्रत्यक्षमा जम्मा २३ सिट जितेको थियो । तर, समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत ल्यायो । जबकि, एमालेले प्रत्यक्षमा ८० र माओवादीले प्रत्यक्षमा ३६ सिट गरी ११६ सिट जितेका छन् । समानुपातिकमा एमालेको ३१ लाख ७३ हजार ४९४ र माओवादीको १३ लाख तीन हजार ७२९ मत गरी ४४ लाख ७७ हजार २२३ मत प्राप्त गरेका छन् । गठबन्धन बनाएर निर्वाचन लड्दा कांग्रेसले एमालेले ल्याएको पपुलर भोटभन्दा ४५ हजार कम र सिटमा ५७ सिट मात्रै काम पाएको थियो । तर, एमाले र माओवादी मिलेपछि यो अन्तर बढेको छ । पपुलर भोटमा कांग्रेसभन्दा कम्युनिस्ट पार्टीको १३ लाख ४८ हजार ८३४ भोट कम हुन पुगेको छ । अबको निर्वाचनमा कम्युनिस्टसँग भिड्दै जित्नका लागि यो १३ लाखमा थप गर्नुपर्ने र थपिएका मतदातामा पनि पकड जमाउनुपर्ने चुनौती छ । पपुलर भोटमा धेरै पछि नपरे पनि दुई दल मिलेपछि कांग्रेस धेरै पछि परेको छ । यस्तोमा अब पुरानो साख छविलाई पुनः फर्काउनुपर्ने चुनौती र दबाब कांग्रेससामु छ । पार्टी संरचनालाई व्यवस्थित गर्ने, भ्रातृसंस्था परिचालन गर्ने, जनतासँग भिज्ने कार्यक्रम ल्याउनुपर्ने चुनौती कांग्रेससामु छ । चुनौतीसँगै अवसर आएका तर्क प्रदेश सरकार, केन्द्र सरकारदेखि स्थानीय तहको नतिजामा धेरै पछि पर्ने एउटा पाटो र आन्तरिक गुट–उपगुटको सिकार हुँदै आएर संगठन भद्रगोल भए पनि नेताहरू कम्युनिस्ट मिल्दा चुनौतीसँगै अवसर थपिएको तर्क गर्छन् । पार्टी संस्थापन, पौडेल पक्ष र सिटौला पक्षका नेताहरू कम्युनिस्टबीच एकता भएपछि मिल्नैपर्ने र संगठनलाई सुदृढ गर्नैपर्ने दबाब कांग्रेसलाई बढेको तर्क गर्छन् । कम्युनिस्ट मिल्दा चुनौती भए पनि केन्द्रदेखि प्रदेशका सरकारमा उनीहरूले गरेका गलत कामलाई खबरदारी गर्ने र आफ्नो आन्तरिक संगठनलाई व्यवस्थित बनाउन सक्दा पाँच वर्ष पनि कांग्रेस फेरि छाउने तर्क गर्छंन् । संस्थापन पक्षका नेता डा. प्रकाशशरण महत, पौडेल पक्षका डा. शेखर कोइराला र सिटौला पक्षका नेता प्रदीप पौडेल तीनैजनाले कांग्रेसका लागि चुनौतीसँगै अवसर आएको तर्क गरे । कसरी फर्किएला कांग्रेसको साख ? कांग्रेसमा यतिखेर गुटगत राजनीतिबाट सबैभन्दा दुःखी कोही छन् भने ती तल्लो तहका कार्यकर्ता नै हुन् । पार्टीको संस्थापन, पौडेल समूह, सिटौला समूह वा कुनै गुटका नेताको दबदबा रहिरहँदा उनीहरूमा निराशा छ । यस्तो वेला कार्यकर्तामा उत्साह पर्ने, नीति, नेता, कार्यनीति, कार्यक्रम र रणनीतिको पर्खाइमा उनीहरू छन् । गुटबन्दीबाट माथि उठ्ने, गुमेको पार्टीको साखलाई फिर्ता गराउने गरी कार्यकर्तामा विश्वास भर्ने, विश्वास गर्ने, नीति, कार्यनीति र व्यवहारबाट मन जित्ने नेतृत्व कांग्रेसले कसरी विकसित गर्न सक्ला ? पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल शासकीय सोचबाट मुक्त र गुटभन्दा माथि उठ्न सके कांग्रेसको साख फर्किने टिप्पणी गर्छन् । ‘पाँच वर्ष सत्ताबाहिर बस्नुपर्ने भयो भनेर आफूलाई शासकीय सोचबाट कांग्रेस टाढा बस्नुपर्छ,’ उनी भन्छन्, ‘निर्वाचनमा जय र पराजय हुन्छ, तर पाँच वर्षमा संगठनलाई सुदृढ बनाउँदा कांग्रेस आत्तिनु पर्दैन ।’ नयाँपत्रिका दैनिकबाट
प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार
https://www.reportersnepal.com/2018/05/248050
misc
1,946,361
1,960,807
saturday
प्रकृतिमा रमाउँदै(कविता)
कणाद महर्षि मैले सोधेँ माटोलाईके थामेर आयौ ?उसले मलाई उभ्याएर भन्योहावा र पानीलाई ओरालेर आएँ ! सोधेँ पानीलाईके रुझाएर आयौ ?मलाई पखालेर भन्योमाटो र हावालाई नुहाएर आएँ ! सोधेँ प्रकाशलाईके छरेर आयौ ?मलाई उज्यालो ओढाएर भन्योकान्ति बाँडेर आएँ ! सोधेँ हावालाईके सुसाएर आयौ ?मलाई सास फेराएर भन्योमाटो, पानी र प्रकाशबाट बतासिएर आएँ ! सोधेँ गगनलाईकिन उदाङ्ग भएर आयौ ?मलाई नङ्ग्याएर भन्योसर्वव्यापक भएर आएँ ! उत्तरहरू सुनेर म स्वयंप्रकृतिमा रमाउँदै,पाँच तìव भोग्दै आएँ ।
श्रावण ३० २०७८
https://gorkhapatraonline.com/saturday/2021-08-14-44366
misc
1,484,766
1,499,205
null
गठबन्धनका नेता र प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : नेता सिंह
२६ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्। उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यर्थाथ कुरा बताउनुपर्ने सिंहको जोडि थियो । उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताए । बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवाले गरेको गल्तिको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताए। ‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,’ उनले भने, ‘प्रचण्ड जी ले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्‍यो नी। यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टिकरण दिनुपर्छ।’ नेता सिंहले प्रधानमन्त्री देउवालाइ आफू प्रम हुँदा घटाएको आइजिपी काण्ड र सर्वोच्च अदालतका न्याायधीश सुशिल कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गरे। कांग्रेसँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीले विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उनको भनाइ थियो। फरक प्रसंगमा उनले मोतिपुर घटनाको यर्थाथ सार्वजनिक गर्न माग गरे । गोली लागेर ४ जनाको ज्यान जानु दुःखद भन्दै उनले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाए ।
७ मिनेट अगाडि
https://www.onlinekhabar.com/2021/10/1025742
null
1,956,980
1,971,448
null
सलाहको कीर्तिमानमा लिभरपुलको सहज जित
एजेन्सी – इजिप्टका मोहम्मद सलाहले इंग्लिस प्रिमियर लिगमा १ सय गोल पुरा गरेको खेलमा लिभरपुलले सहज जित हात पारेको छ । लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडमाथि ३–० को सहज जित निकालेको हो । एल्लान रोड वेस्ट योर्कसायर लिड्समा आइतबार राति भएको खेलमा लिभरपुलको सहज जितमा मोहम्मद सलाह, फविन्हो र साडियो मानेले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो । खेलको २०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले ट्रेन्ट एलेसान्दर अर्नाेल्डको पासमा गोल गरेका थिए । यो गोलसँगै सलाहले इंग्लिस प्रिमियर लिगमा १ सय गोल पुरा गरेका छन् । उनले लिभरपुलबाट ९८ तथा चेल्सीबाट दुई गोल गरेका छन् । यस्तै उनी अफ्रिकी राष्ट्रबाट १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि आइभोरी कोस्टका डिडिएर ड्रोग्वाले १०४ गोल गरेका छन् । सलाहले प्रिमियर लिगको १६३ खेलमा १ सय गोल र ३६ असिस्ट दिएका छन् । दुई पटक प्रिमियर लिग गोल्डेन बुट, एक प्लेयर अफ दि सिजन अवार्ड र एक प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् । ५०औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा पास्कल स्ट्रजिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्स थप समस्यामा पर्दा लिभरपुललाई खेलमा थप सहज बनेको थियो । पास्कलले हार्भे इलिओटलाई गम्भीर ट्याकल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा साडियो मानेले थियागो अलकान्तराको पासमा गोल गर्दै लिभरपुलाई सहज जित दिलाए । यो जितसँगै अपराजित रहेको लिभरपुलले शीर्ष दुईमा रहेका म्यानचेस्टर युनाइटेड र चेल्सीसँगको अंक बराबरी गरेको छ । समान ४ खेलबाट समान १० अंक रहेपनि लिभरपुल गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । पराजित लिड्स २ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
ज जित सोमबार, भदौ २८, २
https://www.hamrokhelkud.com/football/96142.html
sports
781,293
795,667
सम–सामयिक
एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित
शनिवार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट सेवा प्रभावित भएको छ । एडीएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ । दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडीएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए । इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित १ दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या आएको छ । राष्ट्रिय वाणिज्य बैंकले भिस्याट सेवाबाट आफ्नो सेवा सञ्चालन गरेको भए पनि इन्टरनेट सेवा ढिलो गरी चल्ने हुँदा थप समस्या बनाएको छ । जिल्लामा सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित बनाएको छ ।  राष्ट्रियस्तरका मिडियामा जोडिएका जिल्लामा रहेर काम गर्ने सञ्चारकर्मीले शनिवार साँझदेखि समाचार सम्प्रेषण गर्न नपाएको भन्दै गुनासो गरेका छन् । शनिवार साँझदेखि काम गर्न छोडेको नमस्ते टेलिफोन सेवा आइतवारबाट सञ्चालनमा आएको भए पनि राम्रोसँग काम गर्न सकिरहेको छैन । महाँबु लेकमा प्राविधिकले मर्मत जारी राखेको जनाइएको छ । 
चैत ९, २०७७
https://lokaantar.com/story/137998/2021/12/22/sports/cricket-
misc
1,137,578
1,152,017
मुख्य-समाचार
चिनियाँ राष्ट्रपति सीले भने, ‘भूपरिवेष्ठितबाट भूजडित बन्ने सपना साकार पार्न सहयोग गर्छौं’
काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङले सीमापार रेलमार्गको संभाव्यता अध्ययन गर्ने बताएका छन् । नेपाल भ्रमणका क्रममा शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनको सम्मानमा आयोजना गरेको रात्री भोजका अवसरमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी यस्तो बताएका हुन् । सम्बोधनका क्रममा सीले नेपालको भूपरिवेष्ठितबाट भूजडित बन्ने सपना साकार पार्न सहयोग गर्ने बताए । सो अबसरमा राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्ध सदियौं पुरानो भएको बताएकी थिइन् ।
२०७६, २५ आश्विन शनिबार
https://everestdainik.com/2019/10/282876/
news
434,662
447,282
national
संविधान संशोधनको प्रस्ताव संसदमा असफल, दुई तिहाई बहुमत पुगेन
भदौ ५, काठमाण्डौ । आज संसदमा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव दुई तिहाई बहुमत पुग्न नसक्दा पारित हुने सकेन । सरकारले आज संविधान संशोधनका लागि संसदमा प्रस्ताव पेश गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित केही दलले विपक्षमा मतदान गरेपछि असफल भएको हो । प्रस्तावको पक्षमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय जनता पार्टी लगायत मधेशी दलले मतदान गरे पनि दुई तिहाई बहुमत पुग्न सकेन । संशोधन प्रस्तावमाथि मतदान हुँदा पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक अनुपस्थित रह्यो भने सिपि मैनाली नेतृत्वको नेकपा मालेले मतदान बहिष्कार गरेको थियो । राप्रपा प्रजातान्त्रिकले सरकारलाई समर्थन गरे पनि संविधान संशोधनको मतदान प्रक्रियामा भाग नलिएको हो । प्रस्तावको विपक्षमा नेकपा एमालेसहित कमल थापा नेतृत्वको राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायत केही साना दलले मतदान गरेका थिए । संसद्मा हाल ५९२ सांसद् छन्। जसअनुसार विधेयक पारितका लागि ३९५ मत आवश्यक पर्छ। ५९२ मध्ये संशोधन विधेयकमा सभामुखसहित दुई जनाको मताधिकार छैन।
प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार
https://www.reportersnepal.com/2017/08/199828
national
2,509,153
2,525,157
pradesh-two
जलेश्वरमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय
जनकपुर । महोत्तरीको सदरमुकाम जलेश्वरमा लगाइएको निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाकाका दुईवटा वडामा गत शुक्रबार राति ११ बजेदेखि लगाइएको निषेधाज्ञाको समयावधि आज सकिएसँगै आइतवार सम्मका लागि पूनः निषेधाज्ञा बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले जानकारी दिए । पछिल्लो समय महोत्तरीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम शुक्रवार राति ११ बजे देखि लागुहुने गरि ५ दिनको लागि निषेधाज्ञा जारी गरेको थियो । जलेश्वर नगरपालिकाको पूर्वमा भार्गेश्वर, पश्चिममा राबिम क्याम्पस, उत्तरमा प्रकौली चोक, दक्षिणमा धबौलीको रातो पूलसम्म र महोत्तरी गाउँपालिका वडा नं. ३ र ५ मा निषेधाज्ञा लगाइएको छ । यसभन्दा पहिले जलेश्वर नगरपालिकाका २५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चित कालको लागि शिल गरिएको छ ।
साउन २१, २०७७
https://ratopati.com/story/141523/2020/8/5/Curfew-jaleswor
national
1,999,663
2,015,667
sports
पानामा विरुद्धको खेलमा मेसीले गरे ह्याट्रिक, अर्जेन्टिना क्वार्टरफाइनलमा
काठमाडौं, जेठ २९ । समुह चरणमा लगातार दोस्रो जित दर्ता गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकाको सिकागोमा भएको खेलमा १० खेलाडीमा सिमित पानामालाई ५–० को फराकिलो हार चखाउदै अर्जेन्टिनाले एक खेल अघि नै अन्तिम ८ मा स्थान बनाएको हो । अर्जेन्टिनालाई फराकिलो जित दिलाउन लियोनल मेसीले ह्याट्रिक पुरा गर्दा  निकोलस ओटिमेन्डी र सर्जियो अग्युरोले एक–एक गोल गरे । प्रतियोगितामा पहिलो खेल खेल्ने क्रममा दोस्रो हाफमा मात्रै मैदान प्रबेश गरेका मेसीले १९ मिनेटभित्र ह्याट्रिक पूरा गरे । समूह डीमा रहेको अर्जेन्टिनाले यसअघी पहिलो खेलमा चिलीलाई २–१ ले हराएको थियो । प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा बोलिभियालाई २–१ ले हराउदै चिलीले नकआउट चरण प्रबेशको सम्भाबना जिबितै राखेको छ । चिलीलाई बिजयी गराउन दुवै गोल अर्टुरो भिडालले गरे । आफ्नो पहिलो खेलमा बोलिभियालाइनै हराएको पानामा र चिलीबिच बुधबार हुने समुह चरणको अन्तिम खेलले समुह डि बाट दोस्रो चरण पुग्ने अर्को टोलीको टुंगो लाग्ने छ ।
२९ जेष्ठ २०७३, शनिबार ०६:४५
https://www.imagekhabar.com/news/152018/
sports
1,989,936
2,005,940
health
अस्पतालमा यौन हिंसा (भिडियो रिपोर्ट)
प्रतीक्षा खनाल/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असोज १५ । उपचारका लागि अस्पताल जाने जो–कोहीलाई पनि चिकित्सकप्रति ठूलो भरोसा हुन्छ । तर, तिनै अस्पतालमा कहिले–काहीँ अप्रिय घटनासमेत हुने गर्दछ । खासगरी कतिपय महिला बिरामीले चिकित्सक र अस्पतालका पुरुष कर्मचारीबाटै यौनदुर्व्यवहार सहनुपर्ने अवस्थासमेत आउने गर्दछ । उपचारका लागि अस्पताल पुगेका बिरामीले शारीरिक र मानसिक दुवै किसिमको हिंसा भोग्नुपर्ने तीतो यथार्थ हाम्रो समाजमा कहिले–काहीँ देखिने गरेको छ । अन्य स्थानमा महिलामाथि हुने गरेको हिंसाका घटना सजिलै बाहिर आउने गरे पनि स्वास्थ्य संस्थामा उपचारकाक्रममा हुने हिंसाका घटना भने विरलै सार्वजनिक हुने गरेका छन् । स्वास्थ्य संस्थामा हुने गरेका विभिन्न हिंसामध्ये यौनजन्य हिंसाबाट पनि महिला बिरामी पीडित भइरहेको दाबी महिला अधिकारकर्मी शर्मिला श्रेष्ठको छ । चिकित्सकदेखि अस्पतालमा कार्यरत् पुरुष कर्मचारीसम्मबाट महिला बिरामीहरु पीडित हुने गरेको उनको दाबी छ । कतिपय बिरामीलाई भने आफू यौनहिंसाको सिकार भएको थाहा नै नहुने भन्दै श्रेष्ठले सो विषयमा अध्ययन र चर्चा हुनु जरुरी रहेको बताइन् । कतिपय मुलुकका अस्पतालले पुरुष चिकित्सकबाट महिलाको उपचार गराउँदा अस्पतालका महिला कर्मचारीको संलग्नता अनिवार्य गर्ने गरेका छन् । जसका कारण महिला बिरामीहरुले सुरक्षित महसुस गर्न सक्छन् भने दुर्व्यवहार र हिंसा हुने सम्भावना पनि हुँदैन । विश्वका थुप्रै राष्ट्रहरुले यससम्बन्धी अध्ययन–अनुसन्धान गरी त्यसविरुद्धका कानुनसमेत बनाएका छन् । तर, नेपालमा भने अहिलेसम्म त्यस्तो व्यवस्था गरिएको छैन । भिडियो हेर्नुहोस्
१६ आश्विन २०७५, मंगलवार ०३:३२
https://www.imagekhabar.com/news/5656/
health
249,176
261,549
null
सुमोको ठक्करले मोटरसाइकल चालकको मृत्यु   
महोत्तरी, साउन  १९ : सुमोको ठक्करले मंगलबार बिहान महोत्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेत रहेको प्रहरीले जनाएको छ।  बर्दिबास नगरपालिका–४ विश्वकार्मा चोकमा बस्नेत सवार बा९२प ३२०६ नम्बरको मोटरसाइकललाई बा१८च ३६८५ नम्बरको सुमोले ठक्कर दिँदा मोटरसाइकल प्रदेश १–०४–००१ च ०२७९ नम्बरको बलेरोमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभस्वास्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।  उक्त सुमो र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।   
Tuesday, 3rd August 2021 5:28:00 pm
https://kathmandupress.com/news/41209
news
2,008,879
2,024,883
world
अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे एफबीआईले थाल्यो अनुसन्धान
यससम्बन्धमा कांग्रेसले गरेको सुनुवाईका क्रममा निर्देशक कोमीले गत नोभेम्बर सम्पन्न राष्ट्रपति चुनावमा रुसी प्रभावबारे एफबीआईले अनुसन्धान गरिरहेको पहिलो पटक पुष्टि गरेका हुन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पूर्व राष्ट्रपति बाराक ओबामामाथि आफ्नो टेलिफोन ह्याक गरेको भन्ने आरोप लगाएकोबारे त्यस्तो आरोप पुष्टि हुने प्रमाण फेला नपारेको पनि कोमीले बताए । राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले आफ्नो टेलिफोन ह्याक गरेको आरोप लगाउँदै आएका छन् । तर उनले यसबारे कुनै प्रमाण भने दिएका छैनन् । निर्देशक कोमीले कांग्रेसको इन्टेलिजेन्स कमिटीलाई एफबीआईले गरिरहेको अनुसन्धानसम्बन्धी प्रमाण पनि दिएका छन् । ट्रम्प प्रशासनले राष्ट्रपति चुनावमा रुसले कुनै हस्तक्षेप नगरेको बताउँदै आएको छ । ट्रम्प र रुसबीच पनि कुनै सम्बन्ध नरहेको ह्वाइटहाउसको दाबी छ । रुसले पनि आरोप अस्वीकार गर्दै आएको छ । एफबीआईले ट्रम्पको चुनावी अभियानमा रहेका व्यक्ति र रुसी सरकारी अधिकारीबीचको व्यक्तिगत सम्बन्ध र त्यसको राष्ट्रपति चुनावमा रहेको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेको हो । यस्तै राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख माइक रोजर्सले पनि कांग्रेसको कमिटीमा गुप्तचर विभागको प्रतिवेदन पछ्याउने बताए । तर ह्वाइट हाउसका प्रवक्ता शान स्पाइसले भने अहिले भइरहेका अनुसन्धानले ट्रम्प प्रशासनलाई केही प्रभाव नपार्ने र यसमा चासो पनि नदिएको बताए । (एजेन्सी)
८ चैत्र २०७३, मंगलवार ०९:०१
https://www.imagekhabar.com/news/123602/
global
1,141,800
1,156,239
मुख्य-समाचार
पत्नी चन्दद्वारा हेमन्तप्रकाशको स्वास्थ्यप्रति चिन्ता
काठमाडौं, चैत १४ । पक्राउ परेका विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश वली पाँच रोगका बिरामी भएको उनकी पत्नीले बताएकी छन् । पतिको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्दै पत्नी अम्बिका चन्दले भनिन्, ‘सुगर, प्रेसर, युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडका औषधि खाइरहनुभएको छ ।’ चन्दका अनुसार ओलीले सुगरको आठ वर्षदेखि र प्रेसरको १२ वर्षदेखि औषधि खाइरहेका थिए । ओलीले युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडको डेढ वर्षदेखि औषधि खाँदै आएका थिए । नियमित औषधि खानुपर्ने भएकाले धेरै दुर्गममा बस्न नसक्दा गत शनिबार काभ्रेबाट काठमाडौं फर्कंदै गर्दा वलीसहित नौजना पक्राउ परेका थिए । उनलाई आइतबार जिल्ला अदालत ललितपुरले आठ दिनको म्याद थप गरेको थियो । ‘उहाँले कुन औषधिपछि कुन खाने भन्ने कुरा नै बिर्सनुहुन्छ, मैले नै सम्झाउँथे कुनैवेला स्टाफले सम्झाएपछि खानुहुन्थ्यो,’ चन्दले भनिन्, ‘पक्राउ परेपछि खै के हुने हो चिन्ता लागिरहेको छ ।’ जनयुद्धमा तीन वर्ष बाजुरा जेल बस्दा टाउकोमा गम्भीर चोट भएकाले कुनैवेला टाउको धेरै दुख्ने गरेकोसमेत उनले बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
२०७५, १४ चैत्र बिहीबार
https://everestdainik.com/2019/03/243965/
news
1,651,259
1,665,698
politics
सहमति भइसक्यो, सार्वजनिक गर्न बाँकी छ : गच्छदार
काठमाडौँ : प्रमुख दलका शीर्ष नेताहरुको बैठक संघीयता लगायतका विषयमा सहमति निकट पुगेको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सहमति भइसकेको तर अहिले नै सार्वजनिक गर्न नसकिने जानकारी दिए। उनले भोलि बिहान पुनः बैठक बस्ने जानकारी दिए। माघ ८ सम्म सहमतिका केही दस्तावेज सार्वजनिक हुन सक्ने उनले संकेत गरे।  'कुरा मिल्दैछ, संघीयतामा पनि मिल्छ, निर्वाचन प्रणाली, न्याय प्रणाली मिलेको छ, शासकीय स्वरुप पनि मिलेको छ, धेरै खोतल्न थाले बिग्रन्छ,' बैठकपछि गच्छदारले भने, 'दलहरु संघीयतामा जाँदा कति प्रदेश बनाउने भन्ने पुरानो अडानमा पनि छैनन्, १० प्रदेशमा हुनेहरु पनि घटेका छन्, सात हुनेहरु पनि अडानमा छैनन्।' प्रदेशको नामाङ्कन बहुजातीय गर्ने, नमिले प्रदेश सभालाई दिनेमा दलहरुबीच सैद्धान्तिक सहमति रहेको गच्छदारले बताए। जिल्लाहरु नतोडी मिल्दैन भन्ने दलहरुको समझदारी देखिएको र आवश्यकता भए तोड्न सहमति भएको उनले बताए। कांग्रेस र एमालेले सार्वजनिक गरेको अवधारणामा समेत नवलपरासी र उदयपुर जिल्ला तोडिएको गच्छदारले उल्लेख गरे। 'हामी राजनीतिक सहमतिको दस्तावेज र संविधानका मूलभुत विषयमा माघ ८ अघि नै सहमतिमा पुग्छौं,' गच्छदारले भने। यद्यपि माघ ८ मै संविधान आउने सम्भावना नरहेको उनको भनाई थियो।  यसअघि एमाले नेता झलनाथ खनालले छलफल अझै विषयकेन्द्रित नभएको बताएका थिए।  आज बिहानदेखि बसेको संविधान सभाका अध्यक्षसहितको शीर्ष नेताहरुको बैठक अपराह्न २ बजेसम्मका लागि स्थगित भएको थियो। २ बजेको छलफल अघि विभिन्न दलहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफलहरु भएर पुनः बैठक बसेको थियो। दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली लगायतका विषयमा विवाद छ। कांग्रेस र एमालेले ल्याएको नौ बुँदे साझा प्रस्ताव र एमाओवादी र मधेसी मोर्चासहितको ३० दलीय मोर्चाले ल्याएको साझा प्रस्तावबीचबाट 'विन विन'को स्थिति हुने गरी सहमतिको प्रयासका लागि शीर्ष नेताहरु अहिले बसेका हुन्।   
18th January 2015 | ४ माघ २०७१
https://pahilopost.com/content/-1917.html
politics
2,290,451
2,306,455
समाचार
चार वर्षपछि ए डिभिजन लिग : उपाधि जित्ने सबै क्लबको दाबी, एपी–१ बाट प्रत्यक्ष प्रसारण हुने
– कुमार चौलागाई काठमाडाै‌, १२ असोज  । चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ  (एन्फा)का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताउनुभयो । सबै क्लबको दाबी लिगमा राम्रो नतिजा ल्याउँछौँ पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ वटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा उनीहरुले लिगको उपाधिमा आ–आफ्नै क्लबको दाबेदारी प्रस्तुत गरे । शुरुमा बोलेका न्यूरोड टोली एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले ‘ए’ डिभिजन लिगलाई आफूहरुले राम्रो सदुपयोग गर्ने बताए । तयारीका लागि खेल मैदान तथा गोल पोस्टको अभाव भएको बताउँदै लिग तालिकामा पाचौँ या छैटौँ स्थानमा रहने उल्लेख गरेका थिए । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग जित्ने लक्ष्यका साथ तयारी गरिएको बताए । ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले लिगमा नयाँ खेलाडीकै भरमा रहेको बताए । तालिकाको आठौँ स्थानमा रहने लक्ष्य रहेको बताउँदै उनले विगतको लिगमा भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए ।  नेपाल पुलिस क्लबमा राम्रा खेलाडीहरुको बाहुल्यता रहेकाले लिग जित्नेमा विश्वस्त रहेको उहाँको दाबी थियो । फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण प्रशिक्षण राम्रो हुन नसकेको बताउँदै क्लबमा धेरै यू–१८ का खेलाडी रहेको बताए । उनले रक्षापङ्क्ति बलियो रहेकाले तालिकाको छदेखि आठौँ स्थानसम्म रहने विश्वास व्यक्त गरे । जावलाखेल युथ क्लबका प्रशिक्षक राजकुमार घिसिङले छदेखि नवौँ स्थानमा रहने विश्वास व्यक्त गरे । लिगका लागि राम्रो तयारी गरेको उनको भनाइ छ । त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले यस पटकको लिगमा आफ्ना खेलाडी पूर्णरुपमा फिट रहेको र जितका साथ प्रतियोगिता शुरु गर्ने लक्ष्यमा रहेको बताए । ‘यस पटकको लिगको उपाधिका लागि नै हामी मैदानमा उत्रने छाै’, उनले भने । मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक तोग्बे पूजाले उपाधि रक्षा गर्नु नै आफूहरुको लक्ष्य रहेको बताए । रेलिगेसन नहुने लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगका आधारमा हुने लिगको विजेताले रु ५० लाख पाउनेछन् । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टोलीले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत ९एन्फा०ले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार दिनेछन् । शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । विसं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल सङ्घलाई दिएको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ‘ए’ डिभिजन लिग ट्रफी’ नामकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको स्थापना २०११ सालमा नरशम्शेर जबराले गरेको इतिहास छ । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् । ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् । उक्त उपाधि हालसम्म मनाङ मस्याङ्दी क्लबले सबैभन्दा बढी ९विसं २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०० सात पटक जितेको छ । यस्तै रानीपोखरी कर्नर टोली ‘आरसिटी’ले ९२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१० ६, नेपाल पुलिस क्लबले ९२०१२, २०१३, २०६३, २०६६ र २०६८० पाँच, थ्री स्टार क्लबले ९२०५४, २०५५, २०६१, २०६९ र २०७१० पाँच, महावीर क्लबले ९२०११, २०२३ र २०२६० तीन, सङ्कटा क्लबले ९२०३७, २०४० र २०४२० तीन, अन्नपूर्ण फुटबल क्लबले ९२०३४ र २०३९० दुई, देउराली क्लबले ९२०२५ र २०२७० दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक÷एक पटक उपाधि जितेका छन् । विसं २०७१ यता शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन । लिगको प्रत्यक्ष प्रसारण एपी–१ बाट शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ब्रोडकास्टिङ पार्टनरका रुपमा आज एपी–१ एचडी टेलिभिजनसँग सम्झौता गरेको छ । (एन्फा)ले डिजिटल पार्टनर र अनलाइन लाइभका लागि भने माइकुजुसँग यसअघि नै सम्झौता गरिसकेको छ । एन्फाले तीन वर्षका लागि एपी–१ सँग सम्झौता गरेको हो । सम्झौतासँगै ‘ए’ डिभिजन लिगका ९१ वटै खेल एपी–१ टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । प्रत्यक्ष प्रसारण गरेबापत एपी–१ यस वर्ष एन्फालाई रु ३० लाख, अर्को वर्ष रु ३५ लाख र तेस्रो वर्ष रु ४० लाख उपलब्ध गराउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । रासस
१२ आश्विन २०७५, शुक्रबार
https://www.nayapage.com/archives/84283
news
783,076
797,453
छापामा
सुन्दरीको सिको गर्दा...
 कक्षा ११ मा पढिरहेकी थिइन् अञ्जली शर्मा (नाम परिवर्तन) । कक्षामा राम्रै विद्यार्थीमध्येमा पर्थिन् । बुबाले प्लस टु सकेपछि राम्रो कलेज पढाउने वाचा गरेकै थिए तर चैत १ मा अञ्जली एकाएक हराइन् । जेठी छोरी काठमाडौंबाट अचानक हराएपछि परिवारमा भागदौड मच्चियो । बुबाआमाले तत्काल प्रहरीमा रिपोर्ट गरे, फोटो दिए । उनले बोक्ने गरेको मोबाइलसमेत घरमै थियो । अपहरणमा परिन् कि कसैले ललाइफकाई लग्यो भन्ने भयो । दुई सातासम्म पनि कुनै सुइँको फेला परेन तर चैत २१ मा शर्मा परिवारलाई भारतको नयाँदिल्लीबाट फोन गयो, ‘तपाईंकी छोरी दिल्लीमा सकुशल छिन् र सेल्टर होममा राखिएको छ ।’ त्यो खबरले शर्मा परिवारमा खुसीको सञ्चार भयो तर सबै आश्चर्यमा परे– छोरी कसरी एकाएक दिल्ली पुगिन् ? दिल्लीस्थित नेपाली दूतावासमा भेटिएकी अञ्जलीका अनुसार घर छाडेदेखि दिल्लीसम्म यात्राको कथा यस्तो छ– काठमाडौंमा डेरा गरी बस्ने उनको परिवारलाई खान–लाउन दुःख थिएन । बुबाको व्यापार राम्रै चलेको थियो । भाइ, बहिनी र उनको पढाइ राम्रै चलिरहेको थियो । काठमाडौंकै एउटा प्लस टुमा अध्ययनरत थिइन् । जब उनले गएको फागुन दोस्रो साता भारतीय सुन्दरी मान्या सिंहका बारेमा थाहा पाइन्, उनको मन र मस्तिष्क खल्बलिन थाल्यो । जतिखेर पनि मान्याकै भिडियो हेर्न थालिन् । बिस्तारै घर छाडेर एक्लै संघर्ष गर्ने योजना बुन्न थालिन् । अन्ततः चैत १ मा उनी परिवारलाई स्कुल जान्छु भनेर घर छाडेर हिँडिन् । ‘मलाई मान्याले जस्तै आफ्नै खुट्टामा उभिएर संघर्ष गर्नुपर्छ र सफल बन्नुपर्छ भन्ने भूत सवार भएको थियो,’ उनले कान्तिपुरसँग भनिन् । आखिर को हुन् मान्या सिंह र कस्तो छ उनको संघर्षको कथा ? जसले अञ्जलीलाई घर छाड्न प्रेरित गर्‍यो । उत्तरप्रदेशको कुशीनगरकी मान्या सिंह फागुन दोस्रो साता फेमिना मिस इन्डियाको उपविजेता भइन् । पारिवारिक पृष्ठभूमि र संघर्षका कारणले उपाधि विजेताको भन्दा बढी चर्चा मान्याको भयो । हुन पनि मान्याले उपाधिलगत्तै सामाजिक सञ्जालमा उल्लेख गरेको संघर्षको कथा साँच्चिकै प्रेरणादायी छ । दुई छाकका लागि पनि संघर्ष गर्नुपर्ने परिवार । बुबा अटोरिक्सा चलाउँथे । शुल्क तिर्न नसक्दा उनको स्कुल नियमित थिएन । त्यसका बाबजुद पनि उनमा आफ्नो खुट्टामा उभिने र केही गरेर देखाउने हुटहुटी थियो । तिनै सपना पूरा गर्न भन्दै उनी १४ वर्षकै उमेरमा घर छाडेर मुम्बई पुगेकी थिइन् । मुम्बई पुग्नासाथ उनले पिज्जा हटमा काम पाइन् । मुम्बई पुगेको खबर दुई दिनपछि आफैंले बुबाआमालाई सुनाइन् । बुबाआमा रोएर बेहाल थिए । छोरीलाई तत्काल फर्काउन अभिभावक मुम्बई आए तर मान्याका सपना र त्यसका लागि लिएको अठोटका सामु बुबाआमाको जोड चलेन । बुबाले छोरीको संघर्षमा साथ दिन मुम्बईमै अटो चलाउने निष्कर्षमा पुगे । त्यसपछि बुबाको कमाइले मान्याको पढाइ राम्रै स्कुलमा हुन थाल्यो । मान्या पनि धेरथोर कमाउँथिन् । एकाएक उनको ध्यान मिस इन्डिया प्रतियोगिताले तान्यो । उनीभित्र केही नयाँ गर्नुपर्छ भन्ने थियो । उनले प्रतियोगितामा भाग लिन आवेदन दिइन् तर छानिइनन् । अन्य प्रतियोगितामा सहभागी हुने उनको चाहना पनि विभिन्न कारणले पूरा भएनन् तर उनले हार मानिनन् । बुबाले पनि हौसला दिइरहे । गएको मंसिरमा उनले फेरि एकपटक मिस इन्डियाका लागि आवेदन दिइन् । यसपटक भने उनी छनोट मात्र भइनन्, उपविजेताको ताजसमेत पहिरन सफल भइन् । उपाधि हात पारेपछि मान्याको संघर्षपूर्ण कथा बाहिर आयो । सञ्चारमाध्यमहरूले पनि उनको कथालाई प्राथमिकतासाथ छापे र प्रसारण गरे । युट्युबमा उनको संघर्षमाथि रातारात दर्जनौं भिडियो तयार भए । सामाजिक सञ्जालमा पनि भाइरल बन्यो उनको कथा । इन्स्टाग्राम, फेसबुक, ट्वीटरमा उनलाई पछ्याउन युवापुस्ताबीच हानाथाप सुरु भयो । युवाले मान्याको संघर्ष र सफलतालाई प्रेरणाका रूपमा लिन थाले अञ्जली तिनैमध्ये एक थिइन्, जसमाथि मान्याको संघर्ष र सफलताको प्रभाव बढी नै पर्‍यो । घर छाडेपछि केही दिन परिवारले थाहा नपाउने गरी काठमाडौंकै एउटा रेस्टुराँमा काम गरिन् । उनले स्कुलको शुल्क तिर्नुछ भनेर रेस्टुराँका मालिकसँग चार हजार रुपैयाँ मागिन् । काठमाडौंबाट दिल्लीसम्म बस चल्छ भन्ने उनलाई पहिले नै थाहा थियो । टिकटका लागि रेस्टुराँबाट पाएको पैसा पर्याप्त थियो । स्वयम्भूबाट त्यही बस चढिन् । सुनौली नाकामा बस फेर्नुपर्थ्यो । नाकामा सोधपुछ गर्दा आफू पढ्न जान लागेको बताइन् । र, आफूसँग भएका सर्टिफिकेट देखाइन् । बसले भोलिपल्ट उनलाई दिल्लीमा ओरालिदियो । उनका लागि दिल्ली पूरै अपरिचित सहर थियो । उनले खाली नयाँदिल्ली भन्ने सुनेकी रहिछन् । ट्याम्पोले उनलाई नयाँदिल्ली रेल्वे स्टेसनसम्म पुर्‍याइदियो । दिल्लीको भीड र होहल्ला देखेर उनको होस उड्यो । मान्याको कथामा सुनेजस्तो थिएन त्यो सहर, न त कतै पिज्जा रेस्टुरेन्ट नै थिए । आँखाबाट आँसु बग्न थाल्यो । खुट्टा लगलग काँप्न थाले । भोकको त कुरै भएन । केही बेरपछि उनी कलावती अस्पताल अगाडि थिइन् । अस्पतालकै अगाडि भण्डारा लागेको रहेछ । त्यहाँ खाना मागेर खाइन् । छेउकै एउटा चिया पसले महिलाले सोधपुछ गर्दा उनले नेपालबाट आएको र केही काम गर्दै कलेज पढ्न चाहेको बताइन् तर पसलेले पत्याइनन् । उनले शंका लागेर तत्कालै दिल्ली महिला आयोगमा खबर गरिदिइन् । तत्कालै आयोगकी प्रतिनिधि आशा शर्मा त्यहाँ आइपुगिन् । शर्माले मानव तस्करी र चेलीबेटी बेचबिखनका घटना र जोखिमका बारेमा बताएपछि मात्र आफू ठूलो संकटबाट बचेको भन्ने उनले थाहा पाइन् । ‘त्यतिबेला मात्र मलाई यसरी लहडमा हिँड्दा ठूलो जोखिम हुँदो रहेछ भन्ने थाहा भयो,’ उनले भनिन् । अब आफू चाँडोभन्दा चाँडो घर फर्कन चाहेको र परिवारलाई भेट्न चाहेको उनको भनाइ थियो । अहिले उनलाई दिल्ली महिला आयोगको संरक्षणमा राखिएको छ । र, दिल्ली दूतावासको समन्वयमा काठमाडौं फर्काउने प्रक्रिया सुरु भइसकेको छ । अञ्जलीको उद्धार प्रक्रियामा संलग्न केआई नेपालका नवीन जोशीका अनुसार कानुनी प्रक्रिया पूरा हुनासाथ उनलाई नेपाल फर्काइनेछ । दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले समयमै उद्धार भएकाले ठूला दुर्घटना टरेको बताए । ‘उनको कुरा सुन्दा त ठूलो दुर्घटना टरेको हो,’ बस्यालले भने । त्यसैगरी आयोगकी प्रतिनिधि आशा शर्माले पनि मानव तस्करहरूको बिगबिगी भएका बेला अञ्जली सुरक्षित उद्धार हुनु ठूलो कुरा भएको बताइन् । उनले यस्ता घटना हुन नदिन अभिभावकले पनि छोराछोरीका मनमा के–कस्ता कुरा खेलिरहेका छन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।
चैत २६, २०७७
https://lokaantar.com/story/139811/2021/12/22/sports/cricket-
misc
840,380
854,819
null
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । /nदोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । /n/nआइतबार बस्ने मन्त्रिपरिषद बैठक मुख्यत: विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने स्रोतले बताएको छ । यस्तै अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आजको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवाहरुमा के के राख्ने भन्ने विषयमा पनि निर्णय गर्ने बताएका थिए ।/n
2020
https://ekantipur.com/news/2020/03/22/158486200454034747.html
news
434,477
447,097
national
एनआरएनएको केन्द्रीय अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने
काठमाडौँ, ३० भदौ । गैर-आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष रहेका भट्टले शनिवार उम्मेदवारी घोषणा गर्ने बताईएको छ । दुई कार्यकाल उपाध्यक्षको पद समालेका भट्टले आगामी कार्यकालका लागि प्रमुख पदका आकांक्षी बनेका छन् । एनआरएनएको आठौ विश्व सम्मेलन काठमाडौंमा २८ असोज देखि ३१ असोजसम्म हुँदैछ । दुई वर्षे कार्यकाल रहेको एनआरएनमा यस अघि वर्तमान अध्यक्ष शेष घलेलाई सर्मथन गरी भट्टले उपाध्यक्षमा कार्यकाल दोहोर्याएका थिए । भट्टले एक कार्यकाल संघको कोषाध्यक्ष रहेर पनि काम गरेका थिए । व्यवसायिक समूह टिबिआईका प्रमुख रहेका भट्टको सञ्चार क्षेत्रमा पनि लगानी छ । भट्ट सरकारले खारेज गर्ने मनशाय बनाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका पूर्व अध्यक्ष पनि हुन् । काठमाडौँ हेटौडा सुरुङ मार्ग निर्माण गर्ने जिम्मेवारी लिएको उक्त कम्पनीमा भट्टको लगानी छ ।
प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार
https://www.reportersnepal.com/2017/09/203666
national
423,125
435,745
national
लगातारको वर्षाले भौतिक संरचनादेखि पशुवस्तमा नोक्सानी
सिमकोट, ६ असार: पाँच दिनदेखि लगातार परेको अविरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्षति पुग्दा लाखौँको नोक्सान भएको छ । वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्षति पुगेको छ भने १६ वटा घरमा आंशिक क्षति पु¥याएको जानकारी आएको छ । वर्षाले खार्पुनाथ गाउँपालिका–१ घण्टवीर बुढाको तीनतले पाँचकोठे घर र खार्पुनाथ–१ देउखुरी गाउँका लोकेश जैशीको माथिबाट आएको पहिराले घरमा पूर्ण क्षति गरेको छ । पहिरोले मानवीय क्षति भने नभएको बताइएको छ । त्यस्तै सिमकोट गाउँपालिका–२ ठेहेगाउँका वीरजीत सुनारको एकतले जस्ताले छाएको तीनकोठे घर र वडा नं ३ वरगाउँका याङसु लामाको तीनतले छकोठे कच्ची घरमा पूर्ण क्षति भएको बताइएको छ । यस्तै वर्षाले सर्केगाड गाउँपालिका–७ रोडिकोड गाउँका कलम सार्कीको तीनतले सातकोठे घरमा पूर्ण क्षति गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । जिल्लाभर २१ वटा घरमा आंशिकदेखि पूर्ण क्षतिको खबर आएको भए पनि कति क्षति गरेको भन्ने जानकारी नआएको उनले बताए । जिल्लाको खार्पुनाथ, सिमकोट र सर्केगाड गाउँपालिकामा लगातारको वर्षाले बढी क्षति पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यस्तै हिल्दुम जाने बाटोमा रहेको सिमकोट तल्लो गाउँमा कुला रावतसहित गरी चार जनाको घरमा जोखिम पुगेको छ । घर नजिकै बाटो भएकाले बाटो मुनिबाट माटो खनिएकाले घरमा जोखिम बढेको बताइएको छ । यसैगरी खार्पुनाथ गाउँपालिका–५ दुर्पाको मारघोरमा जाने बाटो वर्षाले पूर्ण भत्काएको जानकारी प्राप्त भएको छ । बाटो भत्किँदा आवतजावतमा समेत समस्या बनाएको दुर्पाका स्थानीयवासी देवी सिंहले बताए । सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति यस्तै चार स्थानमा सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति पु¥याएको छ । वर्षाले नाम्खा–१ तारुक खोलामा रहेको फलामको ट्रसब्रिज पुललाई माथिबाट आएको बाढीले पूूर्ण क्षति गरेको छ । सोही वडाको हेप्काखोलामा रहेको काठको पुललाई समेत माथिबाट आएको बाढीले बगाउँदा पूर्णरूपमा क्षति गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए । खार्पुनाथ–५ मा रहेको लुमघट्टे खोला लघुजलविद्युत् आयोजनाको एक थान पाइप बगाएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को दुर्पामा रहेको मालिका देवी दूधकुण्ड बाख्रापालन युवा बेरोजगार कृषि समूहको निर्माणाधीन तीनतले भवन भत्किएको बताइएको छ । यस्तै सर्केगाड–७ रोडिकोडमा रहेको ढापार सिँचाइ योजनाको निर्माणाधीन १५० मिटर कुलो भत्किएको छ । खर्कमा पशुवस्त मरेर लाखौँको नोक्सानी जिल्लाको सिमकोटको गोडामौला भन्ने खर्कमा वर्षाले पशुवस्तुमा क्षति पु¥याउनुका साथै पशुवस्तु मर्दा लाखौँको क्षति भएको छ । लगातारको वर्षाले एक जुमा, तीनवटा बाच्छा, चारवटा खसी मरेको लछु बुढाले बताए । जिल्लामा जुमाको रु ५० हजारमाथि पर्ने गरेको छ । खसीको रु १५ हजारदेखि रु २५ हजारसम्म पर्ने गरेको हुँदा करिब रु पाँच लाख बराबरको क्षति पुगेको बुढाले बताए ।-रासस/File Photo
प्रकाशित मिति : ६ असार २०७८, आईतबार
https://www.reportersnepal.com/2021/06/558881
national
2,644,407
2,660,411
राजनीति
विप्लव नेतृत्वको माअाेवादीले अाज सिहंदरबार घेर्ने, थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी
काठमाडौ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एनसेलको बेस स्टेसनमा रहेको टावर आक्रमणका क्रममा पक्राउ परेका पार्टीका कार्यकर्ता रिहाईको माग गर्दै बिहीबार सिंहदरबार घेर्ने भएको छ।   काठमाडौ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एनसेलको बेस स्टेसनमा रहेको टावर आक्रमणका क्रममा पक्राउ परेका पार्टीका कार्यकर्ता रिहाईको माग गर्दै बिहीबार सिंहदरबार घेर्ने भएको छ।   'महँगी, कालोबजारी, भ्रष्टचारका विरुद्धमा जनताको समर्थनमा दृढताका साथ कारबाहीमा उत्रिएका आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाईको माग गर्दै दिउँसो १ बजे सिंहदरबार घेर्ने' नेकपा माओवादीका नेता माइला लामाले जानकारी दिए।‘हामी पक्राउ परेका हाम्रा कार्यकर्ताको रिहाईको माग गर्दै आज दिउँसो १ बजे हजारौँ कार्यकर्ताको सहभागितामा सिंहदरबार घेर्दैर्छौ’ थाहा खबरसँगको संवादमा उनले भने, ‘सिंहदरबार घेरेपछि हामी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौँ, हाम्रो यो घेराउपछि पनि कार्यकर्तालाई रिहाई गरिएन भने सरकारले थेग्न नसक्ने गरी आन्दोलन गर्छौँ।’ घेराउसँगै उपत्यकासहित देशभर विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने नेकपा माओवादीले जनाएको छ। केही साताअघि एनसेल टावर आक्रमणको आरोपमा नेकपा माओवादीका दर्जनौँ कार्यकर्ता पक्राउ गरेका थिए। राजधानीमा दिउँसो १ बजे शान्तिबाटीकाबाट विरोध प्रदर्शन सुरु हुने माओवादीले जनाएको छ। जुलुससहितका टोली हनुमानस्थान, बबरमहल, माइतीघर लगायतका क्षेत्रहरुबाट सिंहदरबार घेर्न पुग्ने नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए।  'महँगी, कालोबजारी, भ्रष्टचारका विरुद्धमा जनताको समर्थनमा दृढताका साथ कारबाहीमा उत्रिएका आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाईको माग गर्दै दिउँसो १ बजे सिंहदरबार घेर्ने' नेकपा माओवादीका नेता माइला लामाले जानकारी दिए। ‘हामी पक्राउ परेका हाम्रा कार्यकर्ताको रिहाईको माग गर्दै आज दिउँसो १ बजे हजारौँ कार्यकर्ताको सहभागितामा सिंहदरबार घेर्दैर्छौ’ थाहा खबरसँगको संवादमा उनले भने, ‘सिंहदरबार घेरेपछि हामी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौँ, हाम्रो यो घेराउपछि पनि कार्यकर्तालाई रिहाई गरिएन भने सरकारले थेग्न नसक्ने गरी आन्दोलन गर्छौँ।’  घेराउसँगै उपत्यकासहित देशभर विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने नेकपा माओवादीले जनाएको छ। केही साताअघि एनसेल टावर आक्रमणको आरोपमा नेकपा माओवादीका दर्जनौँ कार्यकर्ता पक्राउ गरेका थिए।  राजधानीमा दिउँसो १ बजे शान्तिबाटीकाबाट विरोध प्रदर्शन सुरु हुने माओवादीले जनाएको छ। जुलुससहितका टोली हनुमानस्थान, बबरमहल, माइतीघर लगायतका क्षेत्रहरुबाट सिंहदरबार घेर्न पुग्ने नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। 
असार १६, २०७३ बिहिबार
https://thahakhabar.com/news/644
politics
2,554,660
2,570,664
newspaper
नेपाली ग्यास बुलेटमा भारत तगारो
काठमाडौं - खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।  नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।  परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन्, यो खबर आजको नागरिक दैनिकमा छ । 
असार २१, २०७४
https://ratopati.com/story/3751/2017/7/5/nepali-bulet-gyash
news
1,273,362
1,287,801
sports
नेपाली भलिबल: गण्डकी र पुलिसलाई उपाधि
नेपाली भलिबलमा विभागीय वर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले शनिबार प्रथम टाइगर कप क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फको उपाधि जितेको छ। पोखरा रंगशालामा भएको फाइनलमा गण्डकीले त्रिभुवन आर्मी क्लबको चुनौतीलाई ३–२ को सेटमा पन्छाउँदै उपाधि चुमेको हो। गण्डकीले आर्मीमाथि जित निकाल्न निकै प्रतिस्पर्धा गर्नुपर्‍यो। पहिलो सेट २५–२२ ले आफ्नो बनाएको गण्डकीले दोस्रो सेट २५–२१ ले आर्मीलाई सुम्पिएको थियो। निकै रोमाञ्चक बनेको तेस्रो सेटमा गण्डकीले ३२–३० को जित निकालेको थियो। तर, आर्मीले चौथो सेटमा २५–२३ को जित निकाल्दै खेल निर्णायक सेटतर्फ धकेल्यो। निर्णायक सेटमा भने गण्डकीले आर्मीलाई १५–११ ले स्तब्ध बनाउँदै घरेलु कोर्टमा उपाधि उचाल्यो। लिग चरणमा पनि आर्मी गण्डकीसँग ३–१ को सेटमा राजित भएको थियो। टाइगर ग्रुपको आयोजनामा सञ्चालित क्लब च्याम्पियनसिप भलिबलको महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन हुँदा एपिएफ सोझो सेटमै स्तब्ध बन्यो। गत वर्ष नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कपपछि पहिलो पटक एपिएफ पुलिससँग पराजित हुन पुग्यो। पुलिसले एपिएफलाई पहिलो सेटमा २५–२२, दोस्रोमा २५–२२ र तेस्रो सेटमा २५–२१ ले हरायो। यससँगै पुलिसले महिला भलिबलमा एपिएफको एकछत्र राजलाई पोखराको कोर्टमा पनि तोड्यो। पुरुषतर्फ विजेता गण्डकी र महिलातर्फ विजेता पुलिसले समान नगद एक लाख ५० हजार रूपैयाँ, उपविजेता आर्मी (पुरुष) र एपिएफले ७५ हजार रूपैयाँ प्राप्त गरे। तेस्रो हुने पुलिस (पुरुष) र न्यु डायमन्ड एकेडेमी (महिला) ले ३५ हजार रूपैयाँ पाउँदा सान्त्वना टोली एपिएफ (पुरुष) र आर्मीले १५ हजार रूपैयाँ पाए।   प्रतियोगितामा महिलातर्फ पुलिसकी उषा भण्डारी र पुरुषमा गण्डकीका घनश्याम चौधरी उत्कृष्ट खेलाडी घोषित भए। दुवैले नगद २० हजार रूपैयाँ पुरस्कार पाए। विधागत उत्कृष्टअन्तर्गत सर्भरमा प्रतिभा माली (न्यु डायमन्ड), सेटरमा कमला पुन (पुलिस), ब्लकरमा हीरा केसी (एपिएफ), डिफेन्डर शान्तिकला तामाङ (पुलिस) र स्पाइकरमा सरस्वती चौधरी (एपिएफ)ले सफलता प्राप्त गर्दा पुलिसका रूपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए। पुरुषको विधागत उत्कृष्टअन्तर्गत ब्लकरमा हरि अधिकारी (आर्मी), सर्भर शरणसामरी क्षत्री (आर्मी), स्पाइकरमा धनबहादुर भट्ट (आर्मी), सेटरमा सुजन चोख्याल (गण्डकी), डिफेन्डर राजन दर्लामीमगर (गण्डकी) ले सफलता पाउँदा गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले ५ हजार रूपैयाँ र ट्रफी प्राप्त गरे।
२ फाल्गुन २०७७
https://nagariknews.nagariknetwork.com/sports/457591-1613278636.html?click_from=category
sports
152,623
152,737
अफ्रिकाका दश लाख बालबालिका विकराल कुपोषणको समस्यामा : युनिसेफ
जोहानेसबर्ग (दक्षिण अफ्रिका)। पूर्वी तथा दक्षिण अफ्रिकामा करिब १० लाख बालबालिका कुपोषणको समस्याबाट ग्रसित भएको युनिसेफले जनाएको छ ।  बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार बितेका ५० वर्षमा कडा एल निनो तथा दुई वर्ष अघि परेको खडेरीका कारण उनीहरुमा कुपोषणको विकराल समस्या भएको युनिसेफको अध्ययनले बताएको छ ।    पूर्वी तथा दक्षिण अफ्रिकामा विशेषत बालबालिकालाई आवश्यक खाना तथा पानीको अभाव हुँदा उनीहरु उनीहरूको श्वास्थ्यमा समस्या भएको अध्ययनले बताएको छ । बालबालिकामा आवश्यक न्यूनतम पोषणको कमी हुँदा उनीहरुको उचाईअनुसार वजन कम पाउने गरेको साथै स्मरण शक्तिमा समेत कमी भएको देखिएको अध्ययनले देखाएको छ ।  शरीरमा पाइने विभिन्न मिनरल तथा भिटामिनको मात्रामा कमी हुँदा बालबालिकाको बृद्धि तथा विभिन्न खालका स्वास्थ्य समस्यासमेत देखिने गरेको अध्ययनले बताएको छ ।   
२०७२ फागुन ५ बुधबार
https://hamrakura.com/news-details/4822/2021-12-25
misc
909,156
923,595
null
इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी 
इटहरी — सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।/nआगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ । उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको छ । आगलागीको कारण भने खुलेको छैन । /nसोमबार बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले बताए । उनले भने, ‘आगो तत्काल नियन्त्रणमा आउन सक्ने देखिँदैन, नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’ /nआगलागी नियन्त्रणमा लिन सुनसरी,मोरङ र झापाबाट १३ वटा दमकल आएका छन् । आगो नियन्त्रणमा लिन नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीयवासीले समेत नियन्त्रणमा सहयोग गरिरहेका छन् । /n
2021
https://ekantipur.com/pradesh-1/2021/04/05/16176016988711383.html
national
25,725
25,725
खेल
 मेस्सीको निर्णायक गोलले बार्सिलोनालाई ला लिगा उपाधि
एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगाको उपाधि उचालेको छ । बार्सिलोनाले अन्तिम ३ खेल बाँकी रहदै उपाधि आफ्नो पोल्टोमा पारेको हो । शनिबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराउँदै उपाधि रक्षा गरेको हो । लेभान्टेलाई हराएसंगै बार्सिलोनाले लिगमा ३५ खेलबाट ८३ बनाएको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा नौँ अंकले अघि छ । लेभान्टेविरुद्धको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लिओनल मेस्सीले निर्णायक गोल गरे । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ६२ औँ मिनेटमा टिमका लागि उपाधि गोल गरेका थिए । यससँगै बार्सिलोनाले लगातार दुई सिजन ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाको नाममा अव ला लिगाका २६ उपाधि रहेका छन् भने रियल मड्रिडले सर्वाधिक ३३ पटक उपाधि उचालेको छ । बार्सिलोनाले पछिल्ला १५ वर्षमा १० पटक ला लिगा उपाधि जितेको छ । उसले सन् २०१० यता ७ पटक लिग जितेको छ भने ३ पटक मात्रै अन्य टिमले उपाधि जितेका छन् । बार्सिलोना अव युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा इङ्लिस क्लब लिभरपुलसँग भिड्दै छ ।
आइतबार, वैशाख १५, २०७६
https://baahrakhari.com/news-details/192371
sports
2,513,653
2,529,657
pradesh-three
७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
नुवाकोटमा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   शिवपुरी गाउँपालिका-१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।   
असार १, २०७८
https://ratopati.com/story/185451/2021/6/15/pakrau-
national
2,356,706
2,372,710
rajniti-nepal-live
राराबाट प्रधानमन्त्री ओलीको उद्घोष– सरकार भ्रष्टाचारविरुद्ध निर्मम तरिकाले प्रस्तुत हुन्छ
मुगु (रारा) – प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी उद्योगीहरुलाई आह्वान गरेका छन्। मगुको रारा तालबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानीलाई सुरक्षा प्रदान गर्न सरकार सजक रहेको बताए।  ‘पहिले जस्तो अव प्रशासनिक र काुननी झन्झट व्यहोर्न पर्दैन।’, उनले भने, ‘अतिरित्त सेवा र कमिसनको विगतको बाध्यताको सामना गर्नुपर्ने छैन्।’ सम्बोधनमा लगानीको सुरक्षा र व्यवस्थापनलाई छरितो बनाउने बताएका प्रधानमन्त्री ओलीले मुलुकमा अव विधिको शासन लागु गर्ने उल्लेख गरे। ‘हामी एक्लै काफी छौँ भन्दैनौ। सबै छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग सहयोग लिएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्छौँ।’, उनले भने। उनले सरकार भ्रष्टचारविरुद्ध निर्मम तरिकाले प्रस्तुत हुने बताउँदै नेपाललाई सन् २०२२ सम्म विकासशिल राष्ट्रमा स्तरउन्नती गर्ने उद्धेश्य रहेको स्पष्ट पारे।  मनोवैज्ञानक रुपमा कमजोर बनेको राष्ट्र अगाडी बढ्न नसक्ने बताउँदै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गरेर अघि बढ्ने बताए।
शनिबार, वैशाख १, २०७५, ०३:४१
https://nepallive.com/story/21726
news
2,110,230
2,126,234
प्रमुख-समाचार
आईपीएल : कोलकाताविरुद्ध दिल्ली विजयी
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि दिल्ली क्यापिटल्सले सात विकेटको जित हासिल गरेको छ । यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ । अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् । टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताले दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले तीन विकेटको क्षतिमा २१ बल बाँकी छँदै जित हासिल गरेको हो । पृथ्वी शाले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए ।
2021
https://www.khabarhub.com/2021/30/265049/
news
2,269,564
2,285,568
समाचार
झापाका बिरामीमा भेटिएन कोभिड-१९ सङ्क्रमण
झापा, ३ चैत । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरे । ‘उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन’, उनले भने ।
३ चैत्र २०७६, सोमबार
https://www.nayapage.com/archives/207960
news
2,378,340
2,394,344
political
संसदमा माओवादी केन्द्रको आशंका- कतै ब्युँतिएको प्रतिनिधिससभा फेरि विघटन गर्न खोजिएको त छैन ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काम नदिएर सरकारले फेरि संसद विघटन गर्न खोजेको भन्दै सरकारप्रति प्रश्न उठाएको छ। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद देवेन्द्र पौडेलले संसद विघटन गर्ने आफ्नो कदम सही सावित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो गर्न सक्ने संकेत गरे। उनले भने, ‘कतै फेरि ब्युँतिएको प्रतिनिधिससभालाई विघटन गर्नका लागि सरकारले बिजेनस नदिएर, काम कदारबाही नदिएर सरकारले हिजो गरेका निर्णयहरुलाई वर्तमानमा पुष्टि गर्नको निम्ति संसदको आवश्यकता छैन भनेर निस्क्रिय पार्ने काम कतैबाट पनि नहोस्।’ राजनीतिक समस्या भए दलहरूसँग परामर्श गरेर संसद अगाडि बढाउनुपर्ने माग उनले गरे। ‘म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहान्छ यो संसदलाई सक्रिय बनाउनुहोस्,’ उनले भने, ‘राजनीतिक दलहरूसँगको समस्या हो भने राजनीतिक दलसँग छलफल अगाडि बढाइयोस् ।’ सदनलाई निस्क्रिय बनाउने आसय सरकारले राखे त्यो लोकतन्त्र, संविधान र राजनीतिक मुल्य मान्यता विपरित हुने पौडेलको भनाइ छ। ‘यो सदनको काम छैन, यो सदनलाई निस्क्रिय बनाउँदै लैजानुपर्छ भन्ने आसय नेपाल सरकारको छ भने त्यो लोकतन्त्र विपरित, अहिलेको संविधान विपरित, राजनीतिक संस्कृतिको मुल्यमान्यता विपरित हुने छ,’ उनले भने। दल विभाजन भएपछि प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठ्ने भन्दै उनले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने तर्क गरे।    
२०७७ चैत २६ गते १४:४३
https://www.nepalpress.com/2021/04/08/41556/
politics
158,944
159,101
बुद्धचित्त जातको पिपल रोपेर बालुवाटार छोडे ओलीले
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोडेका छन् । सरकारी निवास बालुवाटार परिसरमा बाहिरिनु अघि ओलीले परिसरमा बुद्धचित्त जातको पिपल रोपेका थिए । २०७२ असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएका ओली ५ दिनपछि मात्रै भक्तपुरको बालकोटस्थित निजी निवासबाट बालुवाटार सरेका थिए ।   व्यवस्थापिका–संसद् बैठकले नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि ओलीले बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन् ।    प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद समेत दिएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चयनको प्रक्रिया सकेपछि प्रधानमन्त्री ओली बाटलकोट जाने अधिकारीले बताए ।    प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्दा स्वतन्त्र युवा अभियानको नेतृत्वमा समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट लैजाने तयारी गरेका छन् ।     नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म ओलीलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताए । बालकोट चोक र प्रधानमन्त्री ओलीको नीजि निवास अगाडिको चोकमा धिमे बाजासहित उनलाई भव्य स्वागत एवं सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । 
२०७३ साउन १९ बुधबार
https://hamrakura.com/news-details/11582/2021-12-25
misc
752,579
766,932
छापामा
भारतीय समाचारप्रति गहन अध्ययन हुँदै
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहेका छन्  । उनीहरूले भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता जस्तो भएको टिप्पणी गरेको बताएका छन् । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्तारुढ दल तथा सरकारको प्रवक्ता जस्तो भारतीय सञ्चार माध्यम देखिएको टिप्पणी गरे । बनिबनाउ एकोहोरो रूपमा तथ्यहीन समाचार सम्प्रेषण गरेर भ्रम छर्ने काम गरिरहेको बताउँदै उनले त्यहाँका वरिष्ठ पत्रकार भनाउँदाले पनि दुई देशबीचको सम्बन्धबारे तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको बताए । ‍पत्रकार अधिकारीले कालापानीमा विवाद छ भने सन् १९९७ मा भारतकै तत्कालीन सरकारले स्वीकार गरेको कुरा पनि भारतीय मिडियाले बिर्सिएको बताए । त्यति मात्रै होइन, सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला दुई देशले जारी गरेका संयुक्त प्रेस विज्ञप्तिमा पनि दुई देशका परराष्ट्र सचिवको तहमा वार्ता गरी कालापानी, सुस्ता लगायतको समस्या समाधान गर्न सकिन्छ भन्ने उल्लेख थियो भन्दै उनले ती कुरा मिडियाले बिर्सन नहुने बताए । यस्तो व्यवहारले भारतको समग्र प्रेसको विश्वसनीयतामाथि असर पर्ने उनको भनाइ छ । अर्का वरिष्ठ पत्रकार सीताराम अग्रहरीले नेपाल र भारतबीच रहेको सदियौँको सम्बन्धमा आँच पुर्‍याउने काम भारतीय सञ्चार माध्यमले गरेको टिप्पणी गरे । उनले भारतको मूलधारको सञ्चार माध्यममा जुन खालका समाचार आइरहेका छन् त्यो पत्रकारिता होइन, प्रचाकारिता रहेको टिप्पणी गरे । भारतको भूमि नेपालले मिचेको कुरा भारतीय सञ्चार माध्यमले भनिरहेका छन् त्यो एकदम गलत हो । सानो माछाले कहीँ ठूलो माछालाई खाएको सुनिएको छैन तर त्यहाँका सञ्चार माध्यमले जबर्जस्ती ती कुरा भनिरहेको उनको टिप्पणी छ । सही पत्रकारिता तब हुन्थ्यो जब त्यहाँका सञ्चार माध्यमले सुगौली सन्धिदेखि लिएर विभिन्न समयमा दुई देशबीच भएका सम्झौता तथ्य प्रमाणका रूपमा उल्लेख गथ्र्यो तर त्यस्तो नगरेर एकतर्फी रूपमा विभिन्न आरोप लगाउँदै गलत गरिरहेको उनले बताए ।  गोरखापत्र दैनिकमा खबर छ ।
जेठ ९, २०७७
https://lokaantar.com/story/108624/2021/12/22/sports/cricket-
misc
2,547,019
2,563,023
newspaper
राजपाले छठसम्म पर्खने
काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्ना माग पूरा गर्न सरकारलाई आगामी छठसम्म समय दिने निष्कर्षमा पुगेको छ ।  राजपा अध्यक्षमण्डलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी माग पूरा गर्न दबाब दिएका थिए ।  भेटमा माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको सहभागी नेताहरुले बताएका छन् । आजको नागरिकको पृष्ठ २ मा यो समाचार छापिएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, 'प्रधानमन्त्रीज्यूले माग पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ । त्यसैले हामीले दसैं, तिहार, छठसम्म पर्खने निर्णय गरेका छौं ।'
असोज २५, २०७५
https://ratopati.com/story/64026/2018/10/11/news
news
538,702
551,530
politics
प्रकाश दाहालको मृत्युले मर्माहत भएको छुः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युले मर्माहत भएको बताएका छन्।आइतबार बिहान ट्विटमार्फत श्रद्धाञ्जली दिँदै देउवाले भने,‘ पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।’https://twitter.com/PM_Nepal/status/932105197962149888\xa0\n प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युले मर्माहत भएको बताएका छन्।आइतबार बिहान ट्विटमार्फत श्रद्धाञ्जली दिँदै देउवाले भने,‘ पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।’https://twitter.com/PM_Nepal/status/932105197962149888 
शनिबार, मंसिर २, २०७४, २३:४१:४५
https://www.setopati.com/politics/107052
politics
1,630,230
1,644,669
photo-news
बलात्कार आरोपित एक वर्षपछि पक्राउ
सप्तरी : एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ। उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो। खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताए। सप्तरी : एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ।
4th March 2021, 02:07 pm | २० फागुन २०७७
https://pahilopost.com/content/20210304140814.html
news
647,756
660,940
देश परदेश समाचार
कतारमा रोजगारदाता परिवर्तन गर्न यी प्रक्रिया अपनाउनुहोस्
काठमाण्डौ – पछिल्लो समय कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ । १. रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनुपर्ने । दुई वर्षभन्दा बढी अवधि काम गरेका भए २ महिनाको सूचना दिने । २ वर्षभन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने । रोजगारदातासँग भएको करारको म्याद सकिने मितिभन्दा ३० दिनअघि सूचना दिनुपर्छ । करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्षपछि मात्र सूचना दिन सकिने । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने । सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, त्यो नभए रोजगारी दिने पत्र अर्थात नयाँ रोजगारदाताले दिएको कामको अफर पत्र र जान चाहेको रोजगारदाताले अरबीमा लेखेको जागिर दिन्छु भन्ने पत्र र रोजगारदाता परिवर्तन गर्न भरेको फारामसमेत संलग्न गर्नु पर्दछ । रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली Electronic Notification system of ADLSA लिंकमा गएर दिने । सूचना दिईसकेपछि कामदार र जान चाहेको रोजगारदाता कम्पनीलाई एसएमएसबाट जानकारी आउँछ । २. नयाँ रोजगारदातासँग रोजगार करार गर्ने । नयाँ रोजगारदाता कम्पनीले कामदारसँग छलफल गरी करार पत्र बनाउनेछन् । करार पत्र कतारको श्रम मन्त्रालयवाट प्रमाणिकरण गर्नको लागि Digital Authentication लिंकमा गएर गर्ने । ३. कतारको नयाँ आईडी बनाउने । करार पत्र प्रमाणिकरण भएपछि नयाँ रोजगारदाता कम्पनीले कतार आईडीको लागि मिनिष्ट्रि अफ इन्टेरियरमा अनुरोध गर्ने । नयाँ रोजगारदाता कम्पनीले कतार आईडी र हेल्थ कार्ड बनाइदिनुपर्छ ।
असोज १५, २०७७ बिहिबार ११:५०:२०
https://ujyaaloonline.com/story/43851/2021/12/19/kashiraj-dahal-view
global
1,413,904
1,428,343
पत्रपत्रिकाबाट
दोलखाका उत्तरी १७ गाविस यातायात सम्पर्कविहीन
३ जेठ, काठमाडौ । भूकम्पपछि लगातार पहिरो झरिरहँदा दोलखाका उत्तरी १७ गाविस यातायात सम्पर्कविहीन भएका छन् । पैदलमार्गसमेत पहिरोले पुरिएका कारण हिड्नसमेत मुश्किल छ । गत १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण पहिरोपछि उत्तरी क्षेत्रका १७ गाविसलाई जोड्ने सडक र पैदलमार्ग अवरुद्ध रहेको नागरिक दैनिकमा खबर छ । स्थानीय प्रशासनले नेपाली सेनाको हेलिकोप्टरबाट ती स्थानमा राहत वितरण र उद्धार गरिरहेको छ । ती गाविसका सचिव र सरकारी कर्मचारीसमेत हेलिकोप्टरमार्फत नै पुर्याउने गरिएको छ । दोलखा सदरमुकाम, चरिकोटबाट ३९ किलोमिटर दूरीमा रहेको सिँगटी गाविस उत्तरी भेगका २२ गाविसको केन्द्र हो । सिँगटीबाट लामाबगर जोड्ने तामोकोसी सडकका तीन ठाउँमा भीर नै खसेको छ । तिब्बती सीमामा पर्ने लामाबगर गाविससम्म माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको उक्त सडक भीर छिचोलेर निर्माण गरिएको छ ।
२०७२ जेठ ३ गते ७:२८ मा प्रकाशित
https://www.onlinekhabar.com/2015/05/278009
misc
1,481,259
1,495,698
null
चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक
१ असोज, काठमाडौं । घटनस्थापनको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफै फिचर्ड छन्। मधेसलाई अलग्याउने मुद्दा बोकेका सिके रावतको घरमै पनि यो गीतका केही दृश्यहरू छायांकन गरिएको छ। मनोज पण्डितको शब्द रहेको गीतमा हरि लम्सालले स्वर र संगीत भरेका छन्। पण्डित चलचित्र एकका निर्देशक पनि हुन्। चलचित्र ‘एक’ मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा हो। ‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुप्तचर संस्थाहरूजस्तै नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सि.ए.आई)को परिकल्पना पनि यो फिल्ममा गरिएका छन्। फिल्ममा सिएआई एउटा गुप्तचर संस्था हुन्छ। राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन्। खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ। कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्। यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्। प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्। कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ। यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।  
५ मिनेट अगाडि
https://www.onlinekhabar.com/2021/09/1014772
null
1,214,871
1,229,310
social-affairs
कक्षा ११ को नतिजा सुधार हुन सकेन
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकासित गरेको कक्षा ११ को परीक्षाफलमा ए प्लस ग्रेड अर्थात ९० प्रतिशत अंक कटाउने विद्यार्थीको संख्या एक प्रतिशत पनि पुगेन। बोर्डले प्रकाशित गरेको परीक्षाको नतिजामा नियमिततर्फ कुल ३ लाख ४९ हजार ६ सय परीक्षार्थी सहभागी थिए। जसमध्ये जिपिए ३.६१ – जिपिए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या २ हजार ३ सय १९ मात्र रह्यो। अर्थात, ए प्लस ग्रेड ल्याउनेको प्रतिशत ०.६६ मात्र रह्यो। बोर्डका सदस्यसचिव दुर्गा अर्यालले सरकारले परीक्षा ग्रेडिङ प्रणालीबाट सञ्चालन गरिए पनि प्रश्नपत्र पुरानै ढाँचामा सोधिने कारणले गर्दा नतिजा सुधार हुन नसकेको बताए। उनले बोर्डले नतिजा सुधार गर्न प्रश्नपत्रको शैली परिवर्तनको गृहकार्य सुरु गरिसकेको बताए। उनले ग्रेडिङ कार्यान्वयनमा ल्याएर पनि नतिजा सुधार हुन नसक्नुमा प्रश्नपत्र निर्माण ग्रेडिङअनुसार नभएको बताए। नतिजा सुधारका लागि परीक्षा बोर्डले प्रश्नपत्र निर्माणको ढाँचा फेर्नेदेखि परीक्षा सञ्चालन, नतिजा प्रकाशन र व्यवस्थापनसम्मको कामलाई नयाँ ढंगबाट गर्ने रणनीति बनाएको छ ‘यस पटकको नतिजामा पनि पासमार्क ल्याउनेहरुको जमात नै ठूलो छ। जिपिए १.६१ देखि २ जिपिए ल्याउनेको संख्या यसपाली पनि बढी नै रह्यो,’ सदस्य सचिव अर्यालले नागरिकसँग भने, ‘४० प्रतिशत ल्याएर पास मात्र हुनेहरुको संख्या ९० हजार तथा प्रतिशतमा २५.६४ रहेको छ। त्यही भएर बोर्डले यस वर्ष शिक्षकहरुलाई तालिम दिएर ग्रेडिङ अनुसारको प्रश्नपत्र निर्माण गर्ने तयारी गरिरहेको छ। यस वर्ष नयाँ ढंगबाट निर्माण भएको प्रश्नपत्रलाई हिमाल, पहाड र तराइका २८ जिल्लाका विद्यालयमा परीक्षण गरिने तयारी भइरहेको छ।’ उनका अनुसार ०७७ मा परीक्षणको नतिजा अनुसार सुधार गर्दै ०७८ सालदेखि माध्यामिक शिक्षाको परीक्षाहरु ग्रेडिङ अनुसारको नयाँ प्रश्नपत्रबाट सञ्चालन हुन्छ। बोर्डले प्रकाशित गरेको नतिजामा जिपिए १.६१–२ सम्म (सि ग्रेड) ल्याउने विद्यार्थी संख्या ८९ हजार ६ सय ६० रहेको छ। नतिजाको आधारमा यो संख्या सबैभन्दा उच्च हो। जिपिए ३.२१–३.६० (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या १३ हजार ७ सय ७२ अर्थात ३.९४ प्रतिशत छ भने जिपिए २.८१–३.३.२० (बि प्लस ) ल्याउनेको संख्या ३२ हजार २ सय ५३ अर्थात ९.२२ प्रतिशत छ। जिपिए २.४१ देखि २.८० (बि ग्रेड) ल्याउने विद्यार्थीहरु १५.६४ प्रतिशत रहेको छ भने जिपिए २.०१– जिपिए २.५० अर्थात सि प्लसमा २४ प्रतिशत विद्यार्थी छन्। बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले ग्रेडिङ अनुसारको नतिजा ल्याउन समग्र परीक्षा व्यवस्थापनमै सुधार गर्दै जानुपर्ने बताए। उनले अबको परीक्षा स्तरीय र नतिजा पनि गुणस्तर बनाउन बोर्डको जोड रहेको दाबी गरे। ‘यस पटकको नतिजामा कमजोर ग्रेडमा केही विद्यार्थी घटेका छन्,’ अध्यक्ष पौडेलले भने, ‘माथिल्लो ग्रेडमा विद्यार्थी थोरै भए पनि बढेका छन्।’ उनले थपे, ‘समग्र नतिजा हेर्दा ५० प्रतिशत माथिका अंकमा परेका विद्यार्थीहरु कुल ५३ प्रतिशतको हाराहारीमा देखिन्छन्। माथिल्लो ग्रेडमा अझै विद्यार्थी पुग्न चुनौती नै छ।’ त्यही भएर समग्र नतिजामा सुधार ल्याउन परीक्षा बोर्डले नयाँ तरिकाबाट प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालन, नतिजा प्रकाशन र व्यवस्थापनसम्मको काम स्तरीय गर्न जुटेको उनको भनाइ छ।
८ आश्विन २०७६
https://nagariknews.nagariknetwork.com/social-affairs/191723-1569384060.html?click_from=category
society
986,984
1,001,423
null
मित्रता होस् त यस्तो
लस एन्जल्स — अभिनेत्रीहरू जेनिफर एनिस्टन र कर्टनी कक्सबीचको मित्रता हलिउडमा उदाहरणै मानिन्छ । चर्चित अमेरिकी कमेडी टेलिसिरियल 'फ्रेन्ड्स' मा काम गर्दाताका झाँगिएको मित्रता समयसँगै झन् गहिरिँदै गएको जेनिफरले बताएकी छन् ।
2011
https://ekantipur.com/entertainment/2011/06/05/330429.html
entertainment
2,578,280
2,594,284
samachar
गिरफ्तार गरिसकेपछि मुठभेड भन्दै मार्ने डरलाग्दो अभ्यास
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ । सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाई छ । राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटोमा हिँडिरहेका मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अवश्य’ गोली चलाउँदैन । विप्लव समूहकाले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो । सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने, तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण बिहीबारको घटनाले देखाएको छ । प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ । बाटोमा प्रहरीसँग जम्काभेट भएपछि विप्लव समूहका चार कार्यकर्तासँग मुठभेड भएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्लाबाट खटिएको टोलीसँग मुठभेड भएको पनि उनले बताए । प्रहरीको दाबीले प्रश्न उठ्छ– के विप्लव समूह साँच्चै द्वन्द्वमा गएको हो ? उनीहरू हतियार बोकेर खोलानाला र गाउँ–पखेरा हिँड्न थालेका हुन् ? स्थिति साँच्चै त्यस्तै हो भने एक–एकजनालाई गोली हानेर यो समस्याको समाधान हुन सक्छ ? मुठभेडले नै समस्या समाधान गर्ने हो भने राज्यसँग के–कस्तो रणनीति छ ? तर, प्रहरीका यस्ता कारबाहीले समस्या समाधान गर्नेभन्दा द्वन्द्व उक्साउने जोखिम छ ।
शुक्रबार, असार ६, २०७६, १५:४८:००
https://shilapatra.com/detail/7398
news
402,804
415,424
others
हुम्लाको सिटिजन बैैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी
हुम्ला, पुस २७ । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो । पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उहाँलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए। सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। जिल्लामा सङ्क्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको फडेराले बताए । जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले जानकारी दिए । रासस
प्रकाशित मिति : २७ पुष २०७७, सोमबार
https://www.reportersnepal.com/2021/01/505823
misc
2,038,721
2,054,725
society
घरेलु मदिरा सेवनबाट बागलुङमा रोल्पाका चार जनाको मृत्यु, दुईको अवस्था गम्भीर
डम्मर बुढा मगर बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले जानकारी दिनुभयो । उनीहरु गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीले बताउनुभयो । गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइरहेको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताउनुभयो । दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उहाँले जानकारी दिनुभयो । उनीहरुको अवस्था गम्भीर रहेको छ ।होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ श्रावण २०७८, मंगलवार ०८:४४
https://www.imagekhabar.com/news/241025/
society
1,931,173
1,945,619
mustread
जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पनि दाबी
तारा चापागाईकास्की, जेठ २९ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बाताउनुभयो । गुरुङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गर्नुभएको हो । नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो साथै दुई दिन अघि विश्वासको मत प्राप्त गर्न नसक्नुभएका गुरुङले पुन: दाबी गर्नुभएको छ । मुख्यमन्त्री पदको दाबीका लागि आज ३ बजेसम्मका लागि समय दिइएको थियाे  ।
  जेष्ठ २९ २०७८
https://gorkhapatraonline.com/mustread/2021-06-12-39554
misc
1,732,749
1,747,189
abhiyannews
तालीममै सकिन्छ लक्षित वर्गको बजेट
भदौ २९, सुर्खेत । सुर्खेतमा लक्षित वर्गले सञ्चालन गरेका विभिन्न योजनामध्ये धेरैजसो रकम क्षमता विकास तालीममै खर्च हुने गरेको छ । जिल्ला विकास समितिले गत आव २०७२÷७३ मा लक्षित वर्गका कुल १ सय ८५ योजनामा १ करोड २० लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । तर, यसमा धेरैजसो रकम क्षमता तथा शीप विकास तालीममै सकिएको बताइन्छ । लक्षित बालबालिका, महिला, अपाङ्ग, पिछडिएको वर्ग, आदिवासी जनजाति, दलित, ज्येष्ठ नागरिक र मुश्लिम वर्गबाट जिविसमा विभिन्न योजनामा रकम माग गरिएको थियो । सबैभन्दा धेरै योजना दलित लक्षित वर्गबाट परे पनि रकम बढी पाउनेमा महिलातर्फका योजनाले ३२ लाख ६६ हजार पाएका छन् । दलित लक्षित वर्गका ४६ योजनामा २० लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । त्यसपछि आदिवासी जनजातिबाट परेका ४३ ओटा योजनाका लागि १८ लाख २५ हजार रुपैयाँ खर्च भएको जिविस सुर्खेतले बताएको छ । यसपछि महिला लक्षित ३९ योजनाका लागि ३२ लाख ६६ हजार, बालबालिका लक्षित २७ योजनाका लागि ३१ लाख ३० हजार, अपाङ्ग लक्षित १८ योजनाका लागि ६ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । ज्येष्ठ नागरिकका सात योजनाका लागि ९ लाख ५० हजार, मुश्लिम लक्षित चार योजनाका लागि २ लाख ५० हजार र सबैभन्दा कम पिछडिएको वर्गको एउटा योजनाका लागि ५० हजार रुपैयाँ बजेट खर्च भएको जिविस सुर्खेतले जानकारी दिएको छ । लक्षित वर्गले धेरैजसो क्षमता अभिवृद्धि, आयआर्जन, शीप विकास, पूर्वाधारलगायत योजना हालेका थिए । त्यसमा पनि अधिकांश बजेट क्षमता अभिवृद्धि तालीममै खर्च हुने गरेको पाइएको छ । जिविस सुर्खेतका योजना अनुगमन तथा प्रशासकीय अधिकृत रामबहादुर बुढाले लक्षित वर्गले आफ्ना हकअधिकार, भाषा संरक्षण, आयआर्जन, क्षमता विकासजस्ता विभिन्न नाममा योजना सञ्चालन गर्ने र त्यसैमा रकम खर्चने गरिएको बताए । उनका अनुसार सबैभन्दा कम योजना पूर्वाधारमा र सबैभन्दा धेरै योजना क्षमता विकास तालीममा पर्ने गरेका छन् । पिछडिएको वर्गका लागि एउटा मात्रै योजना परेको छ । मुश्लिम समुदाय, ज्येष्ठ नागरिकका तर्फमा पनि कम योजना परेको छ । यद्यपि महिला, बालबालिका, दलित, जनजाति आदिवासीतर्फ भने योजना पनि धेरै र बजेट पनि धेरै परेको छ । बजेटमा १० प्रतिशत बालबालिकाका लागि, १० प्रतिशत विपन्न महिलाका लागि र १५ प्रतिशत बजेट दलित तथा आदिवासी जनजातिमा विभाजन हुने गरेको छ । यता, जिल्लामा सो आर्थिक वर्षमा साना ठूला गरी ६ सय ३२ ओटा आयोजना सञ्चालनमा छन् । १ लाखभन्दा कमका २ सय ९७ ओटा, १ लाखदेखि ५ लाखसम्मका ८४ ओटा, ५ लाखदेखि १० लाखसम्म का ६४ ओटा र १० लाख भन्दामाथिका २९ ओटा आयोजना जिल्लामा सञ्चालित छन् । यस्तै, नगरपालिका, गाविस तथा विषयगत कार्यालयलाई अख्तियारी वा निकासा दिएका आयोजना १ सय ५७ ओटा छन् ।
Sep 15, 2016
https://www.abhiyandaily.com/newscategory-detail/84420
news
601,251
614,284
politics
प्रकाण्डलाई नछोड्ने रणनीतिमा देशभर घुमाएको घुमायै
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एंव पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको डेढ महिना हुन लाग्यो। साउन २३ गते काठमाडौंमा पक्राउ परेका उनलाई सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएको छ।  सर्वोच्चको आदेशपछि प्रहरी एकछिन उनलाई छोड्छ तर फेरि समातिहाल्छ। डेढ महिनामा प्रहरीले उनलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङ पुर्‍याएको छ। पछिल्लो समय उनलाई उदयपुर लगिएको छ। किन प्रकाण्डलाई देश घुमाएको घुमायै छ प्रहरी? यसका पछाडि दुई कारण छन्। पहिलो, गत वर्षको चुनाव आसपासमा भएका घटनामा उनको संग्लनता भन्दै परेका उजुरी। दोस्रो, सैन्य संरचना बनाउन लागेको चन्द समूहलाई निस्तेज गर्ने राज्यको नीति। चन्द समूहले स्थानीय तह र संसदीय चुनाव भाँड्न भन्दै देशभरि हिंसात्मक गतिविधि गर्‍यो। कतिपय घटनामा प्रकाण्ड संलग्न रहेको भनेर उजुरी परे। सुरूमा उनलाई पक्रिँदा प्रहरीले ती घटनाको उजुरीभन्दा पनि सैन्य दस्ता बनाउन चन्द समूहले उठाइरहेको चन्दा मुख्य कारण थियो। सरकारले विप्लव समूहको अर्घाखाँची बैठकका केही दस्तावेज फेला पारेको छ। चुनावपछि चन्द समूहले देशका विभिन्न स्थानमा बेरोजगार युवा बटुलेर तालिम दिनेदेखि भारतीय माओवादीसँग मिलेर हातहतियार तथा बिष्फोटक पदार्थ जम्मा पारेको रिपोर्ट सुरक्षा निकायमा पुगेको छ। ती दस्तावेज केलाउँदा विप्लव समूह हिसांत्मक गतिविधिमा अग्रसर रहेको निष्कर्ष निकालेर उक्त समूहका नेतालाई पक्रने नीति लिएको सुरक्षा स्रोतले सेतोपाटीलाई बतायो। स्रोतका अनुसार केन्द्रीय समिति बैठकपछि सैन्य दस्ता निर्माण गर्न कपिलवस्तु र रुपन्देहीका ग्रामीण क्षेत्रमा सो समूहका पोलिटब्युरो सदस्य भेला भएर बैठक गरेका थिए। ती बैठकले सैन्य दस्ता निमार्ण तथा हतियार खरिदका निम्ति आवश्यक पर्ने रकम जम्मा गर्ने योजना पारित गरेका थिए।   स्रोतका अनुसार प्रहरीले बरामद गरेको डकुमेन्टमा २०७३ यता साउनसम्मको आम्दानी र खर्चको विवरण उल्लेख छ। सात करोड ७५ लाख रुपैयाँ चन्दा बापत उठाएको र एक करोड २० लाख लडाकुको व्यवस्थापनमा खर्च भएको देखिएको प्रहरीले जनाएको छ। पछिल्लो समय सैन्य दस्ता बलियो बनाउन सो समूहले चन्दा असुलीमा तीव्र बनाएको थियो। त्यही क्रममा साउन २३ गते काठमाडौंको चाल्नाखेलबाट प्रकाण्ड पक्राउ परे। सैन्य दस्ता निर्माण गर्नेदेखि चन्दा असुली र पार्टीको भावी कार्ययोजना बनाउनेमा प्रकाण्डको मुख्य भूमिका रहेको उनीबाट बरामद कागजपत्रबाट पुष्टि भएको प्रहरी दाबी छ। व्यापारीसँहरूग ७ करोड रुपैयाँ चन्दा असुलेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धान गर्न ५ दिनको म्याद दियो। प्रहरी अनुसन्धानकै क्रममा साउन २७ गते प्रकाण्डलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिए। सर्वोच्चले प्रकाण्डलाई रिहा गर्न आदेश दियो। प्रहरीले भदौ १ गते उनलाई थुनामुक्त त गर्‍यो तर एकछिनमा फेरि पक्रिहाल्यो। त्यसपछि प्रहरीले उनीविरूद्ध देशभरि परेका उजुरीमा अनुसन्धान थाल्यो। प्रकाण्डविरूद्ध भोजपुरमा ३, उदयपुर, दाङ, काभ्रे, नुवाकोट र काठमाडौं एक/एक र कालिकोटमा १३ उजुरी परेका छन्।   काभ्रेको नमोबुद्ध नगरपालिकास्थित ब्लुसाइट स्टोर क्रसरमा विष्फोट गराई क्षति पुर्‍याएको आरोप उनीमाथि  थियो। सोही मुद्दामा मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो भने प्रकाण्डलाई फरार सूचीमा राखेको थियो। आक्रमणमा चार टिपर, दुई एक्स्काभेटर र एउटा जेसिबी नष्ट भएको थियो। सर्वोच्चको आदेशपछि उनलाई पक्रेर काभ्रे प्रहरीको जिम्मा लगाइयो। फेरि बन्दीप्रत्यक्षीकरण रिट पर्‍यो। सर्वोच्चले पहिलेजस्तै रिहा गर्न आदेश दियो। भदौ ८ गते प्रहरीले उनलाई नुवाकोट प्रहरीको जिम्मा लगायो। नुवाकोट बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको मुद्दामा उनलाई फरार अभियुक्त बनाइएको थियो। प्रकाण्ड पुत्रले भदौ १० गते सर्वोच्च अदालतमा फेरि रिट दर्ता गरे। सर्वोच्चले बिनासर्त उनलाई नुवाकोट जिल्ला अदालतको रोहबरमा छाड्न आदेश दियो। अदालत परिसरमा प्रकाण्डलाई छाडियो। लगत्तै ‘जरूरी प्रकाउ पुर्जी’ थमाइयो।   काठमाडौंबाट विराटनगरसम्म जहाजमा र त्यहाँबाट गाडीमा राखेर उनलाई भदौ १९ गते भोजपुर पुर्‍याइयो। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा भोजपुरको प्रदेश ‘ख’ का उम्मेदवार शेरधन राई (हाल प्रदेश १ का मुख्यमन्त्री)लाई लक्षित गरी टेम्केमैयुङ गाउँपालिका-६ मा सकेट बम बिस्फोट भएको थियो। घटनामा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका एक असई घाइते भएका थिए भने राई चढेको जीपमा पनि क्षति पुगेको थियो। सोही घटनामा संलग्न भएको भन्दै प्रकाण्डविरूद्ध उजुरी परेको थियो। जिल्ला अदालत भोजपुरले सो मुद्दामा उनलाई ६० हजार धरौटीमा छाड्न आदेश दियो। धरौटीमा रिहा भएलगत्तै प्रहरीले उनलाई फेरि पक्रेर दाङ पठायो। मंसिर १२ गते नेपाली कांग्रेसले तुलसीपुरमा गरेको चुनावीसभामा भएको बिस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरीको हत्या अभियोगमा उनलाई  भोजपुरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। घटना भएलगत्तै एकजनाले प्रकाण्डको निर्देशनमा घटना गराएको भन्दै बयान दिएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई प्रतिवादी बनाएको थियो। भदौ २४ गते जिल्ला अदालत दाङले प्रकाण्डलाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दियो। अनुसन्धान चलिरहकै बेला फेरि सर्वोच्वमा रिट पर्‍यो।  भदौ २८ गते  नेपालगञ्जबाट जहाजमा राखेर उनलाई सर्वोच्च ल्याइयो। २९ गते बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रकाण्डलाई छाड्न आदेश दियो। सो आदेशपछि रिहा भएका प्रकाण्डलाई प्रहरीले पुन: पक्राउ गरी ३० गते उदयपुर पठायो। उदयपुरमा चुनावका बेला बम बिस्फोट गराएको घटनामा उनलाई प्रतिवादी बनाइएको छ। उदयपुरबाट रिहा भएपछि पनि उनलाई कालिकोट पुर्‍याउने प्रहरी तयारी छ। त्यहाँ उनीविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरीका १३ मुद्दा छन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले विभिन्न समयमा भएका बिष्फोटका घटनामा संलग्न देखिएपछि प्रकाण्डलाई पक्राउ गरिएको बताए। ‘उहाँलाई दु:ख दिनमात्र विभिन्न जिल्ला लिएका होइनौं,’ एसएसपी क्षेत्रीले भने, ‘उहाँका नाममा अघिनै मुद्दा दर्ता भएका छन्, सोही मुद्दाको अनुसन्धान गर्न लगिएको हो।’ प्रहरीकै खर्चमा प्रकाण्डलाई जिल्ला लिएको उनले बताए। ‘उहाँमाथि अभियोग छ, अनुसन्धान हुन्छ, तर हामीले उहाँलाई तुच्छ व्यवहार गरेका छैनौं, सम्मानका साथ राखेका छौं,’ प्रवक्ता क्षेत्रीले भने।
सोमबार, असोज १, २०७५, १८:३९:००
https://www.setopati.com/politics/167050
politics
1,454,116
1,468,555
अटो
महिन्द्राको नयाँ ‘स्कोर्पियो’ नेपाली बजारमा
३ जेठ, काठमाडौं । महिन्द्रा ग्रुपले स्कोर्पियो गाडिलाई अझ धेरै नयाँ सुविधाएवं विशेषताले सुसज्जित गरी प्रस्तुत गरेको छ । यससँगै उच्च टर्ग पावर, नयाँ ५स्पीड ट्रान्समिसन, उच्चकार्य क्षमता, आकर्षक स्टाइलिङ्ग तथा आरामदायी यात्राको लागिउच्च सुविधायुक्त रहेको छ । महिन्द्राका यस्ता सुविधाहरुले नेपालका कुनै पनि सडकहरुमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरु भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडेलहरुमा उपलब्ध रहेको छ । उपलब्ध रहेका मोडेलहरु एस ४, एस५ (४डब्लुडी), एस ७, एस११ (४डब्लुडी) रहेका छन् । “नयाँ स्कोर्पियोले नेपालमा नयाँ मानकका रुपमा स्थापित भई गौरबका साथ नम्बर १ स्थानमा रहने छ । यसमा विद्यमान उच्च क्षमता, साहासिक एवं रोमान्चलाई समेट्दै नयाँ विशेषता एवं सुविधायुक्त स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाएका छौं । मलाई पूर्ण रुपमा विश्वास छ कि ग्राहकहरुले यो नयाँ स्कोर्पियोलाई आफ्नो रोमाञ्चक एवं साहसिक यात्रामा साथ दिनुहुने छ,” महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन (साउथएशिया) का भाइस पे्रसिडेन्ट सन्जय जादवले भने । अग्नि ग्रुपकाम्यानेजिङ्ग डाइरेक्टर क्याबिनेट श्रेष्ठले भने “नेपाली सडकमा महिन्द्राका यो स्पोर्ट युटिलिटी भइकल एउटा प्रतिकका रुपमा रहनेछ । विगत १५ वर्षदेखि निरन्तर यसले यो सेगमेन्टमा आफ्नो प्रभुत्व जमाइरहेको छ । हालै यसमा भएको नयाँपनले, लक्जरीयस कम्फोटको साथसम्पूर्ण रोड तथाअफ रोडहरुमा हामीले वेग्लै पहिचान स्थापित गर्ने छौं । नेपालको अर्थ तन्त्रपर्यटन उद्योगद्वारा सञ्चालित छ र पर्यटन उद्योगमा हाम्रो यो गाडीले वर्षैदेखि निरन्तर साथ दिँदै आएका छन् । यस गाडीले नयाँ अनुभवको साथ छुटै अविस्मरणीय पहिचान दिने विश्वास हामीले लिएका छौं ।” एमएचएडब्लुके इन्जिनको साथले १२० बीपीएच तथा २८० एनएम टर्ग पावर प्रदान गर्दछ भने इनहान्स्ड लो इन्ड टर्कले शहरी यात्रा र मिड रेन्ज्ज टर्क ले हाईवेमा सुखद यात्राको अनुभव प्रदान गर्दछ । छैटौ पुस्ताको ब्रग वार्नर टर्बोचार्जमेक्स द ड्राइभ पेपी एण्ड रेस्पोन्सिभ थ्रोले ५ स्पीड ट्रान्समिसन हाइवेमा कम कम इन्धन खपत गर्नर् मद्दत गर्ने छ । क्याविन लगायतभित्र डिजाइन, आदिले उच्चस्तरीय अनुभव प्रदान गर्दछन् । ९.१ बोस्क एबीएसको साथ यसमा प्रयोग भएको अत्याधुनिक ब्रेकिङ सिस्टमले उच्च गतिमा ब्रेक लगाउँदा पनि खासै त्यस्तो असजिलो अनुभव हुन दिँदैन । नयाँ स्कोर्पियोमा पार्किङ्गको लागि रिभर्स ब्रेकिङ्क क्यामरा, नयाँ १ टच लेन चेन्ज इन्डिकेटर तथा अटो विन्डो रेलअप जस्ता सुविधाहरु विद्यमान छन् । यसकाअतिरिक्तअन्यथुप्रै नयाँ नयाँ विशेषता एवं सुविधाहरु पनि यसमा रहेका छन् । स्टाटिक बेन्डिङ टेक्नोलोजी प्रोजेक्टर हेडल्याम्प, जीपीएससहित ६ इन्चको टच स्त्रिmन, अटो टेम्प्रेचर कन्ट्रोल लगायतका सुविधा पनि छन् । यसमा भएको डुअल फ्रन्ट एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, कोल्याप्सेबल स्टेयरिङ इन्टर्सन बिम, प्यानिक ब्रेक इन्डिकेशन, इन्जिन इकोब्लिजर लगायतका विशेषताहरुले अझ धेरै सुरक्षा प्रदान गर्छ । आफ्नो आवश्यकताअनुसार ७, ८ तथा ९ सिट क्षमतायुक्त गाडी खरिद गर्ने विकल्प पनि यसमा रहेको छ ।
२०७५ जेठ ३ गते १६:२९ मा प्रकाशित
https://www.onlinekhabar.com/2018/05/679786
economy
927,185
941,624
null
वरको रूखमुनि खटटटट
बाँके — ठूलो वरको रूख । त्यसैको छायामुनि हाते मेसिन खट्ट्ट्ट खट्ट्ट्ट... बजिरहन्छ । झुत्रे ढाका टोपी, च्यातिएको पाइन्ट र थोत्रो स्वीटर लगाएका उनी हुन्, कुलबहादुर परियार । हाते मेसिन चलाएर दुई दशकदेखि उनले लुगा सिलाउँदै आएका छन् ।/n/nकोहलपुर–११ को मूल सडकमै उनको खुला टेलरिङ चलेको छ । जहाँ उनी वरको रूखमुनि पलेटी कसेर हाते मेसिन घुमाउने गर्छन् । /nनयाँ लुगा सिलाउने बजारमा थुप्रै टेलर छन् । तिनले फाटेका पुराना लुगा सिउन मान्दैनन् । यस्ता ग्राहकका लागि कुलबहादुर उपयुक्त पात्र हुन् । ‘कस्तो अचम्म ? नयाँ लुगा सिउने रे, फाटेका/पुराना नसिउने,’ उनले भने, ‘म त्यस्तै अप्ठ्यारोमा परेकाको लुगा सिलाइदिन बसेको हुँ ।’ /n/nकुलबहादुरले खुला ट्रेलरिङ सञ्चालनबापत भाडा तिर्नु पर्दैन । त्यसैले ग्राहकसँग लिने पारिश्रमिक पनि अत्यन्त थोरै लिन्छन् । थोरै च्यातिएको लुगा सिलाएबापत मात्र १० रुपैयाँ ।/n/n५५ वर्षीय उनले त्यत्तिकै पुरानो हाते मेसिन चलाउँदै आएका छन् । नामजस्तै कुल अर्थात् शान्त स्वभावका उनी च्यातिएको लुगा सिलाउन आउने ग्राहकसँग ठट्टा नगरी बस्न सक्दैनन् । ‘हैन, के गर्नु भाथ्यो र लुगै फाट्ने गरी,’ उनी ग्राहकसँग जिस्किन्छन्, ‘फेरि, तपाईंहरूले लुगा नच्याते मैले के सिउनु ।’ /n/nउनको अवस्था देख्दा धेरैले सडकछाप भन्ठान्छन् । किनभने, उनको पारा नै त्यस्तै छ । छेउमा दाउरा, पकाउने भाँडा र बोरा राखेका छन् । जाडो होस् कि गर्मी, कुलबहादुरको व्यापार, घरवास त्यही बरको रूखमुनि हो । उनी जस्तो देखिन्छन् त्यस्तो भने पटक्कै होइनन् । /n/nसुर्खेतबाट १५ वर्षअघि कोहलपुर झरेका उनले यतै गृहस्थी बसाले । छोराछोरी जन्माए, हुर्काए । हाते मेसिनकै भरमा उनले कोहलपुर ढकेरीमा ५ कट्ठा जमिन जोडे । २७ वर्षअघि १ हजार २ सय रुपैयाँमा किनेको उक्त जमिन अहिले लाखौं मूल्य बराबरको छ । कुलबहादुर खेती गरेर पनि खान सक्छन् । तर, उनको मन सिलाइमा अडिएको छ । १२ वर्षको कलिलै उमेरदेखि बाबुबाजेले सिउन सिकाए । हाते मेसिनमै उनको बानी बस्यो । /n/nकोहलपुरमा ९० घरमा बालिघरे सिलाउँथे । प्रतिस्पर्धा र आधुनिक सीपको विकाससँगै कुलबहादुर ढल्न सकेनन् । फेन्सी टेलरिङ खोल्न सकेनन् । फेसन डिजाइनरको दुनियाँमा भिज्न सकेनन् । त्यसैले उनी अझै पनि पुरानै हाते मेसिन र खुला सडकमा पुख्र्यौली पेसा जोगाउन बाध्य छन् । /n/nउनका दाइको फेन्सी टेलरिङ छ । ‘दाइ फेसन डिजाइनर बन्यो,’ उनले भने, ‘म दमाई नै रहें ।’ दमाई हुनुमा उनमा हीनताबोध छैन । उनी दु:खी छन् त जीवनभर साथ दिइरहेको बूढो मेसिनको मर्मत गर्न नसक्दा । ४० वर्षअघि ५ सय रुपैयाँमा खरिद गरेको हाते मेसिन उनी अझै चलाउँछन् । श्रीमती बितेको एक दशक हुँदा पनि थोत्रो मेसिनले साथ दिइरहेको छ । त्यसैले मानव जीवनभन्दा निर्जीव वस्तुको भर पर्नु उचित ठान्छन् । ‘उसलाई त दैवले हर्‍यो । छोराछोरी आफ्नै दुनियाँमा रमाएका छन्,’ उनले भने, ‘पक्का साथी त यही मेसिन त रहिछ नि ।’ /n/nमेसिन बेलाबखत बिरामी पर्छ । पुर्जा खिया लागेर नचल्ने हुन्छन् । मेसिन निको पार्ने डाक्टर पनि उनी आफैं हुन् । नयाँ किन्ने पैसा छैन । बनाउन लैजाने तागत छैन । मट्टीतेल खनाउँदै खिया पुच्छदै गुजारा चलाइरहेका छन् । /n/nबाटोमा लुगा सिलाएको देखेर छोराछोरीले हत्ते नदेखाउन अनुरोध गर्दै ‘बुबा घर जाम’ भन्छन् । तर, कुलबहादुर पटक्कै घर बस्न चाहँदैनन् । आफूले सिकेको सीप सकुन्जेल देखाइरहने उनको विचार छ । ‘ग्राहकको काम समयमै पूरा गरिएन भने बेइमानी भइन्छ,’ उनले भने, ‘मलाई त यत्ति मात्रै चिन्ता छ ।’
2019
https://ekantipur.com/pradesh-5/2019/01/19/154787412730135309.html
national
2,654,311
2,670,315
राजनीति
स्ववियु चुनावको विषयलाई लिएर शिक्षकमाथि कालोमोसो दलियो, झडपमा ४ घाइते
कालिकोट : नन्दादेवी माध्यामिक विद्यालय कोटवाडाका शिक्षक रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ।  फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएका भन्दै  नेपाल विद्यार्थी संघ र अनेरास्ववियु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्। कालिकोट : नन्दादेवी माध्यामिक विद्यालय कोटवाडाका शिक्षक रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ।  फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएका भन्दै  नेपाल विद्यार्थी संघ र अनेरास्ववियु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्। साउदलाई कालोमोसो दलेपछि कालिकोटमा सदरमुकाममा झडप भएको छ। झडपमा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।झडपमा मदन सिंह गम्भीर घाइते छन्। उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। त्यस्तै मन्दीरराज रोकाया घाइते भएका छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेर झडप नियन्त्रणमा लिएको छ। साउदलाई कालोमोसो दलेपछि कालिकोटमा सदरमुकाममा झडप भएको छ। झडपमा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।झडपमा मदन सिंह गम्भीर घाइते छन्। उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। त्यस्तै मन्दीरराज रोकाया घाइते भएका छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेर झडप नियन्त्रणमा लिएको छ।
फागुन १६, २०७३ सोमबार
https://thahakhabar.com/news/10864
politics
630,263
643,427
राजनीति
अख्तियारले माग्यो डोटीका नौ पालिकासँग गाडी खरीदसम्बन्धी कागजात
डोटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको डोटीका नौ वटा पालिकाहरुसँग गाडी खरीदसम्बन्धी कागजपत्र माग गरेकाे छ । यहाँका पालिकाहरुले आफूखुशी धमाधम गाडी किनेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगले डोटीका सबै स्थानीय तहहरूसँग गाडी खरीदसम्बन्धी कागजपत्र पेश गर्न माग गरेको हाे । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले स्थानीय तहहरूले गाडी खरिद गरेको बारेमा धेरै उजुरी आएकाले खरीद प्रक्रियासँग सम्बन्धित कागजपत्र माग  गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गाडी खरिदको विषयमा उजुरी परेपछि हामीले कागजात मागेका छौँ, केही पालिकाहरुले कागजपत्र बुझाइ पनि सकेका छन्, केहीले अब बुझाउँछन् होला । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका पालिकाहरूले २०७४ साल साउनदेखि २०७५ साल पुस मसान्तसम्म १० करोड ९३ लाख ८६ हजार रुपैयाँ मूल्यका गाडी खरीद गरेका छन् । डोटीको जिल्लाको पूर्विचौकी गाउँपालिकाले गाडी खरिदमा सबैभन्दा बढी २ करोड ६७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ ।१० ओटा मोटरसाइकल, पिकअप जीप, एक्स्क्याभेटर र दुई वटा बस खरिदमा त्यति रकम खर्च भएकाे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै शिखर नगरपालिकाले १ करोड ५४ लाख २९ हजार रुपैयाँ, दिपायल सिलगढी नगरपालिकाले १ करोड ६ लाख ८७ हजार रुपैयाँ, बडीकेदार गाउँपालिकाले १ करोड ८१ लाख ७९ हजार रुपैया खर्च गरेको देखिएको छ । त्यसैगरी सायल गाउँपालिकाले १ करोड ५६ लाख १६ हजार रुपैयाँ, केआईसिँह गाउँपालिकाले ९३ लाख ८२ हजार, बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार, जोरायल गाउँपालिकाले रु ५८ लाख ३८ हजार तथा आदर्श गाउँपालिकाले ५७ लाख २२ हजार रुपैयाँ खर्च गरेको देखिएको छ । पालिकाहरूले खरिद गरेका एउटै कम्पनी तथा एउटै खालका गाडीहरुकाे मूल्य भने फरक फरक रहेको पाइएपछि अख्तियारमा उजुरी परेको हो । जनताको विकासका लागि आएको बजेट स्थानीयतहका जनप्रतिनिधिले आफूखुशी गाडी किन्नमै खर्च गरेकोमा स्थानीयहरु निकै आक्रोशित छन् ।
भदौ २४, २०७६ मंगलबार १६:२३:१८
https://ujyaaloonline.com/story/26031/2021/12/19/kashiraj-dahal-view
politics
2,680,498
2,696,502
समाज
इसेवाको 'रिफर एण्ड अर्न' योजना
काठमाडौं:  नेपालको पहिलो पेमेन्ट गेटवे इ–सेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ।  नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत इ–सेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्वजनिक गरेको हो।  काठमाडौं:  नेपालको पहिलो पेमेन्ट गेटवे इ–सेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ।  नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत इ–सेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्वजनिक गरेको हो।  अफर अन्तर्गत इ–सेवा चलाउन सिकाएबापत प्रतिग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिनेछ। आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इ–सेवा चलाउन सिकाउन सकिनेछ। इ–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए।इ–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। अफर अन्तर्गत इ–सेवा चलाउन सिकाएबापत प्रतिग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिनेछ। आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इ–सेवा चलाउन सिकाउन सकिनेछ। इ–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए। इ–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
बैशाख १०, २०७६ मंगलबार
https://thahakhabar.com/news/67636
society
825,738
840,177
null
ठुटे खोला पुलमा भारतीयको अवरोध
पर्सा — ठोरी गाउँपालिकाको २ र ३ वडाको सीमामा पर्ने ठुटे खोलाको पुल भारतीयको अवरोधले सञ्चालनमा आउन सकेको छैन ।/nविगतमा भारतीय सुरक्षा फौज (एसएसबी) को अवरोधले बन्न नसकेको ठुटे खोलाको पुल अहिले निर्माण पूरा भए पनि भारतीयको अवरोधले प्रयोगमा आउन नसकेको हो । वीरगन्ज–ठोरी हुलाकी खण्डअन्तर्गत पर्ने पुलको निर्माण करिब ३ महिनाअघि पूरा भएको हो ।नवनिर्मित पुलको पूर्वतर्फ एप्रोच सडक नबन्दा ठोरीका बासिन्दा पुल प्रयोग गर्नबाट वञ्चित भएका हुन् । पारि भिखनाठोरीका बासिन्दाले कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद गरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो । /nभारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहान प्रयोग गरी वर्षौंदेखि सिँचाइका लागि २ वटा कुलो प्रयोग गर्दै आएको छ । त्यहाँ रहेको ३ कुलोमध्ये नेपालीले एउटा मात्र प्रयोग गरिरहेको छ । नेपाली पक्षले भने सडक निर्माणका लागि वर्षौंदेखि प्रयोग गर्दै आएको कुलो पुर्न सहमति जनाए पनि भारतीय पक्षले सहमति जनाएको छैन । नजिकै २ वटा कुलो कायमै राख्दै पुल जोखिममा पर्ने भन्दै पुरेर एप्रोच रोड बनाउनुपर्ने दबाब स्थानीयको छ । नेपाली पक्षले हयुम पाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुल जोखिममा पर्ने तर्क अघि सारेको छ । भारतीय पक्षले साबिक स्थानबाटै हयुम पाइप राखेर पानी लैजान पाउनुपर्ने अडान राखेको छ ।पुल निर्माणको ठेक्का लिएको अमर एन्ड मृत सञ्जीवनीले एप्रोच सडक निर्माण गर्न नेपाल सरकारको निर्णय कुरेको थियो । तर, विवाद समाधान नभएपछि उसले काम रोकेको छ । उसले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा निर्माण ठेक्का पाएको हो । ४ स्पान रहेको १ सय २ मिटर लामो पुल ७ दशमलव २ मिटर चौडा छ ।/nनेपाल–भारत सीमा सर्वेक्षण टोली २ ले गत वर्ष ठोरी क्षेत्रको सीमा विवाद टुंगो लगाएसँगै पुल निर्माणको काम सम्पन्न भएको हो । यसअघि एसएसबीले पुल निर्माण गर्न खोजिएको भूभाग भारतमा परेको दाबी गर्दै २ वर्षसम्म अवरोध खडा गरेको थियो । /nअहिले भने पुल निर्माण भइसकेर पनि प्रयोग गर्न नपाउँदा स्थानीय आक्रोशमा छन् । पुलबाट पैदल आउजाउ गर्न र मोटरसाइकलसम्म चलाउन सकिन्छ । तर, बस तथा जिप, भ्यान गुडाउन सकिँदैन । स्थानीय शिक्षक प्रेम लामा ठुटे खोलामा पुल नहुँदा वर्षौंदेखि कष्ट भोगेका यहाँका बासिन्दा चाँडै सञ्चालनको पक्षमा छन् । ‘एसएसबीले अवरोध गरी लामो समय पुल निर्माण रोकिएको थियो,’ उनले भने, ‘पुलको निर्माण भएको ३ महिना बित्दा पनि भारतीयले बखेडा गरी प्रयोग रोक लगाउनु निन्दनीय छ ।’प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल जेठ १५ गते त्यस क्षेत्रको निरीक्षण गर्न पुगेका थिए । त्यस क्रममा उनले पुललाई दीर्घकालीन असर नपुग्ने गरी विवाद समाधानको विकल्प खोजिने आवश्वासन स्थानीयलाई दिएर फर्किएका थिए ।/n विवादित क्षेत्रको निरीक्षणका क्रममा आफूले ठुटे खोलाको पुलमा एप्रोच सडक बनाउन नीतिगत रूपमा कुनै समस्या नरहेको उनले बताए । ‘त्यहाँ भारतीय पक्षले अवरोधै गर्नुपर्ने समस्या मैले केही पनि देखिनँ,’ उनले भने, ‘भारतीयले पुनर्निर्माण हुनुभन्दा धेरै वर्ष अघिदेखि नेपाली भूमिमा ठुटे खोलाबाट २ वटा कुलो निकालेर सिँचाइ गर्दै आएका छन् । भारतीयले यसरी व्यवहारमा लिएको यो सुविधा हो ।’एप्रोच सडकले कुलोलाई अवरोध गर्छ भनी अवरोध गर्नु उचित नभएकाले आफूले यो समस्या गृह र परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराएको उनले बताए । ‘मैले आफैं पनि पुल र बाटो अवरोध नहुने र परम्परागत कुलोसमेत कायम राख्ने गरी आवश्यक संरचना बनाउन ठेकेदार तथा हुलाकी सडक आयोजना कार्यालयलाई निर्देशन दिइसकेको छु,’ उनले भने, ‘यसमा दुवै सहमत छन् । यो विवाद केवल जिम्मेवारी र दायित्व बहनको कमीले मात्र भएको हो ।’हुलाकी सडक आयोजना कार्यालय प्रमुख अनुठालाल पटेल तत्काल विवाद समाधान हुने संकेत आफूले नदेखेको बताउँछन् । ‘नेपाली र भारतीय पक्ष आ–आफ्नै अडानमा भएकाले समस्या भएको छ,’ उनले भने । विवाद कायमै रहे ठेकेदारलाई पनि काममा समस्या हुने उनको भनाइ छ । /n२०६६ सालको पुल निर्माणको ठेक्का अहिले सम्पन्न हुनु सुखद भए पनि विवादले प्रयोगमा नआउनु दु:खद भएको उनले बताए । ‘हामीलाई कुलो भएको ठाउँमा कल्भर्ट बनाउन दिने हो भने त्यो पनि बनाउने छौं, ठेकेदारको काम सक्ने म्याद फागुनसम्म पनि बाँकी छ,’ उनले भने, ‘तर काम गर्न नदिएर रोकेर राख्न पनि सकिन्न ।’
2018
https://ekantipur.com/news/2018/09/02/153585494901183794.html
news
2,133,257
2,149,261
null
एरिक्सनको दुःखद घटनाले जब सम्पूर्ण फुटबल प्रेमीलाई एकजुट बनायो
काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत शनिवार भएको डेनमार्क र फिनल्याण्ड बिचको खेलमा दुःखद घटना घट्यो। डेनमार्कका मिडफिल्डर तथा स्टार खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा अचानक ढलेर अचेत अवस्थामा नै पुगे। डेनमार्क र फिनल्याण्ड बिचको खेलको पहिलो हाफ लगभग सकिन लागेको अवस्था थियो। दुवै टोलीले गोलरहित बराबरी खेलिरहेको अवस्थामा डेनमार्कले ‘थ्रो इन’ पायो। खेलको ४२औं मिनेटमा सो ‘थ्रो-इन’ रिसिभ गर्न गएका खेलाडी एरिक्सन अचानक मैदानमा ढले। निकै नै अप्रत्याशित रूपमा मैदानमा ढलेका एरिक्सनलाई सबै डेनमार्कका खेलाडीले घेरे। उनी अचेत अवस्थामा पुगे। तुरुन्तै स्वास्थ्य टोली बोलाइयो र करिब १३ मिनेटसम्म उनको उपचार मैदानमा नै भयो। डेनमार्कका कप्तान तथा रक्षक सिमोन कायरले नायकको भुमिका खेले। उनले एरिक्सनको मुख खोलेर हावा आउन जानको लागि पर्याप्त ठाउँ बनाए। कायरले एरिक्सनको ‘मेडिकल ईमर्जेन्सी’को सुइँको पाएर उनलाई आफ्नो जिब्रो निल्न दिएनन्। हृदयघात भएको अवस्थामा यो प्रमुख ‘फर्स्ट एड’ हो। करिब १६,००० दर्शक माझ अचानक मैदानमा अचेत अवस्थामा गएका एरिक्सनकी पत्नी संयोगवश त्यसै स्थानमा थिइन्। आफ्नो पतिको त्यस्तो अवस्था देखेर उनी मैदान प्रवेश गरिन्। उनलाई सान्त्वना दिने काम पनि सिमोन कायरले गरे। कायरले सम्पूर्ण डेनमार्क खेलाडीलाई बोलाएर एरिक्सनको वरीपरी पर्खाल जसरी उभ्याए। एरिक्सनको निरिह अवस्था क्यामरामा कैद हुनु उनलाई मन्जुर थिएन। मेडिकल टोलीले एरिक्सनलाई मैदानमै ‘सीपीआर’ (कार्डियो पल्मोनरी रिससिटेसन) लगातार प्रदान गरिरहेको अवस्था थियो। मेडिकल टिम मैदानमा आफ्नो शत प्रतिशन दिइरहँदा उनले रेफ्री लगायत अफिसियलसँग कुराकानी जारी राखे। फिनल्याण्डका खेलाडीहरु पनि अन्योलमा देखिए। तर पनि डेनमार्कका खेलाडीहरुसँग मिलेर उनीहरू एरिक्सनको वरीपरी मानव साङ्लो बनाउन लागिपरे। फिनल्याण्डका समर्थक आफ्नो झण्डा लिएर मैदान प्रवेश गरे र फिनल्याण्डको सेतो झण्डा एरिक्सनलाई गोपनीयता प्रदान गर्न पर्दाको रूपमा प्रयोग गरियो। मैदानमा उपस्थित खेलाडी, रेफ्री, अफिसियल तथा समर्थक सबैले आफ्नो भूमिका शानदार तरीकाले निर्वाह गरे। एरिक्सनको स्वास्थ्य गम्भीर अवस्थामा पुग्दा उनलाई तुरुन्तै अस्पताल लिएर जाने निर्णय गरियो। स्ट्रेचरमा राखेर उनलाई मैदान बाहिरसम्म पुर्याउँदा कायरको नेतृत्वमा सम्पूर्ण खेलाडी तथा मेडिकल टिमले एरिक्सनलाई चारै तिरबाट ढाके। एरिक्सनको गोपनीयतालाई एक नम्बर प्राथमिकता दिइयो। खेलाडी, अफिसियल र युईएफएको छलफल पछि खेल स्थगित गरियो। दुवै टोलीका सबै खेलाडीले मैदान छाडे। दुवै देशका समर्थकमा आँसुको धारा बग्यो। यद्यपि कोपनहेगनको रंगशालामा उपस्थित १६,००० दर्शकको मुखमा एउटै नाम थियो। एरिक्सन। उनीहरुले यो नाम बारम्बार लिइरहे। उनीहरू लगायत सारा विश्वको प्रार्थना र सोचाइमा त्यस बखत एरिक्सन नै थिए। स्थानीय समय साँझ ६:०० बजे सो घटना घट्दा खेल स्थगित गरिएको थियो। एरिक्सनलाई अस्पताल पुर्याइएको करिब १:३० घण्टा पछि डेनमार्क फुटबल एसोसिएसनले उनलाई होश आएको जानकारी गरायो। एरिक्सनलाई होश आएर उनी वार्तालाप गर्न सक्ने स्थितिमा पुगेको कुराको जानकारी पाउँदा पूरा विश्वले नै राहत महसुस गर्‍यो। रंगशालामा खुशीयाली छायो। एरिक्सनको स्वास्थ्य अवस्था थाहा पाउन पर्खिरहेका १६,००० दर्शकमा पुनः आँसुको धारा बग्यो। यस पटक भने खुशीको। रंगशालामा पुनः एरिक्सनको नाम गुन्जियो। सबैले राहतको सांस फेर्दा ‘युईएफए’ले दुवै टोलीका खेलाडीसँग खेल पुनः सुचारु गर्ने प्रस्ताव राख्यो। एरिक्सनसँग टेलिफोनमा वार्तालाप भएर उनको सुस्वास्थ्यको जानकारी पाएपछि डेनमार्कका खेलाडीहरू खेल सुचारु गर्न राजी भए। फिनल्याण्डका खेलाडीहरुले ताली पिटेर डेनमार्कका खेलाडीहरुको मैदानमा स्वागत गरे। रंगशालामा उपस्थित दुवै टोलीका समर्थकमा अब खेलमा जितको चाहना थिएन। जित अस्पतालमा नै भइसकेको थियो। पहिलो हाफमा ४ मिनेट बाँकी राखिएर खेल सुचारु गरियो। खेलमा डेनमार्क पराजित भयो। तर सबैभन्दा मुख्य कुरा, एउटा मानिसको ज्यान बचाउन सबै जना विजयी भए। जित फुटबलको भयो, मानवताको भयो।
२०७८,जेष्ठ,३०,आईतवार ०७:४६
https://www.lokpath.com/story/413746
misc
2,316,766
2,332,770
society
खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चल्यो
काठमाडौंको खुलामञ्च अतिक्रमण गरी बनाइएका टहराहरु भत्काइएको छ। बुधबार बिहान काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो। महानगरले अतिक्रमण गरी बनाएका संरचना तीन दिनभित्र भत्काएर खुलामञ्च खाली गरिने जनाएको छ। संरचना भत्काउने कामको संयोजन महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्याल गरिरहेका छन्। खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएको थियो भने त्यहाँ काम गर्ने मजदुरहरु टहरा बनाएर बसेका थिए। यी दुवै संरचना निर्माण सम्पन्न भएपनि खुलामञ्चमा निर्माण सामग्री र मजदुर बस्ने टहरा हटाइएको थिएन। केही समयअघि नागरिक अभियान्ताहरुले खुलामञ्च खाली गर्न माग गर्दै सरकारलाई दबाब दिएका थिए। हाल खुलामञ्च खाली नभएका कारण राजनीतिक दलका सभाहरु प्राय: सडकमै  हुने गरेका छन्।
February 17, 2021
https://nepalkhabar.com//society/50436-2021-2-17-8-51-29
society
1,272,915
1,287,354
sports
युरो कप २०२०ः इटालीको सुखद सुरुआत
सीमित दर्शक उपस्थित भएको टर्कीविरुद्धको खेलमा शुक्रबार इटालीले ३–० को आकर्षक जित निकाल्दै एक वर्षपछि धकेलिएको युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।   विश्वकप २०१८ मा छनोट हुन नसकेको इटालीले पाँच वर्षपछि पहिलो पटक ठूलो प्रतियोगिता खेलेको हो। टर्कीविरुद्ध पहिलो मिनेटबाट नै दबाब दिएर खेलेको इटालीले अग्रता भने दोस्रो हाफमा लिएको थियो। पहिलो हाफमा आकर्षक गोलका लागि धेरै अवसर सिर्जना गरे पनि इटाली गोल गर्न असफल भएको थियो। झन्डै एक चौथाइ दर्शक उपस्थित भएको रंगशालामा इटालीले सबै गोल दोस्रो हाफमा गरेको हो।   युरो कप २०२० को संस्करणमा पहिलो गोल नै आत्मघाती भएको छ। ५३औं मिनेटमा डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा मेरिह डेमिराललाई लाग्दै गोल भएको थियो। ६६औं मिनेटमा चिरो इम्मोबिलेले गोल गर्दै इटालीको अग्रता २–० मा पुर्‍याएका थिए। लिओनार्डो स्पिनाज्जोलाको प्रहार गोलरक्षक उगुर्चान चुकारले पन्च गर्दै बचाए पनि रिबाउन्डलाई इम्मोबिलेले गोल गरेका हुन। ७९औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–० ले अघि बढाए।  बाँकी समयमा थप गोल हुने सकेन र युरो कपमा इटालीले सानदार सुरुआत गर्‍यो। सुखद नतिजा निकालेको इटाली युरो कप इतिहासमा पहिलो पटक एकै खेलमा तीन गोल गर्न सफल भएको छ। १६ हजार दर्शक उपस्थित भएको रंगशालामा टर्कीसँगको जितले इटालीका समर्थकलाई खुसी मिलेको छ। यस जितसँगै इटालीले समूह ‘ए’ मा ३ अंकको खाता खोलेको छ।   ‘रोममा टर्की विरुद्धको जित हाम्रो लागि निकै महत्वपूर्ण रह्यो। जितले समर्थकलाई आत्मसन्तुष्टि मिलेको छ,’ इटालीलाई पछिल्ला २८ खेलमा अपराजित नतिजा दिलाएका प्रशिक्षक रोबर्टो मान्चिनीले भने, ‘रंगशालामा उपस्थित दर्शकको समर्थनले टोलीलाई धेरै राहत मिलेको छ।’ उता पहिलो खेलमा पराजित भएको टर्कीका प्रशिक्षक सिनियोल गुनेसले पहिलो गोलपछि टोलीले सम्हालिको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया जनाए।   ‘हामी पराजयभन्दा अरू नतिजाको खोजीमा थियौं, तर इटालीले सुरुबाट नै दबाब दिएर खेल्यो,’ टर्कीका प्रशिक्षक गुनेसले भने, ‘पहिलो गोल भएसँगै टोलीमा राम्रो तालमेल मिलेन। बल पकडमा खेलाडी चुके।’ महिनाभर सञ्चालन हुने प्रतियोगिता यसअघि एक वा दुई राष्ट्रमा संयुक्त रूपमा आयोजना हुने गरे पनि अहिलेको प्रतियोगिता विभिन्न ११ देशमा सञ्चालन हुँदै छ।
३० जेष्ठ २०७८
https://nagariknews.nagariknetwork.com/sports/549891-1623551829.html?click_from=category
sports
54,555
54,619
राजनीति
राप्रपाद्वारा करिब बीसलाखलाई सदस्यता वितरण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ । पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण अभियानअन्तर्गत केन्द्रीय अध्यक्षदेखि साधारण सदस्य तथा नयाँले समेत सदस्यता लिएका छन् ।  पार्टीको आगामी फागुन ६ देखि ९ सम्म हुने महाधिवेशनका लागि देशभरका अधिकांश वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न गरिएको छ भने बाँकी रहेका महानगर तथा केही नगरको अधिवेशन यही माघ १५ गतेसम्म सम्पन्न गर्ने योजना छ । पार्टीले बूढानिलकण्ठ नगरपालिकामा विहिबार अधिवेशन सम्पन्न गरेको छ । पार्टीका सहायक महामन्त्री जयकुमार खड्काले सो अधिवेशनको शुभारम्भ गर्दै देश र जनताका पक्षमा कार्य गर्ने बलियो राष्ट्रवादी शक्ति अहिले मुलुकमा खाँचो रहेकाले राप्रपा र राप्रपा नेपालको एकीकरण भएको बताए । केन्द्रीय सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि वडादेखि नै सन्तुलित ढङ्गले नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए । यसैबीच, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा रहेको निर्देशन समितिको बैठक आज बस्नेछ । केन्द्रीय सदस्य नानुमैया आचार्यका अनुसार सो समितिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, केन्द्रीय अध्यक्ष कमल थापा, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालगायत १० सदस्य छन् । बैठकमा महाधिवेशन तथा देशका समसामयिक विषयमा छलफल हुने बताइएको छ । रासस
शुक्रबार, माघ १४, २०७३
https://baahrakhari.com/news-details/16374
politics
1,710,475
1,724,914
investment
नेप्से परिसूचकमा १.५५ प्रतिशत वृद्धि
पुस १७, काठमाडौं । साताको पहिलो दिनको व्यापारमा शेयर बजारमा पछिल्ला दिनहरुको तुलनामा निकै राम्रो कारोबार भएको छ । आइतवार नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशतले बढेको छ । यस दिन उत्पादन तथा प्रशोधन र वित्त कम्पनी समूह बाहेक कारोेबारमा आएका बाँकी समूहहरुको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । १ घण्टाको कारोबारदेखि लगातार उकालो लागेको परिसूचक १ हजार ४ सय ७६ विन्दुसम्म पुगेको थियो । त्यसपछि भने बजार सुस्तरुपले अगाडी बढेको हो । आइतवार परिसूचक २२ दशमलव ३४ अङ्क बढेर १ हजार ४ सय ६५ दशमलव ७२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेको काराबार रकम बढेर रू. ५७ करोड ३३ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १६ खर्ब ४० अर्ब पुगेको छ । म्यानुयल कारोबार रकम भने रू. १३ करोड ७ लाख रहेको छ । यस दिन १ सय ३४ कम्पनीको ४ हजार ३ सय २३ पटकको व्यापारबाट १३ लाख ७ हजार ६५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ३८ दशमलव ९१ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । नेपाल दूरसञ्चार कम्पनीको रू. ९ करोड ४२ लाख बराबरको रकम कारोबार भएको छ । कम्पनीको अन्तिम मूल्य रू. ८ ले बढेर रू. ६ सय ९८ पुगेको छ । यस कम्पनीको ३६ पटकको व्यापारमा १ लाख ३६ हजार ४ सय २० कित्ता शेयर कारोबार भएको हो । यस दिन मञ्जुश्री फाइनान्सियल इन्स्टीच्यूचनको शेयर मूल्य ८ दशमलव ९३ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १ सय ८३ पुगेको छ । गुडविल फाइनान्सको शेयर मूल्य भने ४ दशमलव ७४ प्रतिशतले घटेर रू. २ सय ८१ पुगेको छ । नेप्सेमा कारोबार भएका कम्पनीमध्ये ९७ कम्पनीको शेयर मूल्य बढेको छ, २८ कम्पनीको शेयर मूल्य घट््यो र ९ कम्पनीको शेयर मूल्य स्थिर र≈यो । सो दिन नेप्सेको एडी रेशियो ३ दशमलव ४६ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ । बैङ्किङ समूहको परिसूचक २ दशमलव १५ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई बैङ्क बाहेक कारोबारमा आएका सबै वाणिज्य बैङ्कहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक २९ दशमलव ३४ अङ्कले बढेको हो । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ४० दशमलव शून्य ९ स्केलमा रहेको छ । यसले बजारमा वाणिज्य बैङ्कहरुको शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । साथै, होटल समूहको परिसूचक १ दशमलव ८९ प्रतिशत, जलविद्युतको १ दशमलव ५३ प्रतिशत, विकास बैङ्कको १ दशमलव ५२ प्रतिशत, ‘अन्य’ समूहको १ दशमलव शून्य ३ प्रतिशत र बीमाको शून्य दशलमव ४१ प्रतिशतले बढेको हो । त्यस्तै, यूनिलिभर नेपाल र बोटलसर्् नेपाल (तराई) को शेयर मूल्य उच्चदरले घटेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ८७ प्रतिशतले बढेको हो । वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ ।
Jan 1, 2017
https://www.abhiyandaily.com/newscategory-detail/90047
economy
928,550
942,989
null
संस्कार सिकाउन टीका र जमरा
(पाल्पा) — विद्यार्थीलाई दसैंको संस्कार सिकाउन यहाँका दुई विद्यालयले विधिपूर्वक उमारिएको जमरा र रातो टीका लगाएर दसैं छुट्टीको बिदाइ गरेका छन् । तानसेनस्थित सेन मावि र प्रशान्ति चिल्ड्रेन एकेडेमीले विद्यार्थीलाई शुभकामना साटासाट गर्दै टीका, जमरा, पैसा र हातमा सगुन दिएर बिदा गरेका हुन् ।/n/n/n‘सोचाइमा फरक हुने रहेछ,’ सेन माविका शिक्षक सीता ढकालले भनिन्, ‘संस्कार पनि सिकाउन जमरा राख्ने विधि र त्यसको महत्त्व सिकाएका हौं ।’/nविद्यालयले संस्कृतिबारे जानकारी दिँदै घटस्थापना, जमरा, दसैंको टीकाको महत्त्वको जानकारी गराएको थियो । प्रशान्ति चिल्ड्रेन एकेडेमीका प्रिन्सिपल महेशमान बज्राचार्यले विद्यार्थीमा संस्कृतिको ज्ञान होस् भन्ने उद्देश्यले टीका र जमरा लगाएर बिदाइ गरेको बताए । घरपरिवार, आफन्तकोमा मात्र होइन, आफूलाई पढाउने शिक्षक/शिक्षिकाबाट पनि आशीर्वाद लिन पाएकामा खुसी लागेको छात्रा रिया थापाले बताइन् ।/n/nविद्यार्थीहरू टीका र जमरा लगाएपछि फोटो खिच्नमै व्यस्त बने । बजारमा धेरै जनाले दसैंको टीका र जमरा अहिल्यै लगाएको भन्ने गरे पनि यस विषयमा खुलस्त बताउने गरेको उनले बताइन् । दसैंमा घटस्थापनामा जमरा राखिन्छ तर विद्यार्थीलाई भने कसैले जानकारी गराउँदैन । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । जमरा राखिन्छ र घट–कलशको स्थापना गरी देवी/देवताको आह्वान गरिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको विद्यालयले जनाएको छ ।/n/nघटस्थापनामा नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, गहुँ, मकै आदि अन्न छरिन्छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको हो भन्ने जानकारी विद्यार्थीले पाएको प्रशान्तिका प्रिन्सिपल बज्राचार्यले बताए ।
2019
https://ekantipur.com/pradesh-5/2019/09/29/156972993665957681.html
national
1,050,512
1,064,951
null
पहिरोले दुई घर विस्थापित
काठमाडौ — ताप्लेजुङ बिहीबार राति गएको पहिरोले ताप्लेजुङको मेहेले गाविस ९ का दुई परिवार विस्थापित भएका छन् । घरमाथिबाट झरेको पहिरोले बीरबहादुर राई र भीमकुमार राईको परिवार विस्थापित भएका हुन् । उनीहरू छिमेकीकोमा शरण लिएर बसेको स्थानीय दिपेन्द्र कडरियाले बताएका छन् ।
2012
https://ekantipur.com/news/2012/07/20/351504.html
news
168,872
169,118
संस्कृति जगेर्नामा आदर्श मावि
स्याङ्जा । जिल्लाको वालिङ स्थित नेपाल आदर्श अंग्रेजी आवासिय माविले नयाँ पुस्तालाई पुरानो संस्कृति र भेषभुषा नविर्सन आग्रह गरेको छ । विद्यार्थीहरुमा समानताको भावना जागृत गराउने उदेश्यले विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न जातजातिका विद्यार्थीहरु आ—आफ्नो परम्परा अनुसारको भेषभुषामा ठाटिएका देखिन्थ्ये । यो पनि शैक्षिक क्रियाकलापको एक अंश हो, विद्यालयका शिक्षक अरुण अर्यालले भने, “सु—संस्कृति र अनुसासन सिकाउन यस्ताखाले कार्यक्रम उपयोगी हुने छ ।” सधै विद्यालय पोषाकमा टाई बाधेर आउने अधिकांश विद्यार्थीहरुको घाटीमा टाई थिएन, बरु उनीहरुको टाउकोमा नेपाली स्वाभिमानको प्रतिक ढाका टोपी देखिन्थ्यो ।    गुन्यू चोली र पटुकीमा सजिएका छात्राहरु आ—आफ्नो जातीय परम्परा अनुसारको पहिरनमा थिए । नेपाली लवेदा सुर्वाल र कोटमा सजिएका प्रिन्सिपल होमकान्त गौतमले भने, “हाम्रो पोशाक यस्तो थियो भनेर तस्विरमा देखाएर पढाउनु भन्दा प्रयोगात्मक रुपमा सबैलाई एकै ठाँउमा फरक पहिरनमा उभ्याउदा अनेकतामा एकताको वास्तविक रुपमा महशुष गर्न पायौं ।”    व्रिटिस काउन्सिलको परियोजना अन्तरर्गत काम गर्ने योजना अनुरुप संचालित अनेकतामा एकता भेषभुषा प्रदर्शनी कार्यक्रमको उदघाटन गर्दै जिल्ला शिक्षा कार्यालय स्याङ्जाका प्रतिनिधि स्रोत व्याक्ति भोजराज गुरुङ्ले नयाँ खालको स्राहनिय कार्यक्रम भएकाले अरु विद्यालयहरुले समेत यसको अनुसरण गर्नुपर्ने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै प्याव्सन केन्द्रिय सदस्य अमृत अर्यालले सम्पती भन्दा संस्कृति ठुलो हुदा आफ्नो सम्पदा र संस्कृति नभुल्न विद्यार्थीहरुलाई आग्रह गरे ।    गुरुङ् पहिरनमा घलेक भिरेर सजिएका कार्यक्रम टिकराज गुरुङ् र मुस्लिम पहिरनमा सजिएकी शिक्षिका एकै ठाँउमा उभिदा पृथ्वीनारायण शाहाले भने जस्तै नेपाल चारजात छत्तिस वर्णको साझा फुलवारी हो भन्ने उदगार सार्थक हुन पुगेको आभास हुन्थ्यो । उक्त कार्यक्रमलाई स्वागत गर्दै विद्यालयका सहायक प्रिन्सिपल अर्जुन कडेलले विद्यार्थीहरुले आफ्नो परम्परा नविर्सुन र पुर्विय दर्शन अनुसारको अनुशासनमा रहुन भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।  बेला बेलामा रचानात्मक काम गर्दै आएको आदर्शले पोशाक प्रदर्शनीले नेपाल र नेपालीको एकताको भावना सिकाएको छ ।    
२०७३ चैत ३ बिहिबार
https://hamrakura.com/news-details/21866/2021-12-25
misc
2,472,276
2,488,280
news
सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपर लेस र फेस लेस बनाउने बताएका छन् । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै भने, “आम नागरिकलाई कम समय र कम लागतमा विना झन्झट र विना हैरानी सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्न  सहज हुनेछ, जो जहाँ रहे पनि फेस टू फेस सम्पर्क, सरसल्लाह, छलफल, परामर्श गर्ने अवसर प्राप्त भएको छ ।” प्रधानमन्त्री ओलीले पूर्वपश्चिम र उत्तरदक्षिण एवं जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग, निर्माण र विस्तारको कार्य द्रुततर रुपमा अगाडि बढाइएको जानकारी गराए । उनले भने, “सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने र प्रत्येक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी कार्य अगाडि बढाइएको छ ।” सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा समग्र विश्व नै एक गाउँमा रुपान्तरण भएको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले आर्थिक सामाजिक रुपान्तरण एवं दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहँदै आएको बताए । विश्वव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह एवं सामाजिक अन्तरक्रियालगायतका विषयमा आधारभूत परिवर्तन आएको उनको भनाइ थियो ।  “डिजिटल पूर्वाधार तथा प्रविधिको विकास एवं विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउने र सुशासन, समृद्धि र विकासका लागि नेपाल सरकारले रुपान्तरणकारी आयोजनाका रुपमा डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको छ”, प्रधानमन्त्री ओलीले भने, “डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, सहरी पूर्वाधार, वित्त, डिजिटल फाउन्डेसनलगायत आठ क्षेत्र र असी वटा डिजिटल पहलहरू समेटिएका छन् ।” ‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामनासमेत व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरको उच्चतम सदुपयोग गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य पूरा गर्न सहयोग पुर्याउन आग्रह गरे । साथै उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बद्ध सबै सङ्घ, संस्था, निकाय, निजी क्षेत्र, सेवा प्रदायक तथा सबै सरोकारवालालाई समन्वय, सहकार्य र साझेदारीका लागि अनुरोध गरे । “इन्टरनेटलाई अत्यावश्यक सेवामा समावेश गरिएको छ, नीतिगत तथा कानूनी सुधारमार्फत सूचना प्रविधि क्षेत्रमा थप लगानीको वातावरण निर्माण गरिएको छ”, प्रधानमन्त्री ओलीले भने, “साइबर अपराध नियन्त्रण तथा साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरिएको छ ।”  सूचना तथा सञ्चार प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको र सूचना प्रविधिसम्बन्धी विधेयक सरकारले सङ्घीय संसद्मा पेश गरिसकेको समेत प्रम ओलीले जानकारी दिए । दिवसका अवसरमा सरकारी सेवालाई बढी प्रविधिमैत्री बनाउन केही महत्वपूर्ण घोषणासमेत भएको छ । यस अगाडि नागरिक एपको बेटा भर्सन रिलिज गरिएकामा आजदेखि यसलाई औपचारिक रुपमै सार्वजनिक गरिएको छ ।  प्रधानमन्त्री ओलीले विश्वव्यापी कोभिड–१९ को महामारीका कारणले अवरुद्ध विद्यालयको पठनपाठनलाई वैकल्पिक माध्यमबाट सुचारु गर्न आवश्यक पर्ने सूचना प्रविधिसम्बन्धी पूर्वाधार निर्माण तथा विद्यार्थीलाई आवश्यक सिमको व्यवस्था मिलाइएको जानकारी दिए । कोभिड–१९ महामारीको कठिन समयमा सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट जीवनरक्षाका लागि सुरक्षित रहन, सतर्कता अपनाउन, सचेतना जगाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएकाले वर्तमान कठिन परिस्थितिमा सञ्चार तथा सूचना प्रविधिको महत्व र आवश्यकता अझै बढेको तथ्य उनले स्पट पारे । नागरिक एपको औपचारिक रुपमा सार्वजनिक प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकै अवसर पारेर नागरिक एप औपचारिक रुपमा सार्वजनिक गरेका छन् । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा उनले उक्त एपको औपचारिक उद्घाटन गरे । उक्त एपबाट उनले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडमा खातासमेत खोलेका थिए । “सम्पूर्ण सरकारी सेवालाई एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यसहित नागरिक एप तयार भएको हो”, प्रधानमन्त्री ओलीले भने । अहिले उक्त एपमा स्थायी लेखा नम्बर लिने, बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने, केवाइसी अद्यावधिक गर्न सकिने, पुलिस क्लियरेन्स रिपोर्ट प्राप्त गर्ने, स्वास्थ्य बीमा, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवरण हेर्ने सुविधा उपलब्ध भइसकेको र आगामी दिनमा क्रमशः अन्य सरकारी सेवासमेत एपमा थप गर्दै लगिने बताइएको छ । एपको प्रयोगले कागजात बोकेर सरकारी कार्यालय पिच्छे धाउनुपर्ने झन्झटबाट नागरिक मुक्त हुने, सरकारी काम कारबाहीलाई छिटोछरितो र पारदर्शी बनाउन सहयोग पुग्ने, भ्रष्टाचारमुक्त नेपालको सरकारी लक्ष्य हासिल गर्न एप महत्वपूर्ण कडी बन्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । “घरमै बसेर अनलाइनमार्फत नै सरकारी सेवा लिन सकिने यो एपले नेपालको सार्वजनिक सेवा सुधारमा युगान्तकारी परिवर्तन ल्याउने विश्वास मैले लिएको छु”, उनले भने । सिंहदरबारमा रहेको डाटा सेन्टरको क्षमता अभिवृद्धि गरिनाका साथै सातवटै प्रदेशमा डाटा सेन्टर निर्माण गर्ने अवधारणा अनुरुप हाल ललितपुरको खुमलटार र बाँकेको कोहलपुरमा डाटा सेन्टर निर्माणको कार्य अगाडि बढाइएको समेत उहाँले जानकारी दिए । “महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा निःशुल्क वाइफाइ हटस्पटको व्यवस्था गरिएको छ, सरकारी कार्यालयमा अटोमेशन प्रणाली र कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न प्रक्रिया शुरु गरिएको छ”, प्रधानमन्त्री ओलीले भने,  “नेपाल दूरसञ्चार कम्पनीमार्फत ‘फाइभ जी’ परीक्षणको कार्य अगाडि बढाइएको छ ।” जनगुनासो व्यवस्थापनका लागि हेलो सरकार, नीति कार्यक्रमको अनुगमन तथा प्रगति मापन गर्न अनुगमन पोर्टल, विकास कार्यको प्रगति अनुगमनका लागि अत्याधुनिक एक्सन रुम, अध्यागमनमा अत्याधुनिक आवागमन रेकर्ड प्रणालीका लागि नेपाली पोर्ट, राष्ट्रिय परिचयपत्रसमेत एपबाटै हेर्न सकिनेछ । त्यस्तै वैदेशिक अनलाइन श्रम स्वीकृति प्रणाली, अनलाइन कन्सुलर सेवा, राजश्व चुहावट रोक्न मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस), मालपोत कार्यालयका किताबी अभिलेखलाई विद्युतीय रुपान्तरण गरी आम नागरिकलाई सेवामा सोझै पहुँच दिन पब्लिक एक्सेस मोडेल, भूमि सूचना पद्धति, मेरो कित्ता कार्यक्रम, डिजिटल माटो नक्सालगायतका कार्य सूचना प्रविधिको प्रयोगमार्फत सफल रुपमा अगाडि बढिसकेका छन् । स्थानीय तहको सेवालाई नागरिक एपमा आबद्ध गर्ने, डाटा सेन्टर तथा इन्टरनेट एक्सचेन्ज सेन्टर विस्तार गर्ने, अनलाइन बैक खाता खोल्ने, अनलाइन सवारी कर तिर्ने, अनलाइन फारम भर्ने काम हुनेछ । सबै स्थानीय तहका वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रसम्म डिजिटल नेपालको पूर्वाधार निर्माणका लागि इन्टरनेट पहुँच पु¥याउने, प्रदेश नं १, २, कर्णाली प्रदेश र सुदूरपश्चिमका सबै जिल्लामा निःशुल्क सीम कार्ड वितरण गर्ने, नेपाल टेलिकममार्फत फाइभ जी परीक्षणको कार्य अगाडि बढाउने, नेपाल टेलिकमद्वारा एप परीक्षणका रुपमा सञ्चालनमा ल्याउने आज घोषणा गरिएको छ ।  प्रधानमन्त्री ओलीले दिगो र गुणस्तरीय रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विशेष निर्देशनसमेत दिएका छन् ।
बैशाख १९, २०७८
https://ratopati.com/story/178397/2021/5/2/pm-kp-oli
news
1,062,023
1,076,462
null
अपहरित उद्योगी राठीको हत्या
काँकडभिट्टा — विराटनगरका उद्योगी गंगाविसन राठीको अपहरणपछि हत्या भएको छ । करिब तीन साताअघि व्यापारिक कामको सिलिसिलामा विराटनगरवाट झापाको काँकडभिट्टा हुँदै भारतको सिलिगुढी गएका उनको शव शनिबार बिहान सिलिगुडी प्रहरीले फेला परेको छ ।
2013
https://ekantipur.com/Other/2013/02/02/361942.html
misc
2,109,480
2,125,484
प्रमुख-समाचार
नागरिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ– सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आज आदेश जारी गरेको हो। “थप साधनयुक्त अस्पतालहरु सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू”, आदेशमा भनिएको छ, “अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू ।” नागरिकको जीवनसँग प्रत्यक्ष चासो राख्ने सरोकार पक्षको प्रतिनिधित्वसमेत हुने गरी एउटा कार्यसमितिको निर्माण गरी समस्या समाधान प्रभावकारी ढंगले गर्न गराउन स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयलाई आदेश दिइएको छ । कोरोना संक्रमणको महामारीबाट बचाउन परमादेशको माग गर्दै अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
2021
https://www.khabarhub.com/2021/11/268414/
news
343,503
356,077
प्रविधि
सगरमाथाको शिखरमा फाइभ जी सेवा पुर्‍याउँदै चीन, धमाधम बेसस्टेसन जडान हुँदै
चीनका विभिन्न टेलिकम सेवा प्रदायक कम्पनीले मिलेर सगरमाथाको चुचुरोमा फाइभ जी सेवा पुऱ्याउने भएका छन् ।  हुवावे टेक्नोलोजी, चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले चीनतर्फबाट सगरमाथाको शिखरमा फाइभ जी पुऱ्याउने भएका हुन् ।  चीनले विश्वकै अग्लो चुचुरो सगरमाथामा फाइभ जी नेटवर्क पुऱ्याउने जनाएको हो । चीनतर्फ यसअघि नै फोरजी नेटवर्क जडान भइसकेको छ ।  यो योजनाले स्मार्ट पर्यटन र स्मार्ट सञ्चारको विकास गर्ने चाइना मोबाइलले जनाएको छ । गत आइतबार ७ गते मात्रै ५३०० र ५८०० मिटर उचाइमा दुईवटा बेसस्टेसन जडान भइसकेको छ । यो इन्टरनेट झन्डै एक गिगाबाइट स्पिडको रहेको छ । आउँदो १३ गते ६५०० मिटर उचाइमा अर्काे दुई बेसस्टेसन जडान गरिनेछ । यस स्टेसनबाट सगरमाथाको चीनतर्फको शिखरसम्म फाइभ जीको नेटवर्क पहुँच हुनेछ । चीनको एक सय ५० जनाको टोलीले यस योजनामा काम गरिरहेको छ । मंगलबार फाइभ जी बेसस्टेसन जडान भएपछि चाइना टेलिकमले त्यहाँबाटै लाइभ स्ट्रिम गरी यस योजनाबारे घोषणा गरेको थियो । झन्डै ६० लाखभन्दा बढी मानिसले यो कार्यक्रम लाइभ हेरेका थिए । इन्टरनेटको पहुँचले आरोहणका लागि निकै नै सुविधा एवं उच्च सञ्चार सिर्जना गर्ने बताइएको छ ।  यसबाट सम्भावित अधिक जोखिमहरू न्यून हुनेछन् भने भविष्यमा पर्यटनका क्षेत्रमा चीनले उल्लेख्य प्रविधि प्रयोग गर्ने विश्लेषकहरूले जनाएका छन् । (एजेन्सी)
२०७७ बैशाख १० बुधबार १५:१६:००
https://www.nayapatrikadaily.com/news-details/41858/2020-06-01
science and technology
816,728
831,167
null
ओमको ओपीडी बन्द
काठमाडौं — नाकको शल्यक्रियाका क्रममा बुधबार कमला भट्टराईको मृत्यु भएपछि उत्पन्न विवादका कारण ओम अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।/n /nबिरामी पक्षले चर्को आन्दोलन गरेपछि घटनाबारे टुंगो नलागुन्जेलसम्मका लागि ओपीडी बन्द गरिएको अस्पतालले जनाएको छ । बिरामी पक्ष भने अस्पतालले कमलाको मृत्युमा डाक्टरको लापरबाही स्विकार्नुपर्ने अडान लिइरहेको छ । ‘हामीलाई शल्यक्रिया गरेको भिडियो देखाउनुपर्छ, घटनाको सत्यतथ्य नखुलेसम्म हामी शव बुझैनौं,’ बिरामीका आफन्त नारायण न्यौपानेले भने ।  यता अस्पतालले भने शल्यक्रियाको भिडियो नखिचिएको बताएको छ । ‘ओपन सर्जरीको भिडियो खिच्न मिल्दैन, उपचारको प्रक्रिया हो भने हामी देखाउन तयार छौं,’ अस्पतालका प्रशासन प्रमुख विजय प्याकुरेलले भने । /nघटनाको छानबिन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ । अध्यक्ष विनोदमान श्रेष्ठले चाँडै सत्यतथ्य बाहिर आउने बताए । अस्पताल निर्देशक डा. जागेश्वर गौतमले छानबिनमा अस्पतालले पूर्ण सहयोग गर्ने बताए । 
2017
https://ekantipur.com/news/2017/09/15/20170915074346.html
news
1,974,025
1,989,625
null
नेपालले यू१९ विश्वकप खेल्न एसिया छनोट जित्नुपर्ने
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ एकदिवसिय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले रोडम्याप सार्वजनिक गरेको छ । नेपाली यू१९ टोलीले सन् २०२२ को यू१९ विश्वकप खेल्न संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छ । नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता बनेको खण्डमा सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ विश्वकप खेल्न पाउने छ । एसिया छनोटमा नेपाल सहित पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, यूएई र मलेसियाले आइसीसी एसिया क्वालिफायरमा सिधै स्थान बनाएका छन् । अन्य दुई टोली एसिया डिभिजन २ बाट छनोट भएर एसिया क्वालिफायरमा आउने छन् । भुटान, हङकङ, ओमान, कतार, साउदी अरबिया, सिंगापुर र थाईल्यान्डले एसिया डिभिजन २ मा प्रतिस्पर्धा गर्ने छन् । जसका शीर्ष दुई टोलीले एसिया छनोटमा खेल्ने छन् । उक्त छनोट भएर आउने दुई टोलीसँगै नेपाल, यूएई र मलेसियाले एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छन् । विजेता विश्वकपमा पुग्ने छ । एसिया छनोटको मिति भने तय भएको छैन । यू१९ विश्वकप छनोटमा कुल ३३ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा पाँच टोलीले यू१९ विश्वकपमा स्थान बनाउने छन् । उक्त पाँच टोलीसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बावे सोझै विश्वकप खेल्ने छन् । टेष्ट टोली आयरल्यान्डले भने यूरोप छनोट खेल्नुपर्ने भएको छ । नेपाली यू१९ टोलीले सन् २०१६ यता यू१९ विश्वकप खेलेको छैन । नेपाल सन् २०१९ मा मलेसियामा भएको एसिया छनोटमा यूएईसँग वर्षाको कारण डकवर्थ लेविस पद्दतिको आधारमा एक रनले पराजित हुँदा सन् २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न यू१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो ।
पर्ने आइतबार
https://www.hamrokhelkud.com/cricket/80538.html
sports
1,660,876
1,675,315
cartoon
लकडाउनका कारण पुस्तक विमोचन प्रभावित
काठमाडौं : कोभिड-१९ र लकडाउनका कारण नेपालयको ‘महिला श्रृंखला २०२०’ अन्तर्गत मार्च महिनामा सार्वजनिक हुने तय भएका दुई वटा पुस्तकहरूको विमोचन प्रभावित भएको छ। नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले कोभिड-१९ ले संसारमा पुर्‍याएको प्रभाव बारे सबै जानकार रहेको भन्दै यसबाट प्रकाशन उद्योग पनि प्रभावित हुनु स्वाभाविक भएको बताइन्। उनले भनिन्, ‘संसारले ई बुक्सलाई अङ्गाल्न थालेको लामै समय भयो तर नेपालमा भने हामी कागजमा छापिएका प्रतिमै भर पर्दै आएका छौं। आजका मितिसम्म पनि हामी देवनागरी अक्षरका नेपाली किताबहरूलाई ई बुक्सका रुपमा सरल र भरपर्दो मध्यमबाट प्रकाशित गर्न संघर्ष गरि नै रहेका छौं। यस्तो अवस्थामा भर्चुअल माध्यम को महत्व झन् टड्कारै महसुस भएको छ। हामी हाम्रा नेपाली पुस्तकहरू सक्दो चाँडो ई बुकको रुपमा उपलब्ध गराउन प्रयत्नशील छौं।’ सार्वजनिक गर्नका लागि तयार पारिएका दुई पुस्तकहरू नेपाली महिला लेखकहरूको शैलीगत विशेषता र कथाभिव्यक्तिको विविधता समेट्ने प्रयत्न गरिएको छ। यो शृंखलाको पहिलो पुस्तक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पहिले नै विमोचन भइसकेको छ। श्रृंखलाको दोस्रो पुस्तकमा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ रहेको छ। एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ। यो कृति महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्छ। ‘नेपालय महिला श्रृंखला २०२०’को तेस्रो पुस्तक डा सुधा शर्माको ‘सिंहदरवारको धुम्ने मेच’ रहेको छ। यस पुस्तकले २००६ को आन्दोलनपछिको समयमा सरकारी सेवामा कार्यरत एउटी महिला सचिवको साहसिक कार्यसम्पादन र चुनौतिहरूको कथा बोकेको छ। तत्कालिन परिवर्तनले नेपाली समाजमा महिलाको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई स्थापित गरेको थियो। काठमाडौं : कोभिड-१९ र लकडाउनका कारण नेपालयको ‘महिला श्रृंखला २०२०’ अन्तर्गत मार्च महिनामा सार्वजनिक हुने तय भएका दुई वटा पुस्तकहरूको विमोचन प्रभावित भएको छ। नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले कोभिड-१९ ले संसारमा पुर्‍याएको प्रभाव बारे सबै जानकार रहेको भन्दै यसबाट प्रकाशन उद्योग पनि प्रभावित हुनु स्वाभाविक भएको बताइन्। उनले भनिन्, ‘संसारले ई बुक्सलाई अङ्गाल्न थालेको लामै समय भयो तर नेपालमा भने हामी कागजमा छापिएका प्रतिमै भर पर्दै आएका छौं। आजका मितिसम्म पनि हामी देवनागरी अक्षरका नेपाली किताबहरूलाई ई बुक्सका रुपमा सरल र भरपर्दो मध्यमबाट प्रकाशित गर्न संघर्ष गरि नै रहेका छौं। यस्तो अवस्थामा भर्चुअल माध्यम को महत्व झन् टड्कारै महसुस भएको छ। हामी हाम्रा नेपाली पुस्तकहरू सक्दो चाँडो ई बुकको रुपमा उपलब्ध गराउन प्रयत्नशील छौं।’ सार्वजनिक गर्नका लागि तयार पारिएका दुई पुस्तकहरू नेपाली महिला लेखकहरूको शैलीगत विशेषता र कथाभिव्यक्तिको विविधता समेट्ने प्रयत्न गरिएको छ। यो शृंखलाको पहिलो पुस्तक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पहिले नै विमोचन भइसकेको छ। श्रृंखलाको दोस्रो पुस्तकमा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ रहेको छ। एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ। यो कृति महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्छ।
11th April 2020, 05:04 pm | २९ चैत्र २०७६
https://pahilopost.com/content/20200411170443.html
misc
457,919
470,539
world
आगलागीबाट एकै परिवारको पाँच व्यक्तिको मृत्यु
७ माघ । भियतनामको दक्षिण शहर हो चि मिन्ह्मा मङ्गलबार बिहान सबेरै भएको एक आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजे सो आगालगी शुरु भएको थियो । आगलागीमा परेर एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ७०, ४४ र ३० वर्षका महिला, ४० र ३७ वर्षका पुरुष छन् । यस आगलागी नियन्त्रण २२ जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका र आगलागीको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । सन् २०१९ मा भियतनाममा भएका ३ हजार ७५५ वटा विस्फोट र आगलागीका घटनामा परी १ सय १२ जनाको मृत्यु हुनुका साथै अन्य १ सय ७७ जना घाइते भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार
https://www.reportersnepal.com/2020/01/388913
global
869,143
883,582
null
विद्युत् व्यापारको मार्गचित्र
यसै साताको सुरुआतमा भारतले सीमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधि सार्वजनिक गरेको छ । यो कार्यविधि सार्वजनिक हुनुले तत्कालीन फाइदा जति देखिएको छ, दीर्घकालका लागि नेपालले आफ्ना अडान र सर्तहरू राख्नेबारे पनि उत्तिकै सोच्नुपर्नेछ ।/nहाल नेपालमा विद्युत्को माग सबैभन्दा बढी खपत हुने समय (पिक आवर) मा १,३७५ मेगावाट हाराहारी छ । विद्युत् प्राधिकरणको प्राविधिक उल्झनलाई छोड्ने हो भने अब नेपालमा लोडसेडिङ हुने अवस्था छैन । कतिपय मानिसले सोच्ने गरेजस्तो कुलमान घिसिङ नेतृत्वमा हुनु र नहुनुको फरक लोडसेडिङमा पर्नेछैन । अबको चिन्ता भनेको नेपालमै उत्पादन भइरहेको विद्युत्को खपत बढाउनु र बढी भएको विद्युत्लाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नु हो । हिउँदमा पिक आवरमा माग धान्नका लागि भारतबाट विद्युत् आयात हुँदै आएको छ भने, अफ आवर (मध्य दिउँसो र मध्य रातमा) र बर्खायाममा भारततर्फ निर्यात हुँदै आएको छ । वर्षभरि आयात र निर्यातको अवस्था हेर्ने हो भने लगभग बराबर छ ।/nहालै भारतले सार्वजनिक गरेको कार्यविधिका कारण अब नेपाललाई बर्खायाममा खेर जाने विद्युत् बिक्री गर्न सजिलो हुनेछ जुन त्यसको सबैभन्दा सकारात्मक पक्ष हो । यसअघि भारतको पावर एक्सचेन्ज मार्केटमा बर्खायाममा नेपालले विद्युत् खेर जाँदा पनि बिक्री गर्न सकिरहेको थिएन । तर अब कानुनी बाटो खुलेपछि आउँदो बर्खायाममा खेर जाने विद्युत् बोल–कबोलमार्फत बेच्नका लागि आवश्यक प्राविधिक र प्रक्रियागत पक्षको गृहकार्य ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले अहिलेदेखि नै गर्दै जानुपर्ने देखिन्छ । तर कार्यविधि सार्वजनिक भएपछि नेपालले भारतलाई विद्युत् बिक्री गर्न सक्ने तत्कालीन फाइदा देखिए पनि चीनको लगानीमा बनेका आयोजनाको विद्युत् नकिन्ने स्पष्ट आशय भारतले व्यक्त गरिसकेको छ । यसको तत्काल केही असर परिहाल्ने नदेखिए पनि दीर्घकालमा भने नेपालमा उत्पादित विद्युत् खेर जाने अवस्था आउन नदिन अहिलेदेखि नै सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।/nभारतले देशको नाम स्पष्ट नतोके पनि आफ्नो सम्झौता नभएका देशहरूको लगानीमा उत्पादन हुने विद्युत् खरिद नगर्ने भनेर कार्यविधिमा उल्लेख गर्नुको स्पष्ट सन्देश नेपालमा चिनियाँ लगानीमा बन्ने विद्युत् आफूले खरिद नगर्ने भन्ने नै हो । नेपालले विद्युत् उत्पादनका लागि चीनबाट ठूलो लगानी भित्र्याउने तयारी गरिरहेका बेला भारतको यो आशयले नेपाली पक्षलाई लगानी भित्र्याउँदा बजार विस्तारको दूरदृष्टि राख्न झकझकाएको छ ।/nभारतले कार्यविधि सार्वजनिक गरेको र नेपालले पनि उत्पादनका लागि विदेशी लगानी भित्र्याउन चाहिरहेका बेला नेपालमा आन्तरिक खपतबाहेक बढी हुने विद्युत्लाई अब तीन तरिकाबाट विश्लेषण गर्नुपर्छ— भारतमा बिजुली निर्यात गर्ने, आन्तरिक खपत बढाउने र आन्तरिक उत्पादकसँग गर्ने पीपीएबारे पुनर्विचार गर्ने ।/nपीपीए गरिसकेपछि विद्युत् प्राधिकरणले नेपालका निजी उत्पादकहरूसँग विद्युत् लिए पनि नलिए पनि प्रतियुनिटको पैसा तिर्ने सर्त हुन्छ । गत कात्तिकमा रातको समयमा झन्डै ३०० मेगावाट र दिउँसोको समयमा २०० मेगावाट विद्युत् खेर गएको थियो जुन पैसामा हिसाब गर्ने हो भने विद्युत् प्राधिकरणलाई लगभग दैनिक ३०० करोड बराबरको घाटा भएको थियो । ऊर्जा मन्त्रालयले जनाए अनुसार, हाल निर्माणाधीन १ मेगावाटभन्दा बढी क्षमताका हाइड्रोपावरहरू जम्मा २२० वटा छन् र तिनीहरूबाट ७,५११ मेगावाट विद्युत् उत्पादन हुनेछ । त्यस्तै, १ मेगावाटसम्मका २५ वटा आयोजना बन्दै छन् जसबाट झन्डै २० मेगावाट विद्युत् उत्पादन हुनेछ ।/nप्राधिकरणको प्रक्षेपणअनुसार पनि विद्युत्को आन्तरिक खपत बढ्न सकेको छैन । उदाहरणका लागि, प्राधिकरणले सन् २०२० सम्म २,२८४ मेगावाट खपत हुने प्रक्षेपण गरेको थियो तर जम्मा १,३७५ मेगावाट भयो । विद्युत्को माग वार्षिक १० देखि १५ प्रतिशतले वृद्धि हुँदै आएको छ । यसले आगामी पाँच वर्षमा २,५०० मेगावाट मात्र माग हुने देखिन्छ । तर राष्ट्रिय प्रसारण लाइनमा ८,००० मेगावाटभन्दा बढी जोडिनेछ । यसरी प्राधिकरणसँग आन्तरिक खपतभन्दा झन्डै ३०० प्रतिशत बढी विद्युत् हुनेछ । माग र आपूर्तिको यो बेमेलले देशको अर्थतन्त्रमै ठूलै असर गर्छ । आन्तरिक रूपमा विद्युत् खपत हुने इलेक्ट्रिक साधनहरू, विद्युतीय उपकरणहरू साथै इन्डक्सन चुलोहरूमा सरकारले हाल सालै बढाएको करका कारण तिनीहरूको प्रयोगमा कमी आएको र प्रक्षेपण गरेअनुसार विद्युत्को खपत बढ्न सकेको छैन । यसरी बढी भएको विद्युत् कि त नेपालमै धेरैभन्दा धेरै उद्योग कलकारखानाबाट खपत हुनुपर्‍यो अथवा भारत वा अन्य देशमा निर्यात गर्नुपर्‍यो ।/nनेपालमा ठूलो स्तरका कलकारखाना वा उद्योग खुल्ने कुरा नेताको खोक्रो भाषणमा मात्रै सुनिन्छ । झन् तिनीहरूले नै निम्त्याएको राजनीतिक अन्योलले गर्दा विद्युत् धेरै खपत गर्ने र ठूलो लगानीका कलकारखाना खुल्ने कल्पनै गर्न सकिन्न । हाल प्रतिव्यक्ति ऊर्जा खपत २६० युनिट छ, जुन सन् २०२० सम्म ३५० सम्म पुर्‍याउने लक्ष्य विद्युत् प्राधिकरणको थियो । विभिन्न अनुसन्धानले देखाएअनुसार प्रतिव्यक्ति ऊर्जा खपत बढेपछि जीडीपी पनि बढ्छ । त्यसैले नेपालको समग्र विकासका लागि प्रतिव्यक्ति ऊर्जा खपत बढ्नु नितान्त आवश्यक छ । स्तरोन्नति र विद्युत् उत्पादनमा ठूलै फड्को मार्दै गर्दा अबको चिन्ता भनेको विद्युत् आन्तरिक रूपमा अपेक्षित खपत नहुनु र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न नसक्नु हो ।/nसोझो हिसाबमा प्रतिमेगावाट बिजुली उत्पादनका लागि सालाखाला २० करोड रुपैयाँ लाग्छ । अहिले विद्युत् उत्पादनमा १५ खर्ब बराबरको लगानी भइरहेको छ जुन नेपालको एक वर्षको कुल बजेट हो । यो विद्युत् आन्तरिक खपतमा वृद्धि र अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन सकेन भने प्राधिकरणसँगै देशको आर्थिक अवस्था पनि गहिरो संकटमा पर्नेछ । यी सबै हाइड्रोपावर जनताको पैसाबाट बनेका हुन् र यिनीहरूबाट उत्पादित विद्युत्ले प्राधिकरणलाई नाफामा लैजाओस् भन्नका लागि अहिले नै गम्भीर रूपमा भारतसँग वार्ता गरी दुवै पक्षलाई विन–विन हुने मोडालिटीमा जानुको विकल्प छैन ।/nनेपाल र भारतबीच विद्युत् किनबेचबारे सन् १९७१ मा सम्झौता भएको थियो र आजसम्म त्यसैअनुसार विद्युत् आदानप्रदान गरिँदै आएको छ । ५ मेगावाटबाट सुरु भएको विद्युत् आदानप्रदान आज झन्डै ३०० मेगावाटसम्म पुगेको छ, तर त्यही पाँच दशक पुरानो सम्झौतामा टेकेर । नेपालमा जुन स्तरमा विद्युत् उत्पादन हुँदै छ, त्यसलाई बेच्न मिल्ने समयानुकूल परिवर्तन गर्न ढिला भइसकेको छ । प्रधानमन्त्रीले उद्घाटन गरेको धनुषाको ढल्केबरस्थित सबस्टेसनबाट झन्डै १,००० मेगावाट विद्युत् भारत निर्यात गर्न सकिन्छ ।/nभारतले नेपालको विद्युत् आयातमा किन चासो नराखेको हो भने, ऊ आफैं नेपालका ठूला विद्युत् आयोजनाहरू निर्माण गर्न चाहन्छ । जसरी अरुण तेस्रो र तल्लो अरुणको निर्माणको जिम्मा भारतीय कम्पनीहरूले पाएका छन्, त्यसरी नै अरू ठूला आयोजनाहरू हात पार्ने उसको दाउ छ । त्यसैकारण पनि उसले चिनियाँ लगानीमा उत्पादन हुने विद्युत् नकिन्ने आशय कार्यविधिमा व्यक्त गरेको देखिन्छ ।/nएमसीसीमा भारतको मौन समर्थन नेपालमा उत्पादित विद्युत् त्यता लैजान सकियोस् भनेरै रहेको हो । एकसरो हेर्दा आफ्नो देशको विद्युत् उत्पादन आफैं गर्नुपर्छ जस्तो लागे पनि खरिद गर्ने पक्ष सधैं हावी हुनु अर्थतन्त्रको सामान्य सिद्धान्त नै हो र भारतले यो कुरा राम्रोसँग बुझेको छ ।/nअरुण तेस्रोबाट उत्पादित विद्युत्को कुल २१ दशमलव ९ प्रतिशत अर्थात् करिब २०० मेगावाट नेपाललाई दिने र उत्पादन थालेको २५ वर्षपछि नेपालको स्वामित्वमा आउने सर्तमा निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिइएको हो । आजसम्मको स्थिति हेर्दा नेपाल आफैंले बनाएका ठूला आयोजनाहरूबाट उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने देखिँदैन । त्यसैले अरुण मोडालिटीमा जानु प्रभावकारी हुनेछ, तथापि त्यसमा सर्तहरू नेपाल माथि पर्ने गरी राख्नुपर्छ । समयसीमाभित्रै आयोजनाबाट विद्युत् उत्पादन गर्नेजस्ता सर्त राख्न सकियो भने नेपाल हावी हुन पाउनेछ । भारत अहिले पनि जति दिने उति लिने नीतिमा रहेको देखिन्छ ।/nत्यसैले अबको विकल्प हो— आन्तरिक खपतमा जोड दिने, पीपीए गर्दा विद्युत् मूल्यको मोडालिटी परिवर्तन गर्ने र ठूला आयोजनाहरू अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी अरूलाई नै निर्माण गर्न दिने । पीपीए अहिलेको जस्तो बिनाप्रतिस्पर्धा गर्नु हुँदैन । खुला प्रतिस्पर्धाबाट गर्दा अहिलेको भन्दा कम मूल्यमा बिजुली किन्न र चाहिएका बेला मात्र किन्न सकिनेछ जसका कारण प्राधिकरण अन्तर्राष्ट्रिय बजारमा कम मूल्यमा विद्युत् बेच्ने हैसियत राख्न सक्ने हुन्छ ।/nविद्युत्को माग अन्तर्राष्ट्रिय स्तरमा बढिरहेको छ । भनिन्छ, निकट भविष्यमै देशदेशबीच केही कुरालाई लिएर ठूलो द्वन्द्व भयो भने त्यो पानीसम्बन्धी हुनेछ । नेपालमाथि छिमेकीको आँखा पर्नुको एउटा प्रमुख कारण हाम्रो जलस्रोत र विद्युत् उत्पादनको असीमित सम्भावना पनि हो । यो कुरा जति हाम्रा नेताले बुझेका छन्, त्योभन्दा ज्यादा विद्युत् खरिद गर्न चाहने भारत लगायतका छिमेकी देशले बुझेका छन् । त्यसैले तौलँदा आफूमाथि रहेको र हावी हुन सक्ने यस्ता विषयमा दीर्घकालीन रूपमा देशलाई माथि पार्न कसरी सकिन्छ भनी नेता र नीतिनिर्माताले सोच्नुपर्छ ।/nविद्युत् केवल भाषणमा होइन, व्यवहारमा बेच्नका लागि प्राविधिक र कानुनी अडचन कहाँ छन्, तिनलाई सल्ट्याउनतर्फ समयमै चिन्तन गर्न आवश्यक छ । ताकि आउँदा वर्षहरूमा नेपालले भारत, बंगलादेश लगायतलाई विद्युत् बेचेर आर्थिक समृद्धि ल्याओस् न कि खपतबाहेकको उत्पादित बिजुली देशको अर्थतन्त्रलाई पिरलो बनोस् ।/n(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट)/n
2021
https://ekantipur.com/opinion/2021/03/03/161478203522923120.html
opinion
2,164,724
2,180,728
null
माधव नेपाल एकीकृत समाजवादीको संसदीय दलको नेता बन्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ । आज बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेतामा चयन गर्न बताइएको छ । आजको बैठकले प्रमुख सचेतक तथा सचेतक समेत चयन गर्ने बताइएको छ । नेपाल नेतृत्वबाट सरकारमा सहभागीता नभएको कारण मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन । संसदीय दलको नेता छनोटपछि सरकारमा जाने विषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठक ११ बजे नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।
२०७८,भाद्र,१३,आईतवार १०:२६
https://www.lokpath.com/story/444436
misc
1,058,396
1,072,835
null
तीन दल बैठक निष्कर्षविहीन
काठमाडौ — अवरुद्ध संसद् खुलाउन बसेको तीन दल बैठक निष्कर्षविहीन भएको छ । प्रमुख प्रतिपक्षी एमाओवादीले चार बुँदे सहमति कार्यान्वयन नभएको र सरकारले रकमान्तर गरी बजेट दुरुपयोग गरेको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
2014
https://ekantipur.com/Other/2014/06/04/390260.html
misc
1,523,919
1,538,358
राष्ट्रिय समाचार
दाङबाट काठमाडौं हिँडेको बस कावासोतीमा दुर्घटना, ४ जना गम्भीर
२९ कात्तिक, कावासोती । नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख  ६३०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले दिएको जानकारी अनुसार गम्भीर घाइते ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन पठाइएको छ । सामान्य घाइते १२ जनाको भने कावासोतीकै कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको आशंका गरिए पनि चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ । विजय चालिसेबाट
२०७५ कार्तिक २९ गते ८:२१ मा प्रकाशित
https://www.onlinekhabar.com/2018/11/719654
news
1,814,781
1,829,227
null
डढेलोका कारण अष्ट्रेलियाका दुई राज्यमा संकटकाल घोषणा
क्यानबेरा (बीबीसी)। देशको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा ूभयावहू खतरा उत्पन्न भएपछि अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन्। मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन्। अधिकारीहरूले मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने बताएका छन्। ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ। आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन्। क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ। ‘हामी सबैले यस विषयमा सतर्क रहनुपर्छ र कुनै पनि हालतमा सुस्तता आउन दिनु हुँदैन,’ न्यू साउथ वेल्स राज्यकी प्रमुख ग्लाडिस बेरेजिक्लियनले भनिन्। जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ। ुकालो शनिवारु भनेर चिनिने एउटा प्रकोपपश्चात् एक दशक अघि आगलागीको खतराबारे त्यहाँ नयाँ मापदण्ड बनाइएको थियो। त्यसयता पहिलो पटक न्यू साउथ वेल्सका अधिकारीहरूले आगलागी खतराको तहमा पुगेको चेतावनी जारी गरेका छन्। सिड्नीको उत्तर र दक्षिण सहित ठूलो क्षेत्रमा पनि यस्तै चेतावनी दिइएको छ। मंगलवार तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ। आगलागीको खतरा सबैभन्दा धेरै न्यू साउथ वेल्समा देखिएको छ। आगलागी भएकामध्ये कतिपय सुक्खा प्रभावित क्षेत्र पनि छन्। आगोको मुस्लोका बीच घरहरूमा मानिसहरू फसेको खबरहरू पनि आएका छन्। उक्त राज्यमा मात्र एक हजार जनाभन्दा बढी अग्नी नियन्त्रकहरू खटाइएको अधिकारीहरूले जनाएका छन्। वर्षा नहुन्जेल कतिपय स्थानमा आगलागी नियन्त्रण गर्न कठिन हुने अधिकारीहरूले चेतावनी दिएका छन्। आगलागीका कारण दुषित बनेको हावाले रोगव्याधीको खतरा पनि बढेको चेतावनी दिइएको छ।
२०७६ कार्तिक २५ गते २०:४६
https://www.dcnepal.com/2019/11/90882/
null
2,566,003
2,582,007
samachar
खरीपाटी क्वारेन्टाईनमा रहेका ९६ जनाको कोराेना जाँचका लागि नमुना संकलन
सरकारले भक्तपुरको खरीपाटी क्वारेन्टाईनमा बसेकाहरूको नमुना संकलन गरेको छ । विदेशबाट आएर खरिपाटी क्वारेन्टाईनमा बसेकाहरूको नमुना संकलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार खरिपारटीका ९६ जनाको नमुना संकलन गरि परीक्षणको तयारी गरिएको हो । आज खरिपाटी क्वारेन्टाइनमा रहेका सबै ९६ जनाको नमुना संकलन गरिएको अवस्था छ उनले भने । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशीबाट आएकालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो । अनुमतिबिना नेपाल आएकाहरू १४ दिन क्वारेन्टाइनमै बस्नुपर्ने व्यवस्था गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही चैत ५ गतेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धविपरित अनुमतिबेगर आएका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो ।
शुक्रबार, चैत २१, २०७६, १६:४७:००
https://shilapatra.com/detail/24336
news
878,386
892,825
null
जिरुडले उछिने प्लाटिनीलाई
लन्डन — चेल्सीका ओलिभियर जिरुड फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी भएका छन् । यस क्रममा उनले मिचेल प्लाटिनीलाई उछिनेका छन् ।/nफ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीफूर्ण खेलमा युत्रेनलाई बुधबार ७–१ ले हराउँदा जिरुडले यो उपलब्धि हात पारेका हुन् । फ्रान्सका लागि सयौंपल्ट खेल्दै ३४ वर्षीय जिरुडले ४२ औं गोल गरेका थिए ।/nफ्रान्सका लागि सबैभन्दा बढी गोल गरेको कीर्तिमान थिएरी हेनरीको नाममा छ । अब हेनरीको त्यो प्रदर्शनबाट जिरुड ९ गोलले पछाडि छन् । त्यस खेलमा फ्रान्सका लागि पहिलो गोल १७ वर्षीय एडुवार्डो कामाभिन्गाले गरे । उनी फ्रान्सका लागि गोल गर्ने दोस्रो कान्छो खेलाडी बने ।/nबुधबारको अर्को महत्त्वपूर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेले । पोर्चुगलका दुई प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसमध्ये एक प्रहार युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा रह्यो । जर्मनी र टर्कीले ३–३ को बराबरी खेले । इटालीले माल्दोभालाई ६–० ले हरायो । फ्लोरेन्समा भएको यो खेलमा ३३ वर्षे फ्रान्सेस्को क्यापुटो डेब्यू खेलमा गोल गर्ने इटालीका पाका खेलाडी भएका छन् ।
2020
https://ekantipur.com/sports/2020/10/09/16022184848643936.html
sports
1,769,745
1,784,190
international
फ्रान्समा कारखाना बनाउँदै हुवावेई 
पेरिस (फ्रान्स) । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईले फाइभजीमा सरकारको निर्णय जे भए पनि आफ्नो कारखाना खोल्ने निर्णय गरेको छ । हुवावेईका एक वरिष्ठ अधिकारीले बुधवार यस्तो जानकारी दिएका हुन् । यसुअघि गत साता कम्पनीले फ्रान्समा आफ्नो कारखाना बन्ने तयारी भइरहेको बताएको थियो । पछिल्लो समय अमेरिकाले लगाएको प्रतिबन्धको कारण कम्पनीमाथि आशंका भइरहेको समयमा हुवावेईले फ्रान्समा कारखाना निर्माणको महत्वपूर्ण निर्णय गरेको हो ।  अमेरिकाले जासुसीको आशंका गर्दै हुवावेईको उपकरण आफ्नो फाइभजी नेटवर्कमा प्रयोग नगर्न आफ्ना सहयोगी मुलुकलाई चेतावनी दिँदै आएको छ  अहिले अमेरिका–चीन व्यापारयुद्धको केन्द्रमा पनि हुवावेई परेको छ । विशेषगरी उसको नयाँ पुस्ताको इन्टरनेट फाइभजीको विषयमा अमेरिकाले आशंका व्यक्त गर्दै आएको छ । हुवावेईले भने अमेरिकाको यो आरोप निराधार रहेको बताउँदै आएको छ । उसले आफूले विशुद्ध व्यापार गर्दै आएको र त्यसमा अरु केही नभएको उसको भनाइ छ ।  यूरोपमा फाइभजीको व्यापार बढाउने योजनामा अहिले हुवावेईले संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा फ्रान्सले पनि फाइभजी उपकरणको लागि प्रयास गरिरहेको छ । जसमा हुवावेईलाई पनि समावेश गरिएको छ । हुवावेई फ्रान्सका मिङकाङ चाङले यो कम्पनीको नीति अनुसार नै फ्रान्समा यो कारखाना स्थापना गरिन लागेको र यसमा सरकारको निर्णय कस्तो रहने भन्ने कुराले अर्थ नराख्ने बताए । गत साता हुवावेईले पहिलो चरणको कामको लागि २० करोड यूरो खर्च गर्ने बताएको थियो । अहिलेसम्म फ्रान्सको कुन स्थानमा कारखाना स्थापना गरिने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।  बुधवार फ्रान्सका अर्थमन्त्री ब्रूनो ले मायरले हुवावेईको कारखाना निर्माणको सम्बन्ध फ्रान्सको फाइभजीको निर्णयसँग नहुने बताएका थिए । अहिले फाइभजी निर्माणको लागि फ्रान्समा हुवावेईका साथै नोकिया र एरिक्शनको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । एजेन्सी  
Mar 5, 2020
https://www.abhiyandaily.com/newscategory-detail/363234
global
932,286
946,725
null
सोलारले गाउँ झिलिमिली
सल्यान — शारदा नगरपालिका ७ स्थित ओखरेनी गाउँका करिब दुई सय घरधुरीमा सौर्य ऊर्जा (सोलार) जडान भएपछि गाउँ झिलिमिली बनेको छ । सबैले सौर्य ऊर्जा जडान गरेपछि स्थानीयले अँध्यारोबाट मुक्ति पाएका छन् ।/nस्थानीयले व्यक्तिगत खर्चमै सोलार जडान गरेका हुन् । सोलारबाटै स्थानीयले टीभी हेर्ने र विभिन्न इलेक्ट्रोनिक सामग्री सञ्चालन गर्ने गरेका छन् । सोलारका कारण गाउँमा मोबाइल प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । /n/nयसअघि सल्लाको झर्को बाल्ने गरेका स्थानीयको जनजीवन सोलार जडान गरेपछि सहज बन्दै गएको छ । स्थानीय बलबहादुर थापाले सोलारका कारण विभिन्न घरायसी कामकाजमा सजिलो भएको बताए । विद्युत् प्राधिकरणले गाउँसम्म लाइन विस्तार नगरेपछि सबै घरमा सोलार प्रयोग भइरहेको उनको भनाइ छ । गाउँ नजिकैको कजेरीको रामेखोलासम्म मात्र प्राधिकरणले लाइन विस्तार गरेको छ । प्राधिकरणले गाउँमा दुई वर्षअघि नै पोल गाडेको थियो । /n/nपोल गाडेका कारण लाइन विस्तार गर्न पटक–पटक स्थानीयले आग्रह गरेका थिए । ‘धेरै पटक लाइन विस्तार गर्न ध्यानाकर्षण गरायौं,’ उनले भने,‘बेवास्ता भएपछि सबैले घरघरमा सोलार जडान गरेका हौं, सोलारबाटै विद्युत्बाट हुने सबै काम गर्दै आइरहेका छौं ।’ उनले विद्युतीकरण भएका सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा लोडसेडिङ हुँदासमेत आफूहरूले सोलारमार्फत चौबीसै घण्टा विद्युत् सेवा पाइरहेको बताए ।/nस्थानीय शेरबहादुर बुढाका अनुसार ओखरेनी शारदा नगरपालिकाको सबैभन्दा दुर्गम क्षेत्र हो । सोलारबाट एक घरमा चारदेखि ६ वटासम्म बल्ब बल्ने गरेका छन् । उनले सोलार जडान भएपछि बालबालिकाको पठनपाठन प्रभावकारी बन्दै गएको जानकारी दिए । मोबाइल, रेडियो, टेलिभिजनलगायत इलेक्ट्रोनिक सामग्री मोबाइलबाटै सञ्चालन भइरहेको उनले जनाए । /nजिल्लामा विद्युत् सुविधा पुगेका अधिकांश स्थानमा अनियमित लोडसेडिङ बढ्दै गएका बेला ओखरेनी बासिन्दाले भने त्यसबाट मुक्ति पाएका छन् । स्थानीय रेमन्त थापाले सोलार प्रयोग गर्दा लोडसेडिङ र मासिक महसुल तिर्नुपर्ने झन्झट नरहेको बताए । ‘दिनभरि घाममा चार्ज हुन्छ,’ उनले भने ।
2018
https://ekantipur.com/pradesh-6/2018/10/01/153836976547169812.html
national
1,856,475
1,870,921
null
रानु मण्डलको मेकअपले सामाजिक संजालमा ओइरियो ट्रोल
काठमाडौं। युट्युबमा लता मंगेसकरको गीत ‘एक प्यारका नग्मा हे’ गाएपछि चर्चित बनेकी रानु मण्डल विवादमा परेकी छिन्। अत्यधिक मेकअप गरेपछि मण्डल विवादमा परेकी हुन्। युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउन लगाए। त्यस गीतको नाम थियो ‘तेरी मेरी कहानी’। यसपछि रानु मण्डलको जीवनमा ठूलो परिवर्तन आएको थियो। उनी सडकबाट स्टेजसम्म पुगिन्। हालै एक कार्यक्रमा हिमेससँगै रानु मण्डल पुगेकी थिइन्। तर त्यहाँ उनी अत्यधिक मेकअपमा देखिएपछि त्यसै समयको फोटो यतिबेला इन्टरनेटमा भाइरल बनेको छ। सामाजिक संजाल प्रयोगकर्ताले रानु मण्डलले नसुहाउँदो मेकअप गरेको बताइरहेका छन्। उनी तीव्र आलोचना भइरहेको छ।
२०७६ मंसिर १ गते १६:०७
https://www.dcnepal.com/2019/11/92987/
null
2,468,585
2,484,589
news
नेतृत्व परिवर्तन गर्न सकेनौँ भने काँग्रेसका लागि आउँदो दिन पनि गाह्रो हुनेछ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् । शनिवार काँग्रेस काठमाडौंका सभापतिका उम्मेदवार कृष्ण बानियाँ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा नेता सिंहले उनले भने, ‘१३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा २३ सिटमा पार्टी झरेको थियो । केन्द्रको नेतृत्व यदि हामीले परिवर्तन गर्न सकेनौँ भने काँग्रेसलाई आउँदो दिन पनि गाह्रो हुन्छ ।’ काँग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणालीपनि खल्बल्लिने बताए । ‘काँग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सकिने रहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ,’ सिंहको भनाइ छ । सिंहले काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताए । ‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक छ’, उनले भने .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:700;font-size:120%} .groupTitle:after{content:"";position:absolute;bottom:0;left:0;right:0;height:.8em;border-top:2px solid #ddd;z-index:-1}.groupTitle.ratopati-deeplink { margin-bottom: 20px !important; } .ratopati-deeplink span { padding-left: 0px !important; position: absolute !important; top: -20px !important; font-size: 20px !important; } .ratopati-deeplink-img { margin-bottom: 0px; } .ratopati-deeplink-img img{ margin-left: 0px !important; min-width: 100% !important; } .ratopati-deeplink-paragh { width:100% !important; vertical-align: middle !important; line-height: 25px !important; } .ratopati-deeplink-paragh a{ font-weight: 600; text-align: left; color: #D12229; font-size: 20px; text-decoration: none; } .ratopati-deeplink-mobile { width: 15%; vertical-align: middle !important; } .ratopati-deeplink-mobile img{ max-width:90px !important; } @media (max-width: 767px) { .ratopati-deeplink-mobile { width: 30% !important; } .ratopati-deeplink-paragh a{ font-size: 14px; } .ratopati-deeplink-paragh { line-height: 18px !important; } }  
मंसिर ११, २०७८
https://ratopati.com/story/208581/2021/11/27/prakashna-man-singh-
news
737,675
752,006
राजनीति
उमाकुण्ड– ५ मा नेकपाका बस्नेत निर्वाचित
रामेछापको उमाकुण्ड गाउँपालिका– ५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कुलबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ७ सय ६९ मत प्राप्त गरी उनी वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारले ३ सय ८० मत प्राप्त गरिन् । यस्तै समाजवादी पार्टी नेपालका उम्मेदवार राजकुमार सुनुवारले १० मत प्राप्त गरे भने राप्रपा संयुक्तका हर्कबहादुर तामाङले ५ मत प्राप्त गरेका छन् । 
मंसिर १५, २०७६
https://lokaantar.com/story/93471/2021/12/22/sports/cricket-
politics
334,514
347,052
सेयर बजार
१.९२ अंक घट्यो नेप्से
मंगलबार नेप्से परिसूचक १ दशमलव ९२ अंक घटेर बन्द भएको छ । परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स १ दशमलव शून्य १ अंक घटेकाले राम्रा कम्पनीहरूको सेयर मूल्य बढ्न नसकेको देखिन्छ । सोमबारको तुलनामा कारोबार रकम मंगलबार घटेर ४४ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।  मंगलबार १ हजार १ सय ६८ दशमलव ६१ बिन्दुबाट सुरु भएको नेप्से १ हजार १ सय ७१ दशमलव ४९ बिन्दुभन्दा माथि जान सकेन । करिब एक घन्टासम्म बढेको बजार सोपछि अन्त्यसम्म घटेर १ हजार १ सय ६३ दशमलव शून्य २ बिन्दुसम्म पुगेको थियो । बजार बन्द हुने वेलामा घटेर परिसूचक अलि तल पुगेपछि केही अल्पकालीन लगानीकर्ताहरूले सेयर खरिद गर्ने गरेका छन् । सोहीअनुसार मंगलबार बन्द हुने आधा घन्टाअघि परिसूचक थोरै उक्लिएर १ हजार १ सय ६६ बिन्दुमा बन्द भएको हो ।  मंगलबार कारोबार भएका १२ समूहको परिसूचकमा ६ समूहको बढेको छ भने ६ को घटेको छ । गत दिनहरूमा अरूभन्दा बढी बढेको जीवन बिमाको परिसूचक यस दिन घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत् र लघुवित्तको परिसूचक बढेको छ भने बाँकीको घटेको छ ।  यस दिन कुल १ सय ७७ कम्पनीको सेयर किनबेचमा ७९ वटाको मूल्य बढेको छ भने ६४ वटाको घटेको छ । ३४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात १ दशमलव २३ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बुलिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ६२ दशमलव ४२ स्केलमा नेप्से छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सामान्य रहेको संकेत गर्छ ।  मंगलबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय ६६ दशमलव ८५ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार १ सय ६६ दशमलव शून्य ३ छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दु थोरै तल रहेकाले बुधबार परिसूचक घट्ने संकेत गर्छ । मंगलबारको बन्द बिन्दुबाट घटेमा १ हजार १ सय ६२ दशमलव २० बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार १ सय ७० दशमलव ६७ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । सोमबारको कारोबारबाट छोटो पुच्छर भएको सेतो मैनबत्ती थियो । यसले बजार बढ्ने संकेत गरेको थियो । मंगलबार उक घन्टासम्म बढेको बजार सोपछि घटेको छ । मंगलबारको कारोबारबाट कालो सामान्य डोजी आकृति बनेको छ । यसले बुधबार बजार अन्योल हुने सकेंत गदर्छ ।  नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार, एनटिसीको लाभांश बुकपछि सेलिङ प्रेसर मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड १७ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ७४ रुपैयाँ कायम भएको छ । कम्पनीले बम्पर लाभांश घोषणा गर्ने हल्लाले कारोबार रकम बढ्न पुगेको हो । दोस्रोमा शिवम् सिमेन्टको २ करोड ७८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटडेका सेयरधनीहरूले ४५ प्रतिशत नगद लाभांश बुक गरी सेयर बिक्री गर्दा सेयर मूल्य घटेको हो । कम्पनीले गत आवको नाफाबाट प्रतिसेयर ४५ रुपैयाँ नगद वितरण गर्न सभा बोलाएको छ । उक्त लाभांश पुस १२ गते सोमबारसम्म कायम सेयरधनीहरूले पाउने हुन् । सोमबार सेयर खरिद गरी लाभांश बुक गरेका सेयरधनीहरूले मंगलबार बिक्री गर्दा सेयर मूल्य घटेको हो । यस दिन विशाल बजार कम्पनी र सिभिल लघुवित्तको सेयर मूल्य ७ प्रतिशत बढेर बन्द भएको छ ।  बोर्डमा ढुंगाना, श्रेष्ठ र गिरीको नाम सिफारिस नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट करिब अन्तिम चरणमा पुगेको छ । सोमबार राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको नेतृत्वमा भएको अन्तर्वार्तापछि भीष्मराज ढुंगाना, नीरज गिरी र केशव श्रेष्ठको नाम सिफरिस भएको हो । आवेदकहरूको व्यक्तिगत विवरण कार्यानुभव र कार्यपत्रको प्रस्तुतिको आधारमा उत्कृष्ट तीनजनाको नाम सिफारिस गरेको संयोजक फुँयालले जानकारी दिएका छन् । छानिएका तीनजनामध्ये सरकारले अध्यक्षको लागि एकको नाम छनोट गर्नेछ ।  गत कात्तिक महिनादेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदका लागि आठजनाले नाम सिफारिस गराएका थिए । अर्थमन्त्रालयको छनोट समितिले पहिलो चरणमा पाँच जना भीष्मराज ढुंगाना, निरज गिरी, केशव श्रेष्ठ, सीताराम थपलिया र नवराज अधिकारीको नाम छनोट गरेको थियो । सोमबारको अन्तर्वार्तापछि सीताराम थपलिया र नवराज अधिकारी बाहिरिएका हुन् ।  भीष्मराज ढुंगाना र नीरज गिरी बोर्डका कर्मचारी हुन् । भीष्मराज ढुंगाना बोर्ड सञ्चालक समितिका सदस्य हुन् भने निरज गिरी बोर्डका कार्यकारी निर्देशक हुन् । अर्थमन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । नेप्सेमा साता कम्पनीको बोनसकोे मूल्य समायोजन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ कम्पनीको बोनस सेयरको मूल्य समायोजन भएको छ । साधारणसभामा बोनस सेयर प्रस्ताव गरेका कम्पनीहरूको बुक क्लोजको दिन नेप्सेले मूल्य समायोजन गर्ने गरेका छन् । बुक क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले कम्पनीहरूले घोषणा गरेको लाभांश पाउन सक्नेछन् ।  नेप्सेमा जानकी फाइनान्स, प्राइम कमर्सियल बैंक, महुली लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंक, युनाइटेड फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन भएको हो । नेप्सेले प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस सेयरको समायोजनपछि मूल्य २४० दशमलव ५२, सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत समायोजनपछि मूल्य ५४७ दशमलव २७, साना किसान विकास लघुवित्तको २७ दशमलव २५ प्रतिशत समायोजनपछि मूल्य ७८४ दशमलव २८, महुली लघुवित्तको २० प्रतिशत समायोजनपछि मूल्य ७५० दशमलव ८३ तोकेको छ । साथै, जानकी फाइनान्सको २२ प्रतिशत बोनस सेयरको समायोजन पछि मूल्य १६३ दशमलव ११, युनाइटेड फाइनान्सको ३ प्रतिशत समायोजनपछि मूल्य १७१ दशमलव ८४ र नेपाल इन्भेष्टमेन्ट बैंकको १० दशमलव ५० प्रतिशत बोनस सेयरको समायोजनपछि मूल्य ३९१ दशमलव ८६ तोकेको छ ।
२०७६ पौष १६ बुधबार ०९:३८:००
https://www.nayapatrikadaily.com/news-details/32602/2020-06-01
economy
125,374
125,447
सामाजिक सन्जाल
संविधान र शान्तिपूर्ण राजनीतिबाहिर कोही रहेन : परराष्ट्रमन्त्री ज्ञवाली
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै राजनीतिक शक्ति संविधान बाहिर नरहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन्।  शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।  पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको ज्ञवालीको भनाइ छ।  ‘सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्’ ज्ञवालीले भने ‘अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर रहेन ।’
२१ फागुन, २०७७
https://farakdhar.com/story/46671
misc
2,155,408
2,171,412
null
पाहुना घुमाउने ठाउँ बन्यो चितवनको ‘अम्ब्रेला स्ट्रिट’
चितवन । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘ अम्ब्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ । सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा गत वर्ष एक करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिटसहित पर्यटकीय पूर्वाधार बनाइएको थियो । वडाध्यक्ष विष्णु महतोका अनुसार शनिवार मात्र अम्रेला स्ट्रिट प्रवेशका लागि चार हजार ३०० जनाले २० को टिकट काटेका छन् । गएको फागुन १ गतेदेखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट १४ दिन सञ्चालनमा आएपछि कोरोना कहरका कारण बन्द गरिएको थियो । कात्तिक १४ गतेदेखि पुनःसञ्चालनमा आएको हो । यससँगै दैनिकरुपमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । महतोले भने, “आन्तरिक पर्यटकले हामीलाई उत्साहित बनाएको छ ।” चितवन र आसपासका जिल्लामा बाहिरी जिल्लाबाट आएका पाहुनाको घुम्ने ठाउँ पटिहानी बनेको उनले बताए । यसबाहेक काठमाडौँ, पोखरा, गोर्खा, विराटनगरलगायतका ठाउँबाट पनि आन्तरिक पर्यटक घुम्नका लागि यहाँ आउने गरेको महतोको भनाइ छ । अम्रेला स्ट्रिट र त्यहाँ रहेको कल्चरल क्यान्भासमा रमाउनेदेखि डुङ्गा शयर, हात्ती सफारी, जीप सफारी, थारु समुदायको खाना खाएर आन्तरिक पर्यटक रमाउने गरेको उनले जानकारी दिए । स्थानीय पत्रकार अपिल घिमिरेका अनुसार साँझमा सूर्यास्त र नजिकैबाट दुलर्भ एकसिङ्गे गैङ्डा नियाल्दै गर्दा आन्तरिक पर्यटक निकै रमाउने गर्दछन् । आन्तरिक पर्यटकको चहलपहलसँगै स्थानीय होटल, रेस्टुराँ व्यवसायी पनि लाभान्वित भएका छन् । पटिहानीमा मात्र आठ वटा ठूला होटल रहेका छन् भने १२ भन्दाबढी साना होटल रहेका छन् । आन्तरिक पर्यटक बढेसँगै रेस्टुराँ खुल्नेक्रम बढ्दो छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक करोड, भरतपुर महानगरपालिकाको ७१ लाख, वडा कार्यालयको १५ लाख संरचना निर्माणमा खर्च भएको छ । त्यहाँ ५२० वटा रङ्गीचङ्गी छाता, १० वटा कल्चरल क्यान्भास, सूर्यास्त अवलोकन क्षेत्रलगायतका संरचना निर्माण गरिएको छ । होटल एसोशिएशन पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलले कोरोना सङ्क्रमण कम भएसँगै आन्तरिक पर्यटक बढेको बताए । यहाँ घुम्न आउने पर्यटक वन र वन्यजन्तुसँग रमाउने गरेको उनको भनाइ छ । यसै क्षेत्रमा ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा छितामाई मन्दिर र विक्रम बाबासमेत रहेका छन् । त्यस्तै कमलपोखरी, लामीताल, तमोरताल अवलोकन र जिप सफारी, पैदलयात्रा, हात्ती सफारी गर्ने व्यवस्था पनि यहाँ गरिएको उनले जानकारी दिए । घटगाई क्षेत्रमा गाडा चढेर पनि आन्तरिक पर्यटकले मनोरञ्जनसमेत लिने गरेका छन् । यहाँबाट निकुञ्ज मुख्यालय कसरामा अवस्थित घडियाल र गोही प्रजनन केन्द्रको पनि अवलोकन गर्न सकिन्छ । पटिहानी छितामाई क्षेत्रबाट निकुञ्जको बाटो भएर सौराहास्थित हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी रूट रहेको पौडेलको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा एकसिङ्गे गैँडा, बाघ, भालु, हरिण, मृगलगायतका जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा डुङ्गा सयर, गोही, चराको अवलोकनका कारण यस क्षेत्रको फरक विशेषता रहेको छ । थारु, बोटे समुदायको वेशभूषा, संस्कृति प्रदर्शन र उनीहरुले खाने परिकारको पनि स्वाद लिएर पर्यटक रमाउने गरेको पौडेल बताउछन् । ढोरपाटन र आसपासका पर्यटकीय गन्तव्यको विकासमा जोड गण्डकी–गाउँ पर्यटन प्रवद्र्धन मञ्च( भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिवारदेखि जारी पर्यटन पुरुत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ढोरपाटनसँगै आसपासका पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत ढोरपाटन क्षेत्रको यात्रामा रहेको टोलीले आइतवार सरोकारवालाबीच गरेको अन्तक्र्रियामा वक्ताले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औँल्याए । तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताललगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पुर्‍याउन सकिने उनले उल्लेख गरे । भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै प्रदेशभित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताए । गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामिण पर्यटनमा धेरै सम्भावना बढाउने उनको भनाइ छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टाईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औँल्याए । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उनको भनाइ छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउनेलगायतका कामलाई प्राथमिकतामा राखिएको बताएका छन् । ढोरपाटनमा सञ्चालित पाखाथर सामूदायिक घरबासका सञ्चालक पुनम बुढामगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढिरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटोलगायतका समस्या रहेको बताइन् । आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलुलगायतका स्थानीय उत्पादन खुवाउने गरेको बताउँदै उनले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै घरबास सञ्चालन नगरिएको बताइन । भ्रमण टोलीले आज सोमवार बाग्लुङका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकनसँगै पर्वतको भुकदेउराली सामूदायिक घरबासको प्रवद्र्धनात्मक भ्रमण गर्ने भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए । पर्यटक आकर्षणको केन्द्र बन्दै कमला सिँचाइको मूलद्वार लहान–सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला सिँचाइको पूर्वी मूलद्वार पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकलाई भित्र्याएर सरकारले मनाउन लागिएको पर्यटन वर्षलाई फलदायी बनाउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइको पूर्वी मूलद्वारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेको हो । “पछिल्लो समय कमला सिँचाइको पूर्वी मूलद्वारमा घुमफिर गर्नेदेखि वनभोज गर्न आउनेको सङ्ख्या बढ्दै गरेको छ”, बन्दीपुरका स्थानीय राजकुमार लामाले भने, “पहिलापहिला त्यहाँ खासै सर्वसाधारणको चहलपहल थिएन्, तर पर्यटकलाई आकर्षित गर्न त्यहाँ भौतिक संरचना निर्माण गरिएपछि विस्तारै चहलपहल बढ्न थालेको छ ।” कमला नदीबाट सिँचाइ गर्न बनाइएको सिँचाइ आयोजनाको मूलद्वारमा आन्तरिक पर्यटक आउने गरेकाले त्यो स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना ल्याएको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विनयकुमार गामीले जानकारी दिए। “धार्मिक स्थलकारुपमा समेत परिचित कमला नदीमा नुहाउन आउने श्रद्धालु बढ्दै गएका छन्”, प्रमुख गामीले भने, “त्यसैले सो स्थानलाई आर्थिक वर्ष २०७६÷०७७ देखि नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेका छौँ ।” यसबाट आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकसमेत आउने विश्वास लिइएको प्रमुख गामीको भनाइ छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बन्दीपुरदेखि करीब एक किमीको दूरीमा रहेको सो क्षेत्रमा करीब २० लाखको लागतमा सडक ग्राभेल, पोखरी निर्माण, नहर वरिपरि आकर्षक घाँसको चपरी, वृक्षरोपण, रंगरोगन, रेलिङ, पर्यटक बस्ने कुर्सी चौतारा लगायतका कार्य गरिएको प्रमुख गामीले बताए । प्रमुख गामीका अनुसार चालू आर्थिक वर्षभित्र बन्दीपुरदेखि करीब एक किमी सडकलाई कालोपत्र गरिनेछ । सो स्थलमा नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजनासमेत रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । चुरेको फेदमा रमणीयस्थलका रुपमा रहेको सो स्थलमा पहाड क्षेत्र खोला, मूलगेट निर्माण गरिएको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनासँगै किसानलाई बाह्रै महिना मौसमी, बेमौसमी तरकारीखेती गर्न नर्सरी माइनर योजनाअन्तर्गत कुलोसमेत निर्माण गरिएको प्रमुख गामीले बताए । करिब ५०० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानको खेतमा आठ महिनासम्म सिँचाइ पुर्‍याउन कुलोसमेत निर्माण गरिएको छ । यसबाट खेती गर्न असाध्यै सहयोग पुगेको किसानको कथन छ ।
२०७७,पुष,१३,सोमवार १२:३९
https://www.lokpath.com/story/345678
misc
236,758
249,131
null
अमेरिकाको दुवै सदनमा ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउने माग तीव्र
काठमाडौं, पुस २४ : अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन्। अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्। डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए। सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्। ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ। हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन्। राष्ट्रपति निर्वाचित जो बाइडनले भनेका छन्, यदि ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी थिए भने क्यापिटलमा हिजो हुलदङ्गा गर्नेहरूलाई भन्दा अलग व्यवहार गरिदैँन थियो भनेर मलाई कसैले भन्नसक्ने छैनन्। यूएस क्यापिटल प्रहरीका प्रमुखले चाहिँ आफ्ना अधिकारीहरूले अपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेको र अधिकारीहरूको कार्य नायकले गर्नेजस्तै भएको बताए। यद्यपि पेलोसीले चाहिँ उनलाई राजीनामा गर्न आह्वान गरेकी छन्। ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन्। चक सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए। ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ। तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो। उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे। उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन्। (बीबीसी) 
Friday, 8th January 2021 7:21:00 am
https://kathmandupress.com/news/28036
news
1,231,808
1,246,247
economy
हलेसीको माथिल्लो माल्खुमा होमस्टे
खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पहिलोपल्ट होमस्टे सञ्चालनमा ल्याइएको छ । स्वदेश तथा विदेशबाट हलेसी आउने पर्यटकलाई लक्ष्यीत गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो माल्खुका युवा सुविन्द्र गिरीले होमस्टे सुरु गरेका हुन् । व्यवसायीकरुपमा गाई, लोकल कुखुरा, टर्की पालन तथा तरकारी खेती गर्दै आएका गिरीले लकडाउनकै अवधिमा आवश्यक संरचना निर्माण गरी होमस्टे सञ्चालनमा ल्याएका हुन् । हाललाई खाजा, नास्ता, पेय पदार्थ लगायतका सेवा सहितको होमस्टे सञ्चालनमा ल्याएको गिरीले बताए । हलेसीबाट ककनी मन्दीर जाने बाटोमा गिरीले दुई वटा कटेज बनाएर होम स्टे सुरु गरेका हुन् । उनको होमस्टेले अझै पूर्णता पाउन बाँकी छ ।   हलेसी महादेवस्थान विकास समितिको पहलमा गिरीकै अध्यक्षतामा होमस्टे सञ्चालन समिति गठन भएको केही समयपछि होमस्टे सुरु गरिएको हो । माथिल्लो माल्खुमा सामुदायीक होमस्टे सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आवश्यक पुर्वाधार तयार पारेर कम्तीमा पाँच घरबाट होमस्टे सेवा दिने तयारी गरिएको गिरीले बताए । होमस्टेमा आउने पर्यटकलाई देखाउनका लागि माथिल्लो माल्खुमा हाल बालन र संगीनी नाच सिक्ने अभ्यास भइरहेको छ ।   घरेलु तथा साना उद्योग विकास समिति र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त आयोजना केही समयअघि उनीहरुलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम दिएको थियो । ‘पाँच घरबाट सुरु गर्ने र क्रमशः १४÷१५ घरलाई समेट्ने लक्ष्य छ,’ गिरीले भने, ‘प्रत्येक घरमा एक–एक कोठा निकालेर सामुदायीक होमस्टे चलाउने तयारी गरिरहेका छौँ । यसका लागि नगरपालिका र वडासँग पनि सहकार्य गर्ने छौँ ।’ स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा होमस्टे व्यवसायमा हात हाल्ने गिरी पहिलो हुन् । महादेवस्थानकै तल्लो माल्खु र ऐसेलुखर्क पनि होमस्टे सञ्चालनका लागि सञ्चालक समिति गठन भइसकेको हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले बताए । होमस्टेका लागि ऐसेलुखर्कमा कोपीला राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ । दर्शनार्थी एबं पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको छैन । होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने अपेक्षा गरिएको छ ।
९ भाद्र २०७७
https://nagariknews.nagariknetwork.com/economy/317031-1598371804.html?click_from=category
economy
1,158,913
1,173,352
समाचार
हातहतियारसहित दुई पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ । पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
२०७५, ३१ जेष्ठ बिहीबार
https://everestdainik.com/2018/06/188782/
news
1,597,990
1,612,429
मनोरञ्जन एप
अभिनयमा सुरक्षाको छलाङ्ग
चलचित्रको पर्दामा अनुहार र अभिनय बिक्छ । अनुहार दुइ दिन बिक्छ, अभिनय लामो समयसम्म टिक्छ । यसैले, स्टारडम र अभिनय एकसाथ पाउने कलाकार त भाग्यमानी नै हुन् । तर, लामो समयसम्म टिक्नका लागि त अभिनय नै एक मात्र विकल्प हो । नायिका सुरक्षा पन्त पछिल्लो समयकी एक त्यस्ती कलाकार हुन्, जसको अभिनयले सबैको मन जितिरहेको छ । चलचित्र ‘आमा’मा अभिनय गरेपछि त उनले अभिनयमा छलाङ्ग नै मारेकी छिन् भन्दा फरक नपर्ला । सुरक्षाले पाएको भूमिका धेरै कलाकारका लागि रहर हुन सक्छ । तर, पात्रलाई जीवन्तता दिन त्यती सजिलो छैन । उसो त, सुरक्षाको स्टारडम बलियो छैन । उनलाई जती पनि दर्शकले चिन्छन्, अभिनयको माध्यमबाट नै चिन्छन् । उनले चलचित्र ‘चंगाचेट’मा गरेको अभिनयले दर्शकलाई निराश बनाएको थियो । तर, उनी ‘आमा’ मार्फत फेरि एकपटक शक्तिशाली कलाकारको रुपमा उदाएकी छिन् । सुरक्षा, आफैले पनि यो चलचित्रमा अभिनय गरिसकेपछि आफूलाई अब कस्तो चलचित्रमा काम गर्ने चुनौती छ भनेकी छिन् । उनको यो भनाइले पनि के वुझ्न सकिन्छ भने, उनलाई अब कमजोर भूमिकामा काम गर्ने छुट छैन । सायद, एउटा कलाकारले दर्शकबाट पाएको माया र दबाब हो यो । चलचित्र ‘आमा’ दोश्रो सातासम्म आइपुग्दा लगानी सुरक्षित गरेर नाफा उन्मुख छ । सुरक्षाका लागि यो सुखद कुरा हो । अभिनयकै कारण दर्शकको मन जितेका थोरै नायिकामा सुरक्षा पनि पर्छिन् । तर, उनको आगामी चलचित्र रोजाई सहज भने छैन ।
२०७६ फागुन १९ गते १०:४९ मा प्रकाशित
https://www.onlinekhabar.com/2020/03/840872
entertainment